निर्णय नं. ३९१८ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९१८ - उत्प्रेषण समेत भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/३० २४३७ निर्णय नं. ३९१८ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको रिट नं. २०३९ आदेश भएको मिति : २०४६।६।३०।२ मा निवेदक : का.न.पं. वडा नं. ३ महाराजगन्ज बस्ने श्यामकृष्ण खतिवडा विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार मन्त्रिपरिषद्को मुख्य सचिवालयसमेत विषय : उत्प्रेषण समेत § सेवामा पुर्नस्थापना गरेपछि आफ्नै पूरानो पदमा फर्काइएकोले त्यस्तोलाई नोकरी टुटेको भन्न मिल्ने अवस्था देखिन्न । यस्तोमा निजामती सेवा नियमावली संशोधनहरू सहितको नियम ७.९ मा उल्लेख भएको ‘बीचमा टुटेको भए सो टुटेका अवधि कटाई’ भन्ने कुरा आकर्षित नहुने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. म निवेदक २०२४।११।१८ मा श्री ५ को सरकार तत्कालीन आर्थिक योजना मन्त्रालय प्रशासन शाखामा राजपत्र अनंकित प्रथम श्रेणीको जु.ऐ.ऐ. (जुनियर एडमिनिष्ट्रेटिभ अफिसर) पदमा खुल्ला प्रतियोगिताबाट छनौट भई उल्लेखित पदमा नियुक्ति पाई सो मितिदेखि अविछिन्न रुपले तत्कालीन आर्थिक योजना मन्त्रालयमा सेवा गर्दै आइरहेको थिएँ । तत्पश्चात मिति २०२९।३।३१ को निर्णयानुसार १ वर्षको परीक्षणकालमा रहने गरी तत्कालीन प्रशासन व्यवस्था विभागमा तृतीय श्रेणीको पदमा कार्यरत भइरहेको थिएँ । तत्पश्चात २०२९।५।१ गतेदेखि तत्कालीन कोष तथा तहसिल कार्यालय ललितपुर शाखा अधिकृत कार्यालय प्रमुख भई कार्य गरिरहेको थिएँ । २०३२।७।७ को निर्णयले कर अधिकृत तत्कालीन कर कार्यालय बागमती अञ्चलमा र २०३४।५।११ मा कर अधिकृत कर कार्यालय हेटौडामा कार्यालय प्रमुख भई २०३६।६।२९ मा कर अधिकृत कर कार्यालय धरानमा र तत्पश्चात २०३९।५।१६ मा शाखा अधिकृत कर विभागमा सेवारत थिएँ । म निवेदकलाई २०४२।१०।१ को पत्रानुसार मिति २०४२।९।२६ को निर्णयानुसार र मिति २०४२।८।८ देखि लागू हुने गरी प्रशासन सेवा राजपत्रांकित तृतिय श्रेणीको पदबाट राजपत्रांकित द्वितीय श्रेणीको सहायक सचिव वा सो सरह पदमा बढुवा गरी निवेदक सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिएँ । २०४४।६।६ बाट अर्थ मन्त्रालय बारा मालपोत कार्यालय बारामा का.मु. प्रमुख मालपोत अधिकृतमा काजमा खटिई कार्यरत थिएँ । त्यस्तैमा २०४४।८।३ मा मालपोत कार्यालय बारामा कार्यरत रहेको अवस्थामा मिति २०४४।८।१ मा विपक्षी सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको प.सं. ६०–१९०–३४९ को पत्रद्वारा श्री ५ को सरकारले तपाईलाई मिति २०४४।७।३० को निर्णयानुसार निजामती सेवा नियमावली, (संशोधन सहित) २०२१ को नियम ७.१ को उपनियम (३) बमोजिम सरकारी नोकरीबाट अवकास दिइएको छ भनी अवकासपत्र दिइयो । ३. यसरी नि.से.नि., २०२१ को नियम ७.४ को पूर्व अवस्थाहरू बिना ऐ. को नियम ७–१–३ ऐ. को ७–४ र ऐ. ७–४–१ र निजामती सेवा ऐनको दफा ७–३ समेतको त्रुटि गरी अवकाश दिए उपर सर्वोच्च अदालत समक्ष मिति २०४४।११।१२ मा विपक्षी मध्ये श्री ५ को सरकार मन्त्रिपरिषद्को मुख्य सचिवालय समेतका विरुद्ध रिटनिवेदन दर्ता गरी मिति २०४४।११।१३ मा कारण देखाउ आदेश जारी भएको थियो सो कुरा विपक्षीहरूले थाहा पाई गल्ती स