निर्णय नं. ३९१९ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९१९ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/११ २३५२ निर्णय नं. ३९१९ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रिट नं. १०३४ आदेश भएको मिति : २०४६।८।११।१ मा निवेदक : का.न.पं. वडा नं. १८ किलागल बस्ने महेश्वरलाल श्रेष्ठ विरुद्ध विपक्षी : पदपूर्ति तथा बढुवा समिति, नेपाल औद्योगिक विकास कर्पोरेशनसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश § तत्काल प्रचलित कर्पोरेशनको नियमावली, २०३५ तथा लोकसेवा आयोगको सामान्य सिद्धान्त, २०३५ अनुरुप कार्यविधि अपनाई बढुवाको कारवाही गर्नु भनी भएको उजूरी निर्णयलाई सर्वोच्च अदालतबाट समेत मिलेकै ठहर्याए पछि सो बमोजिमको कार्यविधि अपनाई बढुवाको कारवाही गर्नु पर्नेमा नगरी पछि आएर लोकसेवा आयोगको सामान्य सिद्धान्त, २०४३ अवलम्बन गरेको भन्दै सो बमोजिम जेष्ठताक्रम तयार पारी विपक्षीहरूलाई बढुवा सिफारिश गर्ने गरी गरेको साथै सामान्य सिद्धान्त, २०४३ को परिच्छेद २ को दफा २.१.१ को व्यवस्था समेत विपरीत एक सदस्यको अनुपस्थिति र असम्बन्धित व्यक्तिको आमन्त्रणमा गठित विपक्षी पदपूर्ति समितिको उक्त निर्णय तथा सो उपरको उजूरी निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीहरू तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक महेश्वरलाल श्रेष्ठ मिति २०२१।९।२५ मा ने.औ.वि.क. दरवारमार्गमा सिनियर अफिस असिष्टेण्ट पदमा नियुक्ति भई मिति २०३३।९।२१ मा शाखा अधिकृत पदमा बढुवा भई मिति २०४५।१।३१ मा का.मु. शाखा प्रमुख द्वितीय श्रेणी (प्र.) पदमा रही हाल यस संस्थानको कानुन विभागमा काम गर्दै आएकोमा मिति २०४०।३।२ मा कर्पोरेशनबाट शाखा प्रमुख द्वितीय श्रेणीमा बढुवाको फर्म भराई कुल रिक्त ८ पद मध्ये आन्तरिक मूल्यांकनद्वारा ६ पद र प्रतियोगितात्मक लिखित परीक्षाद्वारा २ पदमा बढुवा गर्ने गरी प्रतिशत छुट्याई सम्भाव्य उम्मेदवारबाट फर्म भर्ने सूचना प्रकाशित भए अनुसार म निवेदक समेत उक्त पदमा बढुवा हुन योग्यता पुगेको भई तदनुरुप आन्तरिक मूल्यांकनको आधारमा बढुवा गर्दा पदपूर्ति तथा बढुवा समितिले म निवेदक समेत ६ जनालाई ०४१।९।३० मा बढुवाको लागि सिफारिश गरी प्रकाशित सूचना उपर उजूर परी मिति २०४१।१२।३० मा कर्पोरेशनको सूचना पाटीमा र मिति २०४२।१।६ मा गोरखापत्रमा कुनै पनि उम्मेदवार बढुवाको सिफारिश नभएको भनी सूचना प्रकाशित गरिएकोमा मिति २०४१।१२।२८ मा श्रीमान सचिवज्यूबाट गरिएको निर्णय समेत बदर गरी पदपूर्ति तथा बढुवा समितिको मिति २०४१।९।३० को तथा बढुवाको सिफारिश नै सदर गरी म निवेदकलाई बढुवा पुर्जी दिनु भन्ने समेत व्यहोराको रिटनिवेदन यस सम्मानीत अदालतमा रि.नं. २३९० बाट चढाएको रिटनिवेदनमा यस सम्मानीत अदालतबाट लोकसेवा आयोगको मिति २०३९।९।८ को परिपत्रानुसार कार्य नगरेको लो.से.आ. को सामान्य सिद्धान्त, २०३५ को परिच्छेद ६ को दफा ८ अनुसार पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेमा कर्पोरेशनको सूचना पाटीमा मात्र २०४०।३।२ मा प्रकाशित गरेकोले सचिवले कर्पोरेशनको नियमावली, २०३५ को नियम २(१)(२) लो.से.आ. को सामान्य सिद्धान्त, २०३५ को परिच्छेद ६