निर्णय नं. १०७० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०७/१७ १९६५ निर्णय नं. १०७० ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३२ सालको रिट नम्बर १६१९ आदेश भएको मिति : २०३४।७।१७।४ मा निवेदक : जि.स.गा.पं. महादेवा वार्ड नं.१ बस्ने खटर यादव विरुद्ध विपक्षी : ऐ.ऐ.गा.पं.वा.नं.मौजे कजौली बस्ने मिश्री मण्डल धानुक समेत विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ (१) अदालतमा परेको मुद्दाको फैसलालाई नपर्खी भूमि प्रशासकबाट बाली भराई मोही निष्कासन गर्ने ठहराएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष उल्लेखित मुद्दा : आदेश न्या. हेरम्बराज : विपक्षी कार्यालयको मिति ०३२।४।८।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१ बमोजिम प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन यस प्रकार छ : जि.स.प्र.पं. मध्ये वा पञ्चायत वार्ड नं.२(क) कि.नं.१४ को ०–१८–३ अठार कठ्ठा तीन धूर जग्गा प्रतिवादी खटर यादबले मोही भई कमाई आएकोमा म्याद भित्र कूत नबुझाई धरौट समेत नराखेकोले ठहरेको कूत धान मन १३–२४–०८ को प्रति मन १ को रु ६१।५० ले हुने रु ८३७।५० भराई उपरोक्त जग्गाबाट मोही हकबाट निष्कासन समेत गरी पाउँ भन्ने समेत उजूरी । ३. वादी दावी अनुसार बुझ्न प्रतिवादी खटर यादवका नाउँमा ७ दिने समाह्वान जारी गर्दा निज प्रतिवादीले बुझी नलिएको भनी मिति २०३२।११।५ मा समाह्वान तामेली भई नआएको। ४. प्रतिवादीले म्याद गुजारी थाम्ने थमाउने हद म्याद समेत गुजारी बसेको र यही वादी प्रतिवादी भएको मि.नं.२४८ को मिसिलबाट वादी खटर यादवले नै उपरोक्त जग्गाको बाली खाएको ठहरी आई यस कार्यालयबाट निर्णय भएकोले यस मुद्दाको प्रतिवादी खटर यादवले वादी दावी स्वीकार गरी बाली नबुझाई बसेको प्रष्ट छ । अतः कूत बाली नबुझाउने प्रतिवादी खटरबाट भू.सं. ऐन, २०२१ को संशोधन सहितको दफा २९ को उपदफा (१) बमोजिम वादी दावी अनुसारको कूतको रु.८३७।५० वादीले भरी पाउने र सोही दफाको उपदफा (१) बमोजिम निज प्रतिवादी मोहीहरू समेतबाट निष्कासन हुने ठहराई मिति ०३२।४।८।५ मा भूमिप्रशासन कार्यालय सप्तरीबाट भएको निर्णय । ५. २०३१ सालको धानबाली म नभएको मौका पारी वादी समेत भई २०३१।९।२८ मा लुटपिट गरी लगी मोहियानी हकमा समेत बेदखली गर्यो भनी विपक्षी भू.प्र. कार्यालयमा मि.नं.२४८ मा मुद्दा दायर गराएको । लुटपिट मुद्दा किनारा गर्ने अधिकार भूमी प्रशासकलाई नहुँदा लुटपिट गरेको बिगो भराई पाउँ भनी म्याद भित्र २०३१।११।२९ मा जिल्ला अदालत सप्तरीमा मैले फिराद गरेको । त्यसको केहीपछि सोही सालको बाली दिलाई पाउँ भनी विपक्षी वादीले मेरो नाउँमा विपक्षी भू.प्र. कार्यालयमा फिराद दिएको छ । एउटै कुरामा ०३१ सालको बालीमा विपक्षीको भूमिप्रशासनमा र सो भन्दा अगाडि मैले प्रशासनमा र जिल्ला र जिल्ला अदालत सप्तरीमा फिराद गरी सकेपछि अ.बं. ८९ नं.ले पहिलो दायर गरेको मुद्दा कायम गरी पछि परेको मुद्दा वातिल गर्नुपर्नेमा नगरी सो पछि परेको मुद्दामा सो कानून विपरित गैरकानूनी फैसला गर्ने विपक्षी कार्यालयलाई अधिकार नभएको र यो मुद्दा किनारा नहुँदा मैले म्याद समेत नपाएको र अ.बं. ११० नं.को विपरित गरी बेरीतसँग तामेल गरी ल्याएको बेरीतको म्यादको आध