निर्णय नं. १०६९ - जग्गा रसिद दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९ - जग्गा रसिद दिलाई पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/०१ २१७७ निर्णय नं. १०६९ ने का.प.२०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको निवेदन नम्बर. ३०७ आदेश भएको मिति : २०३४।८।१।४ मा निवेदक : रुपन्देही खुदाबगर गा.पं.वार्ड नं.६ नं.बस्ने अब्दुलरहु मुसलमान विरुद्ध विपक्षी : ऐ ऐ बस्ने भगेलु चमार समेत मुद्दा : जग्गा रसिद दिलाई पाउँ (१) सूचनाबमोजिम हाजिर हुनुपर्ने व्यक्ति सूचना तामेल हुनुभन्दा अघि नै मरिसकेको र सूचना तामेल भएपछि मात्र निजको दैयादारले अड्डामा मुद्दा परी हाजिर हुनुपरेको कुरा थाहा पाउने हुँदा यस्तो अवस्था अ.बं.६२ नं.को दफा (३) बमोजिम मरेको मितिले बाटाका म्याद बाहेक ३५ दिन भित्र हाजिर नभएको भनी मुद्दा सकार गर्न नदिने गर्नु न्यायसंगत नहुने । (प्रकरण नं. १२) आदेश प्र.न्या. नयनबहादुर खत्री : विषय : मेरो पिताजी विपक्षीको मुद्दामा पुनरावेदनको अनुमति पाउनु भन्दा अघि नै स्वर्गवास भइसकेकोमा पिताजीका नाउँमा विपक्षी तुल्याएको कारणबाट म्यादमा तारीख तोकी यस अदालतबाट जारी गरेको म्याद तामेल भएको मितिले ३५ दिन भित्रै म्यादमा तोकिएको तारीखमै हाजिर भई मुद्दा सकार गर्न पाउँ भनी दिएको निवेदनमा श्री रजिष्ट्रारज्यूले कानूनबमोजिम गर्नु भन्ने आदेश भएकोले मुद्दा सकार गर्न पाइन्न भनी जवाफ दिएकोले पिता स्वर्गवास भएको सम्पत्तिसम्बन्धी मुद्दा हुँदा हकवाला र दैयादारले सकार गर्न नपाउने उता मरिसकेकोलाई विपक्षीले पार्टी बनाई मुद्दा दिने त्यसको असर सम्पत्तिसम्बन्धीहरू भएकोले व्यहोर्नु पर्ने यो प्राकृतिक न्याय सिद्धान्तको विरुद्ध हुँदा सो समेत विचार राखी मुद्दा सकार गर्ने वा विपक्षीको पुनरावेदन खारेज गर्ने जुन उचित हुन्छ कानूनबमोजिम आदेश पाउँ भन्ने । म निवेदक दस्तूर वापत रु.५। यसै साथ राखी निम्न लिखत निवेदन गर्दछु । २. उपरोक्त मुद्दामा पश्चिमाञ्चल क्षे.अ. पोखराबाट मुद्दा जिताई फैसला भएको थियो सो फैसला भई सकेपछि ०३३।११।१ मा मेरो पिताजी कालगतिले स्वर्गवास हुनु भएको सोपछि मात्र विपक्षीले मरी सकेको मेरा पिताजीलाई विपक्षी बनाई प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्राप्त गरेको हो । ३. यस अदालतबाट पिताजीका नाउँमा ०३४।६।२५ मा हाजिर हनु आउनु भनी तोकिएको जारी गरेको नोटीस म्याद ०३४।५।२२ मा तामेल भएको हो । ४. सो तोकिएको म्यादमा म्याद तामेली भएको ३५ दिन भित्रै भने मर्ने पिताजीको छोरा म भई विवाद उठाइएको सम्पत्तिको म हकवाला र दैयादार समेत भएको हुँदा मुद्दा सकार गर्न पाउँ भनी सबै व्यहोरा खोली ०३४।६।२५ मा निवेदन दिएको थिएँ । ५. सो निवेदनमा यस अदालतका श्री रजिष्ट्रारज्यूले मुद्दा शाखाको यसमा कानूनबमोजिम गर्नु भनी आदेश दिनु भएकोले फाँटवालाले सकार गराउने भन्ने आदेश नभएको मरेको ३५ दिन भित्रको निवेदन नहुँदा अ.बं.६२ नं. ले सकार गराउन मिल्दैन भनी मलाई मौखिक जवाफ दिई विपक्षीलाई तारेख तोकिएकोले यो निवेदन गर्न आएको छु । प्रस्तुत मुद्दामा मेरो पिताजी स्वर्गवास भएको ३५ दिनभित्र हाजिर हुन आउनालाई सम्मानित अदालतबाट मुद्दामा दर्ता गरी झिकाउने आदेश भएको छैन म्यादै आएको छैन भने ३५ दिन भित्र हाजिर हुने कुरा नै आएन । ६. अब म्याद तामेल भएको ३५ दिन भित्र र तोकिएको म्यादमा हाजिर हुँदा मरेको मितिबाट ३५ दिन भित्र हाजिर हुनुपर्ने भन्ने तर्क युक्ति संगत छैन । ७. मरेको मानिसलाई पार्टी बनाई मुद्दा बलाउने