निर्णय नं. ६८७९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८७९ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५६/१०/१४ ३०८८ निर्णय नं. ६८७९ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५५ सालको रिट नं. ..... ३०५३ आदेश मितिः २०५६।१०।१४।६ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला कन्चनपुर, महेन्द्रनगर नगरपालिका वडा नं. १८ बस्ने दानबहादुर पाल विरुद्ध विपक्षीः मध्यक्षेत्र प्रहरी कार्यालय मकवानपुर समेत § निवेदकलाई सेवाबाट हटाउँदा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्‍ने आधार लिइएको पाइन्छ। प्रस्तुत विवादमा निवेदक दानबहादुर पालले २०५४।१०।२३ गते नै ३० तोला सुन पक्राउ गरेको र सो सुन २०५४।१०।२८ मा मात्र आफू कार्यरत प्रहरी चौकीमा दाखिला गरेको भन्‍ने कुरालाई स्वीकार गरेकै देखिन्छ । यसरी आफुले पक्राउ गरेको सुन र सो घटना समबन्धी जानकारी आफू भन्दा माथिल्लो कमाण्डरलाई तत्कालै दिनुपर्नेमा नदिई सो सुन खाने पचाउने नियत राखेको भन्‍ने आरोपमा निज दानबहादुर पालसँग मिति २०५४।११।८ मा प्रथम पटक स्पष्टीकरण मागिएको देखिन्छ । मिति २०५४।१०।२५ गते नै भरत अग्रवाल भन्‍ने व्यक्तिले राजेश अग्रवाल मार्फत विरगंज पठाएको ९० तोला सुन प्रहरी चौकी इनरुवाको प्रहरी हुँ भनी सिभिल कपडा लगाएको व्यक्तिले डरधाक देखाई लिई गएकोले आवश्यक कारबाही गरी उक्त सुन दिलाई भराई पाउँ भन्‍ने व्यहोराको निवेदन दायर गरेको र सो सम्बन्धमा छानविन प्रारम्भ भएपछि मात्र निज दान बहादुर पालले ३० तोला सुन दाखिल गरेको भन्‍ने कुरा पनि निर्णय पर्चाबाट देखिएको छ । प्रहरी नियमावली, २०४९ को नियम ८९ मा सजाय सम्बन्धी कार्यविधि तोकिएको र सोही कार्यविधि अनुसार नै निज दानबहादुर पाललाई सफाईको मौका प्रदान गरिएको देखिन्छ । निज दानबहादुर पालसँग स्पषटीकरणमाग गरिएको मिति २०५४।११।१९ गतेको पत्रमा निजमाथि लगाइएको आरोप र त्यस्तो आरोपको आधारमा साथै निजलाई गर्न लागिएको कारबाही र हुन सक्ने सजाय समेतको उल्लेख भएको पाइन्छ । यसरी कानूनले तोकेको कार्यविधिको अवलम्बन गरी अधिकारप्राप्त अधिकारीले कानून बमोजिम गरेको निर्णयलाई अन्यथा भन्‍न नमिल्ने । (प्र.नं.८) निवेदक तर्फबाटः X विपक्षी तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री लेखनाथ पौडेल अवलम्बित नजिरःX आदेश न्या.हरिश्‍चन्द्रप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदन सहितको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छः 2. म निवेदक २०४८ साल चैत्र देखि नेपाल प्रहरीको प्रहरी जवान पदमा स्यायी नियुक्ति पाई सोही पदमा जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत प्रहरी चौकी सुवर्णपुर दरबन्दी राखी प्रहरी चौकी इनरुवामा काजमा सेवारत थिएँ । मिति २०५४ साल माघ २३ गते बिहानको समयमा म आफू ड्‍युटीमा रहेको अवस्थामा एक जना भारतीय नागरिक हुँ भन्‍ने व्यक्ति वीरगन्जबाट रक्‍सौलतर्फ टेम्पोमा जाँदै गरेको र प्रहरी चौकी इनरुवाको गेट अगाडी आई पुग्दा निज माथि शंका लागि रोकी तलासी लिँदा ३० तोला सुन लुकाई लैजादै गरेको फेला पारी निजसँग सुन को कसको हो भनी सोधपुछ गर्न लाग्दा निज भागी गएकोले पक्राउ परेको सुन २०५४।१०।२८ मा प्रहरी चौकी इनरुवामा प्रतिवेदनसाथ पेश गरी सकेको थिएँ । यसै बीच मिति २०५४।११।६ मा जि.प्र.का.पर्साबाट बोलाइएको भनी मलाई लगियो र त्यही थुनामा राखी मिति २०५४।११।८ मा पहिलो पटक स्पष्टिकरण