निर्णय नं. १०६८ - कुटपिट करकापसँग कागज गरेको भन्ने समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६८ - कुटपिट करकापसँग कागज गरेको भन्ने समेत भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०३/१७ २४९३ निर्णय नं. १०६८ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालको फौ.पु.नं. ३९ फैसला भएको मिति : २०३४।३।१७।६ मा निवेदक : प.४ नं. स्याङ्गजा मालको वहिदार राम गिरी १ समेत विरुद्ध वादी : ऐ. खिलुङ्ग लुब्धी बापटारी बस्ने जि.मु. चोलाकान्त उपाध्याय मुद्दा : कुटपिट करकापसँग कागज गरेको भन्ने समेत (१) जुन लिखतलाई करकापबाट गराएको हुँदा बदर गरी पाउँ भनी वादीले दावी लिएको छ, सो लिखत नै बदर गर्ने गरी लिखत बदर मुद्दामा–मिलापत्र गरिसकेको हुँदा सो लिखत उक्त मिलापत्रबाट अमान्य भई निस्कृय भइसकेको देखिन आएकोले सो लिखत सम्बन्धमा अरू विचार गर्नुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. १७) वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे फैसला न्या.वासुदेव शर्मा : प्रस्तुत मुद्दामा ०२७।७।६।५ को डिभिजन बेञ्चबाट छिनेकोमा दोहर्याई पाउँ भन्ने प्रतिवादीहरूले निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : बाजे गोपालका ५ भाइ छोरा मध्ये जेठा फणिनारायणका सन्तान नभई उहाँकी पत्नी लक्षीमालाई अरू कसैले हेरविचार नगर्दा मेरो संरक्षणमा रही ०१८।१२।२७ मा परलोक भई मैले काजकृया पिण्डदान गरी लक्षीमाको लिखतबाट हक छाडी दिए बाहेक बाँकी अपुताली जग्गा एकलौटी मैले भोग गरेको, भाइ नाताको भाइ अग्नीप्रसाद र निजका गठ–मेलका मानिस र वडा हाकिम समेतलाई उचाली आफ्नो पक्षमा मिलाएका छन्, यस्तैमा ०२०।२।२ गतेका दिन अन्दाजी १।२ घण्टा दिन बाँकी रहेको टायममा मैले नचिनेका २ जना मानिसलाई वडाहाकिमले तिमीलाई पक्रन पठाएको हिँड भनी व.हा.दौडाहामा आएको पं.४ नं.भिरकोट झारखाम बस्ने जुजुमानको छोरा नन्दकुमारको घरमा पुराएपछि मलाई अश्लिल शब्द प्रयोग गरी गाली गरी पुलिसद्वारा कान निमोठी बेइज्जत गरे, सो रात त्यही थुनी भोलिपल्ट २४ गते दरसिंगेरा थोक बस्ने जितबहादुर, हिमबहादुरको घरमा थुने, दिनको १२।१ बजे व.हा.ले लात्तले हानी बाँसको छडीले कुटपिट समेत गरी पुलिस जिम्मा लगाई रातमा स्याङ्गजा पुर्याईयो र थुनामा राखियो, यी कागजहरूमा सहीछाप नगरेसम्म सास्ती शासन दिइरहन्छु भनी ०२०।२।२३ को मितिदेखि ऐ.आषाढ ५ गते सम्म कुटपिट समेत गरी शारीरिक तथा मानसिक दुवै शक्तिहिन पारियो र (क) जि.मु.चोलाकान्त उपाध्याय र मु. अग्नीप्रसाद २ जना आगे भएको ०२०।३।३।२ को कागजमा मिति हाली स्याङ्गजा मालको डोरद्वारा ०२०।३।४।२ मा पास भएको स्कूलको नाममा चन्दा दिनु भनी लेखिएको कागज (ख) साहू चोलाकान्त ऋणी जुठाहारी गुरुङ भएको रजिष्ट्रेशन पास भएको ने.रु.२०००।को कागजमा रुपैयाँ बुझी पाएँ भन्ने दरपिठ (ग) साहू चोलाकान्त ऋणी धनबहादुर भएको ने.रु.३५००।को तमसुक पास गराई पाउँ भन्ने स्याङ्गजा अदालतमा चलेको मुद्दामा उक्त कागजमा रुपैयाँ बुझी पाएँ भन्ने मुद्दा डिसमिस गर्ने भन्ने दरपिठ (घ) साहू चोलाकान्त ऋणी बलबहादुर भएकोले ने.रु.९००।बुझाई पाउँ भनी स्याङ्गजा मालमा धरौटी रहेको दिलाई पाउँ भन्ने मेरो र निज बलबहादुरको संयुक्त भाषाको दरखास्तमा अब लिनु दिनु केही