निर्णय नं. ३९२२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९२२ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/०७ २४९२ निर्णय नं. ३९२२ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. १४५२ आदेश भएको मिति : २०४६।८।७।४ मा निवेदक : जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको मानबहादुर गुरुङ विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालतसमेत विषय : उत्प्रेषण § निवेदकलाई पाँचौ पटक पारी चोरी गरे बापत चोरीको १२ नं. अनुसार २ वर्ष कैद र जरिवाना बापत चोरीको २८ नं. अनुसार ४ वर्ष कैद गरी जम्मा कैद वर्ष ६ सजायँ हुनसक्ने देखिँदा निवेदकका सम्बन्धमा बढी कैद हुने गरी ठेकिएको लगत सच्याई वर्ष ६ कैद हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तीर्थराज बसौला विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश न्या. महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको चोरी मुद्दामा मिति ०४२।६।८ मा फैसला गरिंदा चौथा पटक कसूर गरेको ठहर्याई कैद सजायँ गरियो र सोही कसूरमा जरिवाना बापतको कैद वर्ष ४ समेत थप गरियो । म निवेदक २०४१।९।२३ देखि प्रहरी हिरासतमा रहेकोले सोही मिति देखि नै मेरो कैद कट्टी हुनुपर्ने स्पष्ट छ । वादी श्री ५ को सरकार र प्रतिवादी म निवेदक समेत भएको चोरी मुद्दामा विपक्षी ललितपुर जिल्ला अदालतबाट मिति ०४२।३।३१ मा फैसला गरिंदा पहिलोपटक चोरी गरेको ठहर्याई एक महीना पन्ध्र दिन कैद एवं जरिवाना बापत ४ वर्ष कैद समेत गरी जम्मा कैद ४ वर्ष १ महीना १५ दिन सजायँ गरियो । विपक्षी ललितपुर जिल्ला अदालतबाट म निवेदकले पटक पटक कैद ठेकुवा पुर्जी पाउँ भनी निवेदन गर्दा पनि दिइएन । यसबाट विपक्षी काठमाडौं जिल्ला अदालतले ठेकेको कैद भुक्तान भइसकेपछि मात्र शुरु हुने गरी कैद ठेक्ने विपक्षी ललितपुर जिल्ला अदालतको मनसाय देखिन्छ। ३. कैद सजायँ गरिंदा धेरै कलममा गर्नु परेमा जुन ठुलो कलम छ सोही मात्र सजायँ हुने अन्य कलम नजोडिने एवं विभिन्न समयमा विभिन्न कैदको कलम ठेकिएकोमा जुन ठुलो हुन्छ सो मात्र लाग्ने सानो नलाग्ने तथा अघि ठेकिएको कैदको हद ठुलो र पछि ठेकिने सानो भए सानु कलमको सजायँ गर्नु हुँदैन भन्ने दण्ड सजायँको महलको व्यवस्थाले म निवेदकलाई काठमाडौं जिल्ला अदालतको फैसलाले ठेकेको चौथा पटक चोरी गरेबापत कैद १ वर्ष ६ महीना र जरिवाना बापत ४ वर्ष गरी जम्मा कैद ५ वर्ष ६ महीना मात्र ठेकिनु पर्ने हो । यदि सो नगरी चोरीको पटक पाँचौ गरिएमा पनि कैद वर्ष २ र जरिवाना बापत कैद वर्ष ४ गरी जम्मा कैद वर्ष ६ मात्र हुनु पर्नेमा बढी कैद ठेकेको कारणबाट म निवेदकको नेपालको संविधानद्वारा प्रदत्त मौलिक हकमा पुगेकोले उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी कानुन बमोजिम कैदको लगत मात्र ठेक्नु ठेकाउनु भन्ने आदेश समेत जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. यस्मा विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४६।३।२२।५ को आदेश । ५. विपक्षी निवेदक समेतले जाहेरवाला प्रदिपकुमार शर्माको धनमाल पहिला पटक पटक पारी चोरी गरेको ठहरी ०४२।३।२१ मा यस अदालतका फैसला बमोजिम रु. ३८,०००।– जरिवाना र कैद ०–१–१५ गरी निज का