निर्णय नं. ६८८० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८८० - बन्दीप्रत्यक्षीकरण भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०३/२१ २७२२ निर्णय नं. ६८८० ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५७ सालको रिट नं. ... ४२३७ आदेश मितिः २०५७।३।२१।४ विषयः बन्दीप्रत्यक्षीकरण । रिट निवेदकः जिल्ला रसुवा, लहरे पौवा गा.वि.स. वडा नं. १ बेत्रावती घर भै जिल्ला कारागार त्रिपुरेश्‍वर काठमाडौंमा थुनामा रहेको रामबहादुर दमाई विरुद्ध विपक्षीः रसुवा जिल्ला अदालत रसुवा, धुन्चे समेत § निवेदकलाई जीउ मास्ने बेच्ने मुद्दामा रसुवा जिल्ला अदालतबाट १० वर्ष कैद गरी २०४८।३।१० गते फैसला भए उपर उसै बखत परेको पुनरावेदन सदर हुन गएकोले पुनरावेदन गरे वापत सयकडा १०% ले थप सजाय १ वर्ष हुने गरी फैसला भई कैदी पूर्जिमा २०४६।१२।२८ देखि २०५७।१२।२७ सम्म थुनामा बस्नु पर्ने भनी कैदी पूर्जी दिएको र अ.वं.२०३ नं. खारेज भईसकेको अवस्थामा थप सजायमा बस्न नपर्नेमा बढी कैद वर्ष १ समेत कायम रहेकोले अन्याय परेको भनी प्रस्तुत रिट निवेदनमा उल्लेख भएको रहेछ । निवेदक विरुद्ध पहिले चलेको जीउ मास्ने बेच्ने मुद्दा सम्बन्धमा यस अदालतमा पर्न आएको २०५० सालको फौ.पु.नं.६८९।७२६ को पुनरावेदन २०५३।७।१९ मा किनारा हुँदा वादी श्री ५ को सरकार विरुद्ध डिल्लीबहादुर थापा र रामबहादुर दमाई विरुद्ध श्री ५ को सरकार भएको दुईवटा पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट मिति २०४९।१२।१२।३ मा फैसला गरी डिल्लीबजार थापाको हकमा केही निर्णय नगरी छुटाएको देखिन्छ । एउटै मुद्दामा पर्न आएको दुईवटा पुनरावेदन मध्ये एउटाको हकमा केही नबोली छुटाएकोले वदर भई दुवै पुनरावेदनहरुमा कानून बमोजिम ठहर गर्नु भनी निर्णय भईरहेको अवस्थामा निवेदन जिकिर बमोजिम अ.वं. २०३ नं. बमोजिम थप कैद भएको भनी मान्‍न नमिलेबाट प्रस्तुत निवेदन खारेज हुने । (प्र.नं.८) रिट निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री वोर्णबहादुर कार्की विपक्षी तर्फबाटः विद्बान नायब महान्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्‍ठ अवलम्बित नजिरः आदेश न्या.केदारनाथ आचार्यः रिट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. टिकानाथ पौड्‍याल र चन्द्रबहादुर दमैको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक रामबहादुर दमै भएको जिउमास्ने बेच्ने मुद्दामा विपक्षी रसुवा जिल्ला अदालतबाट मलाई कैद वर्ष १० गरी मिति २०४८।३।१० गते फैसला भएकोमा सो उपर मैले विपक्षी पुनरावेदन अदालतबाट पुनरावेदन गरेकोमा शुरु जिल्ला अदाललते मलाई गरेको कैद वर्ष १० लाई नै मनासिव ठहर्‍याई मिति २०४९।१२।१२ गते फैसला भयो । पुनरावेदन जिकिर नपुगेको भनी अ.वं. २०३ नं. बमोजम कैद वर्ष १० को सयकडा १० % ले हुने थप कैद १ वर्ष गर्ने कुरा सो फैसलामा उल्लेख भएको थियो । सो फैसला अनुरुप २०५१।१।१८ गते मलाई दिइएको कैद ठेकुवा पूर्जीमा वादी श्री ५ को सरकार प्रतिवादी तपाई समेत भएको जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालतको मिति २०४९।१२।१२ गतेको फैसलाले शुरु इन्साफ मनासिव ठहरी फैसला भएकोले पुनरावेदन गरे वापत अ.वं. २०३ नं. ले सयकडा १० % ले कैद वर्ष एक थप हुने ठहरेकोले मिति २०४६।१२।२८ गते देखि २०५७।१२।२७ गते सम्म थुनामा बसी मिति २०५७।१२।२८ गते छुट्टी जाने व्यहोरा जानकारीको लागि कैदपूर्जी दिएको छ भन्‍ने उल्लेख गरिएको थियो भने यता मैले उक्त पुनरावेदन अदालतको फैसला उ