निर्णय नं. १०७१ - जग्गा खिचोला लिखत बदर हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७१ - जग्गा खिचोला लिखत बदर हक सफा भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०७/११ २३१९ निर्णय नं. १०७१ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको देवानी पुनरावेदन नम्बर ११३ फैसलाभएको मिति : २०३४।७।११।५ मा पुनरावेदक : जि. मोरङ व्यरवना गा.पं. वार्ड नं.६ बस्ने बलबहादुर निरौलासमेत विरुद्ध विपक्षी : जि. भोजपुर मुलपानी गा.पं.वा.नं.७ बस्ने कौशिल्या उपाध्यायानीसमेत मुद्दा : जग्गा खिचोला लिखत बदर हक सफा (१) मुद्दा परिसकेपछि वादी प्रतिवादीमा उल्लेख नगरेको कुरामा विचार गर्नुपर्ने नदेखिने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लेखित मुद्दा : कृष्णराज उपाध्याय विरुद्ध पिताम्बर भुसाल समेतको हकसफा फैसला न्या. ईश्वरीराज मिश्र : उपयुक्त मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।११।१० मा कानूनी त्रुटीपूर्ण फैसला गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदकहरूको निवेदन मागमा पुनरावेदन गर्न पाउने अनुमति दिनेगरी डिभिजन बेञ्चको ०३३।११।१८।३ को आदेश बमोजिम पुनरावेदनमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा यस प्रकार छ : हामीहरूको दर्ता हक भोगको मोरङ विराटनगर न.पं. वार्ड नं.१० को पूर्व सडक पश्चिम मुलचन त्रिलोचनको जग्गा उत्तर विपक्षी मुलकितहरूको जग्गा र दक्षिण श्रवणकुमारीको जग्गा ४ किल्ला भित्रको कठ्ठा ३ जग्गामा होटल घर बनाउन शुरु गर्दा सबैको लागि जग्गा नपुग्ने भई उत्तरतर्फ पुल्कितहरूको जग्गा किन्न दिनुहोस् भनी कुरा गर्दा रु.३०,०००।मूल्यमा दिने कुरा भई तुरुन्त व्यवहार मिलाउन होटेल घर बनाउने कार्यमा धेरै रुपैयाँ खर्च गर्न परी रुपैयाँ नपुग्ने भई ०२९ साल माघ महिनाभरमा रुपैयाँ दिई लिखत गरी दिने सर्तमा २०००।बैना दिई उक्त जग्गा हाम्रै सम्झी सो जग्गामानै ईटा ढुङ्गा बालुवा ल्याउने राख्ने होटल कम्पाउण्ड पर्खाल तोडी त्यतैबाट बाटो गराई होटल घर तयार भएको छ । उल्लेखित अनुसार पुल्कीतको जग्गा पनि होटेल कै जग्गामा सम्मिलित हुने भई होेटलको कम्पाउण्ड पनि घटाई कार्य गर्ने गरी सो (पर्खाल) देखिन उत्तरतर्फ हाम्रो १ फुट जग्गा पनि होटल घर भित्र पारी होटेलको छत सो १ फुट हाम्रो जग्गा सम्मै निकाली बनाएको हो सो जग्गा हरेक प्रकारले हामीले खरीद गरी लिन पर्ने र अवस्था पनि मिलाएका थिएँ त्यस्तैमा यी प्रतिवादीहरू मिलिई रु ३१०००।मा लिनु दिनु गरी ०२९।१।१४ गते लिखत गरी सोही दिन पारित समेत गरेछन् माथि उल्लेख गरिए अनुसार हाम्रा हक भोगको ३ कठ्ठा जग्गा मध्ये विपक्षीहरूले राजीनामामा पारेको होटल घरको कम्पाउण्ड (पर्खाल) देखि उत्तर १२ इन्च हाम्रो जग्गाको साँधमा भएको विपक्षी कौशिलाले राजीनामा लिएको जग्गादेखि दक्षिण होटल घरको जग्गादेखि उत्तर सडकदेखि पश्चिम मूलचन ईश्वरचनको जग्गादेखि पूर्व यति ४ किल्ला भित्रको उत्तर दक्षिण चौडा ४२ इन्च पूर्व पश्चिम लम्बा सिधा वारपारको हाम्रो जग्गा २ पर्खालतर्फको राजीनामा लिखत र त्यसतर्फ दामासाहीले कायम हुने थैली समेत बदर गरी जग्गाको दावी खिचोला मेटाई जग्गा हाम्रो हक कायम गरी विपक्षीहरूका लिखतमा रु.४९०००। को थैली राखेको हुनाले थैलीको अङ्क कायम गरी सो कायम भएको अङ्क थैली हामी सन्धी सर्पनवालाले धरौट दाखिल गरी निखन्न पाउने समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ