निर्णय नं. ३९१४ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९१४ - ज्यान मार्ने उद्योग भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/०९ २८९१ निर्णय नं. ३९१४ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको फौ.पु.नं. ४४८ फैसला भएको मिति : २०४६।६।९।२ मा पुनरावेदक/प्रतिवादी : कारागार कार्यालय मलंगवामा थुनामा रहेका राजेन्द्रसाह रौनियार विरुद्ध वादी : रामवृक्ष ठाकुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान मार्ने उद्योग § ज्यान मार्ने उद्योगको अभियोगमा घा चोटको स्थिति भन्दा अभियुक्तको मनसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुङ्गाना वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर र निर्णय यस प्रकार छ । २. २०४१।५।२९ गतेको बिहान राजेन्द्रसाहले रामकुमारीलाई छुरी प्रहार गरी सोही छुरीले आफूलाई पनि घाइते बनाएका छन् भन्ने सुनी जाँदा रामकुमारीलाई अस्पताल पुर्याई सकेको, राजेन्द्रसाहलाई पक्राउ गरी राखेकोले, निजलाई अस्पताल पुर्याई बरामद छुरी र बरामदी मुचुल्का यसैसाथ पेश गरेको भन्ने प्र.ज. गणेशबहादुरको प्रतिवेदन । ३. मलाई राजेन्द्रले मसंग विवाह गर भनेका थिए । मैले मानेको थिइन । २०४१।५।२९ गते बिहान भोला रायको घरमा बिंडी बनाइरहेको अवस्थामा राजेन्द्र आई मलाई समाती ज्यान मार्ने उद्देश्यले शरीरको जत्रतत्र भागमा छुराले हानी, सोही छुराले आफ्नो जीउमा समेत हानेको भन्ने समेत व्यहोराको रामकुमारीको बयान कागज । ४. राजेन्द्रले छोरी रामकुमारीसँग विवाह गर्न भनेकोमा छोरी समेतको मन्जूरी नहुँदा २०४१।५।२९ गते बिहान छोरीलाई ज्यान मार्ने उद्देश्यले पेट जस्तो मर्मस्थान लगायत शरीरको विभिन्न भागमा छुरीले हिर्काई घाइते बनाएकोले निजलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको रामवृक्ष ठाकुरको जाहेरी दर्खास्त । ५. रामकुमारी र मेरो बीच प्रेम बसी विवाह गर्ने प्रण गरी करणी समेत लिनु दिनु भएको अवस्थामा निजले राजेन्द्र हजामसँग विवाह गरेको निजलाई मारी आफू समेत मर्छु भन्ने उद्देश्यले निजलाई छुरी प्रहार गरेको हो भन्ने समेत व्यहोराको राजेन्द्रसाहले प्रहरीमा गरेको बयान। ६. मिति २०४१।५।२९ गतेका दिन रामकुमारी मेरो घरमा बिंडी बनाउँदै रहेको अवस्थामा राजेन्द्र आई छुरी प्रहार गरेको भन्ने समेत व्यहोराको भोला रायको पत्नी लछनदेवी रायको बयान कागज । ७. आफूसँग रामकुमारीले विवाह नगरेको कारण राजेन्द्रले रामकुमारीलाई छुरीले हानेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ८. राजेन्द्र साह रौनियारको ज्यानसम्बन्धी महलको १ नं. विपरीत रामकुमारीको ज्यान मार्ने उद्योग गरेको देखिँदा निजहरूलाई सोही ऐनको दफा १५ नं. अनुसार सजायँ हुने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ९. रामकुमारीसँग प्रेम सम्बन्ध रहेको कारणबाट हामी दुई बीच विवाह गर्ने प्रण गरेका थियौं तर निजले राजेन्द्र ठाकुरसँग विवाह गरी भोला रायको घरमा बिंडी बनाइरहेको अवस्थामा मसंग हिंड भन्दा निजले मेरो पेटमा छुरी रोपी दिएको हुँदा रिसको झोकमा मैले पनि छुरीले निजलाई हिर्काएको हो भन्ने समेत व्यहोराको राजेन्द्र रौनियारले अदालतमा गरेको बयान । १०. २०४१।५।२९ गते बिह