निर्णय नं. ६८८१ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८८१ - सवारी ज्यान भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५६/११/१९ ३२३९ निर्णय नं. ६८८१ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल सम्वत २०५३ सालको फौ.पु.नं. ..... ११९६ आदेश मितिः २०५६।११।१९।५ मुद्दाः सवारी ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, सनुखरा गाउँ विकास समिति वडा नं. ९ बस्ने जोगेन्द्र राउत अमात विरुद्ध विपक्षी/वादीः जिल्ला धनुषा, दिगम्बर गाउँ विकास समिति वडा नं. ७ बस्ने खटर चौधरी समेतको जाहेरीले श्री ५ को सरकार § सडकको छेउमा रहेको ट्याक्टरलाई प्रतिवादीले हाकेको बसले ठक्‍कर दिएको कार्यलाई लापरवाहीयुक्त कार्य भन्‍नु पर्ने हुन आउँछ । किनकी चालकले बसलाई आफ्नो नियन्त्रणमा राख्‍नु र आवश्यक परेको अवस्थामा रोक्नु निजको दायित्व हुन आउँछ । बस दुर्घटना हुनमा यान्त्रिक गडबडी थियो वा अन्य कुनै काबू बाहिरको परिस्थिति परेको थियो भनी जिकिर लिन एवं पुष्टि गर्न समेत चालकले सकेको देखिदैँन । यसरी लापरवाहीयुक्त कार्य गरी मानिस मारेको अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम सजाय गर्ने गरेको शुरुको फैसला सो हदसम्म सदर गरी क्रिया खर्च सम्बन्धमा मृतकका हकवालाले रकम बुझी सकेको मिसिल संलग्न कागजातबाट देखिएकोले क्रिया खर्च समेत भराउने गरेको हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव देखिँदा सदर हुने । (प्र.नं.२१) पुनरावेदक तर्फबाटः X विपक्षी वादी तर्फबाटः X अवलम्बित नजिरःX आदेश न्याःकेदारनाथ आचार्यः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः 2. जिल्ला धनुषा अन्तर्गत धारापानी नजिक बालुवा लिई रोडमा निस्की रहेको ज.अ.(ख) ३०४ नं. ट्‍याक्टरलाई जनकपुरबाट गोदारतर्फ गईरुहेको ज.अ.ख. २११ नं. बसले उक्त ट्याक्टरलाई ठक्कर दिई ट्याक्टरमा रहेको लेवर र खलासी समेत सख्त घाइते भएको र बस घटनास्थलमै पल्टि रहेको हुँदा घाइतेलाई उपचार निमित्त अस्पतालमा भर्ना गरी जाहेर गरेको छू भन्‍ने समेत व्यहोराको प्र.ह.गम्भीरबहादुर थापाको जाहेरी दरखास्त । 3. ट्याक्टरको दाहिने पछाडिको चक्‍काले पिचरोड छोएको १७ हात पीच सडकबाट तल २४५ नं. को पिलर सिदा खाल्टोमा बस पल्टी चक्‍का माथि भएको भन्ने समेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का । 4. हामीहरुको छोरा ट्याक्टरमा लेवर काम गर्न गएको थियो । सवारी दुर्घटनामा परी मरेछ कानून बमोजिम कारबाही गरी पाउँ भन्‍ने समेत व्यहोराको मृतक राम नारायण र सोभित पासमानका बाबु खटर चौधरी र शिवजी पासमानको एउटै जाहेरी दरखास्त । 5. नाकबाट रगत आईरहेको दाहिन खुट्टाको नली हाडमा काटेको छाला मासु काटी हड्डी समेत देखिएको भन्‍ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । 6. ट्याक्टर पीटरोडमा स्टाट बन्द गरी राखेको र त्यस ठाउँ केही मोडिएको भएको समेत कारणबाट घटना भएको हो मैले जानी जानी घटना गरेको होइन भन्‍ने समेत व्यहोराको चालक जोगेन्द्र राउत अमतले प्रहरीमा गरेको बयान कागज । 7. चालकले जानी जानी दुर्घटना गरेको होइन सो बखत साँझको समय भएको ट्याक्टर पनि पीचरोडमा बन्द गरी राखेको र केही टर्निङ पनि भएको कारणबाट घटना भएको हो, बस चालकको लापरवाहि छैन भन्‍ने समेत व्यहोराको सर्जमिन मुचुल्का । 8. बस चालक जोगेन्द्र राउतले अगाडि ट्याक्टर खडा भईरहेको र केही टर्निङ छ भनी जानी जानी ट्याक्टर