निर्णय नं. ३९१५ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९१५ - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/२७ २२८५ निर्णय नं. ३९१५ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ५४८, ५४९ फैसला भएको मिति : २०४६।७।२७।१ मा पुनरावेदक/प्रतिवादी : जनकपुर न.पं. वडा नं. ५ बस्ने दिनानाथ सराफ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने बजरंग साह तेली पुनरावेदक : पेटबोलीबाट बुझिएको जनकपुर नगरपञ्चायतको तर्फबाट प्रधानपञ्च कृष्ण गिरी विरुद्ध विपक्षी : जनकपुर न.पं. वडा नं. ५ बस्ने बजरंग साह तेली मुद्दा : जग्गा खिचोला § झिकाई हाजिर हुन आएकोलाई अनिवार्य रुपमा बयान गराउन पर्ने । तारेखमा सम्म राखी प्रमाणमा लिए नलिएको केही नखुलाई अ.बं. १३९ नं. को विपरीत हुने गरी गरेको क्षे.अ. को फैसला गल्ती भई बदर हुने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ. को मिति २०४४।२।१२ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी दिनानाथ सराफ तथा पेटबोलीबाट बुझिएको जनकपुर नगरपञ्चायतको पृथक पृथक निवेदनमा अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो पक्की घरदेखि पश्चिम, रामचन्द्र देवी उत्तर, सुर किशोर मार्गदेखि पूर्व विपक्षी देखि दक्षिण रैकर नं. २३९२ को ०–०–४ जग्गा स्व.बाबुले ०३।११।१ मा लक्ष्मीनीया सुडिनबाट लिएदेखि भोग गरी बुबाज्यूको निधन पछि मेरो नाउँमा दर्ता हुन आई २०२२ मा ७ नं. फाराम भरी भोग गरिआएकोमा विपक्षीले उपरोक्त जग्गादेखि उत्तरमा घर बनाउँदा नक्शामा झ्याल नभएकोमा झ्याल खोल्दा न.पं. बाट बन्द भएको र मैले सोही जग्गामा घर बनाउन पाएको नक्शा अनुसार घर पूरा नबनाए पनि उत्तरतर्फ विपक्षीको घरदेखि दक्षिणतर्फबाट जोडिएर नै पूर्व पश्चिम अर्थात मेरो सो जग्गाको उत्तरी पर्खाल भनी २ फिट जति जमीन भन्दा माथि उठाई सकेको समेतबाट मेरो प्रमाणित हुन्छ । माथिको कुरा लोप गरी विपक्षीले मेरो जग्गालाई सार्वजनिक भनी सो जग्गातिर झ्याल खोल्न पाउँ भनी २०३६।२।२८ मा न.पं. मा निवेदन दिएकोमा मलाई प्रतिवाद गर्ने मौका नदिई झ्याल खोल्न पाउने र पाइप लगाई पानी खसाउन पाउने भनी विपक्षीलाई रु. ९८।– जरिवाना समेत गरी २०३७।५।२ मा फैसला गरेको ०३७।५।१९ मा नक्कल लिई सो बदर गराउन दिएको रिट सर्वोच्च अदालतमा चलिरहेको छ । यता विपक्षीले मेरो उक्त जग्गामा हस्तक्षेप गर्न लागेको थाहा पाई जनकपुर अञ्चल अदालतमा २०३७।५।११ मा निषेधाज्ञा जारी गरी पाउन दिएको निवेदनमा अन्तरिम आदेश समेत जारी भएकोमा पनि मेरो जग्गातिर झ्याल खोली पानी खसाउने पाइप लगाएपछि मैले २०३७।६।१२ मा आदेशको अवहेलना मुद्दा दायर गरेको थिएँ सो मुद्दाहरू म.क्षे.अ. मा चलिरहेको छ । विपक्षीले ०३७।५।२२ गते दिउँसो १२ बजेदेखि ४ बजेसम्म मेरो उपरोक्त जग्गातिर जबर्जस्ती झ्याल खोली मेरो उपरोक्त जग्गामा पानी खसाउन मेरै जग्गामा पर्ने गरी ४ इन्ची व्यास भएको पाइप समेत हाली सो पाइपबाट मेरो गाह्रोमा निजको घर भरीको फोहोर पानी बाथरुम निकाशको पानी समेत खसाई मेरो उपरोक्त ०–०–४ जग्गा मध्ये उत्तरतर्फबाट ०–०–१२ जग्गामा खिचोला उत्पन्न गर्नु भएकोले मेरा जग्गातिर खोल्नु भएको उपरोक्त झ्याल बन्द गर