निर्णय नं. १०७२ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७२ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०७/२४ २११४ निर्णय नं. १०७२ ने का.प.२०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०३२ सालको रिट नम्बर १३५५ आदेश भएको मिति : २०३४।७।२४ मा निवेदक : का.जि. गोलढुंगा गा.पं. वार्ड नं.१ लोलं बस्ने ज्ञानथुक पतुवारनीसमेत विरुद्ध विपक्षी : बा.अं.अ.का. अतिरिक्त अं.न्या.प्रेमप्रसाद उपाध्यायसमेत विषय : उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरी पाउँ (१) सर्जमिन मुचुल्कालाई दोषयुक्त देखाई पुनः सरजमिन गराएकोमा पछिल्लो सरजमिनलाई प्रमाणमा नलिएको प्रत्यक्ष कानूनी त्रुटी देखिएको । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दा :  आदेश न्या. वासुदेव शर्मा : विपक्षी अञ्चल अदालतको मिति ०३१।६।२४।५ को फैसला उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा वा आदेश जारी गरी बदर गरी पाउँ भन्ने समेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३२।७।२७।५ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य जिकिर यस प्रकार रहेछन् : २. गोलढुंगा गा.पं. वार्ड नं.१ख कि.नं. १७१, १७४, १००, ९९ को जग्गा शेरबहादुरले मलाई दिएको जग्गामा नापी आएको बखत म बाहिर गएकोमा बुद्धिमान समेतले आफ्ना नाममा जोत कायम जो.अ.नि. लिएको निजहरूले पाएको जोताहा अस्थायी निस्सा बदर गरी आफ्नो नाममा जोत कायम गरी पाउँ भनी भू.सु.वि.अ.मा मिठु खत्रीले निवेदन दिएको रहेछ, शेरबहादुरको जग्गा रोपनि ३–०–० कमाई आएको २१ वर्ष जति भयो जग्गाको बाली शेरबहादुरले बुझी ०२२।२।१२ मा कबुलियत समेत गरिदिएको छ वादीको जग्गामा हामीहरूले खिचोला गरेको होइन भन्ने समेत बुद्धिमान समेतको कागज भएकोमा बहुसंख्यक सरजमिनले प्र.हरूले नै जोत कमोत गरी आएको भनी लेखिदिएको र शेरबहादुरले २०२२।२।१२ मा गरिदिएको कबुलियत समेतबाट वादीको दावी नपुग्ने ठर्हछ भन्ने भू.सु.का.काठमाडौंको फैसला रहेछ । इन्साफ जाँची पाउँ भनी मिठुको वारेस शेरबहादुरको निवेदनमा “भूमिप्रशासन कार्यालयले छिनेको मिसिल झिकी इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु” भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी बाग्मती अञ्चल अदालतका नाउँमा हु.प्र. सहितको उक्त निवेदन प्राप्त भई “भूमिसुधारलाई दखल गर्ने छैन भनी शेरबहादुरको कागज गराएको पछि मुद्दा पर्दा पर्दैको अवस्थाको लिखतलाई मान्यता दिन मिलेन, विशेष अदालतले मौकैमा गराएको सरजमिनमा बहुसंख्यक सरजमिनले पिठुंकै जोत भनी बकेको समेत देखिएकोले समेत सबूदको अभावमा प्रतिवादीको जोत कायम गरेको भूमि प्रशासकको इन्साफ मनासिव देखिन आएन, निवेदक मिठुकै कायम हुने ठर्हछ” भन्ने समेत बाग्मती अञ्चल अदालतबाट ०३१।६।२४ मा फैसला भएको रहेछ, सो फैसला बदर गराई माग्न प्रस्तुत रिट पर्न आएको छ : ३. भूमिसम्बन्धी नियम ०२१ को दफा ८ बमोजिम कागज गरी दिएपछि अरू प्रमाणको आवश्यक नभएको उक्त कागजलाई मान्यता दिई प्रमाण लगाउनु पर्ने प्रमाण लगाउनु भएन फुल बेञ्चबाट भएको नजीरले त्यसलाई प्रमाण लगाउनु पर्ने शेरबहादुर र मिठु मिली छोडपत्र गरेको कागज ऐनले प्रमाण लिनु नहुने भू.सु अधिकारीले जोत सम्बन्धीमा कागज गराउन पाउने अधिकार भएको प्रमाण ऐन, ०३१ को दफा ५४ बमोजिम नलाग्ने प्रमाण लगाएको र लाग्ने प्रमाण नलगाएको कारणले