निर्णय नं. ३९१७ - उत्प्रेषण मिश्रित परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९१७ - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/१३ ३३०६ निर्णय नं. ३९१७ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. ८९५ आदेश भएको मिति : २०४६।८।१३।३ मा निवेदक : विराटनगर नगरपञ्चायत वडा नं. १३ बस्ने उमा अग्रवाल विरुद्ध विपक्षी : श्री शाखा प्रबन्धक, नेपाल बैंक लि. दुहवी शाखा, सुनसरीसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश समेत § एउटा इण्डष्ट्रिजको लागि राखिएको सुरक्षण सो इण्डष्ट्रिजको कर्जा चुक्ता भइसकेपछि अर्को इण्डष्ट्रिजको कर्जा बाँकी भएको नाताबाट सो फुकुवा नगरी रोक्का राख्न या त कुनै कानुनले अधिकार दिएको हुनुपर्छ या पक्ष विपक्षको बीचमा भएको मन्जूरी लिखतले अधिकार दिएको हुनुपर्ने । (प्रकरण नं. १०) § एउटा इण्डष्ट्रिजको लागि दिएको सुरक्षण सो को कर्जा भुक्तान भएपछि अर्को इण्डष्ट्रिजको लागि दिएको कर्जाको सम्बन्धमा रोक्न पाउने कानुनी अधिकार भएको नपाइने । (प्रकरण नं. १०) § सम्पत्ति फुकुवा नगरी रोक्का राख्नु र बाँकी नपुग रकममा घर घरानाबाट उक्त रकम असूल गर्ने बेग्ला बेग्लै कुरा एवं कार्यविधि हो । अतः बैंकले रोक्का राख्ने सम्बन्धमा दिएको सूचनापत्र समेतको सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. दुहवी रोलिङ मिल सञ्चालन गर्न बिना मार्जिन कर्जा व्यापार गर्नको लागि विपक्षी नं. १ ले मेरो हकभोगको विराटनगर नगरपञ्चायत साविक वडा नं. ८ हालको वडा नं. १३ को रैती नं. १५१ दुई कठ्ठा डेढधुर जग्गा र सोही जग्गामा बनेको आर.सी.सी. ढलान भएको दुई तल्ले घर १ तथा सो जग्गामा पछि बन्ने घर गोदाम समेत सुरक्षण बापत जेथा जमानतको लिखत गराई मालपोत कार्यालय मोरङ मार्फत मिति २०४२।१०।२७ मा दृष्टि बन्धकी पारित गराई लिई सो सम्पत्ति रोक्का राखेको थियो । सो कर्जा रकम गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. ले चुक्ता गरी सकेकोले सो सम्पत्ति फुकुवा गरी पाउँ भनी निवेदकले विपक्षी नं १ लाई मिति २०४४।८।१६, २०४४।८।२७ तथा २०४४।१०।७ मा र विपक्षी नं. २ लाई मिति २०४४।९।२ मा र विपक्षी नं. ३ लाई मिति २०४४।९।५ तथा २०४५।२।१८ मा समेत गरी पटक पटक गरी सम्पर्क समेत राखी फुकुवा गर्न अनुरोध गरेको तथा गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. को यस बैंकसँग हाल कुनै कारोवार नरहेको र सो उद्योगले यस अघि उपभोग गरेको सम्पूर्ण कर्जाको साँवा र व्याज हाल चुक्ता भइसकेको छ भनी विपक्षी नं. १ ले नै प्रमाणित गरी दिएको मिति २०४४।१०।१० को पत्रको प्रतिलिपि तथा गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. ले सो सम्पत्ति फुकुवा गरी दिने भनी विपक्षी नं. १ लाई मिति २०४४।९।२ को पत्रबाट लेखी मलाई दिएको बोधार्थ पत्र समेत पेश गर्दा गर्दै फुकुवा नगरी दुःख दिइयो । यतिकैमा विपक्षी नं. १ को मिति २०४५।४।११ को पत्रसाथ विपक्षी नं. १ कै २०४५।३।८ को पत्र समेत प्राप्त हुन आएको र मिति २०४५।३।८ को पत्रमा तपाईले श्री पशुपति