निर्णय नं. ४७०६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७०६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०२/०७ २३२४ निर्णय नं.– ४७०६ ने.का.प. २०५० (क) अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय २०५० सालको रि.पु.इ.नं. : ६० आदेश मिति : २०५०।२।७ निवेदक : लुम्बिनी अञ्चल रुपन्देही जिल्ला बुटवल नगरपालिका वार्ड नं. ५ दरबार लाइन बस्ने शोभालक्ष्मी थान्जू । विरुद्ध विपक्षी/प्रत्यर्थी : श्री ५ को सरकार अञ्चलाधीशको कार्यालय बुटबल लुम्बिनी अञ्चल समेत । विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ । (१) हक टुटेको कानून बमोजिम प्रमाण बेगर निवेदिकाको दर्ताको जग्गा विपक्षी मध्येको उत्तमलाल श्रेष्ठ र माधुरी कुमारी श्रेष्ठको नाउँमा दर्ता गर्ने गरेको अञ्चलाधीश कार्यालयको निर्णय र भूमि प्रशासन कार्यालयको निर्णयले निवेदिकाको हकमा प्रतिकूल हुने गरी निर्णय भएको पाइन्छ । यसर्थ उक्त निर्णयहरू मिलेको नभै त्रुटीपूर्ण हु“दा उत्प्रेषणको आदेशद्वारा निवेदकको हकमा सम्म बदर हुने ठहर्छ । अव निवेदिकालाई निवेदिकाको राजिनामा दर्ता बमोजिमको ०–१–१७ पुरै जग्गा दिनु भनी विपक्षी अञ्चलाधीश कार्यालयको विघटन भै सकेको हु“दा हाल सो अधिकार प्रयोग गर्ने जिल्ला प्रशासन रुपन्देही र मालपोत कार्यालय रुपन्देही समेतका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १९) निवेदक तर्फबाट : बिद्वान अधिवक्ता श्री राधेश्यम अधिकारी विद्वान अधिवक्ता श्री बोधरीराज पाण्डे विपक्षीको तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विद्वान अधिवक्ता श्री यादव खरेल आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. श्री ५ महाराज धिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।९।२८।१ को निर्णय आदेश दोहर्याई पाउँ भनी निवेदक शोभा लक्ष्मी थान्जूले न्यायिक समिति मार्फत चढाएको बिन्तिपत्रमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उक्त निर्णय दोहोर्याई हेरी कानून बमोजिम गर्नु भन्ने हु. प्र. वक्स भए बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. निवेदिका दाता बेल कुमारीसंग बुटवल नगर पञ्चायत क्षेत्रभित्र पर्ने बुटवल दरबार लाईनको पूर्व पक्किरोड, पश्चिम सडक, उत्तर गणेश प्रसाद, दक्षिण माधुरी कुमारी वति ४ किल्ला भित्रको दर्ता नं. १ तिरो रु ४।७१ लागेको ज.वि. ०–१–१७ थैली रु. ३०००।– दिई २०२६।११।६ मा राजिनामा रजिष्ट्रेशन पास गराई २०२६ सालमा घर बनाई बसोबास गरी मालपोत तिरी भोग चलन गरी आएको छु । ३. मेरो हकको उक्त जग्गालाई अशान्ति गरी आफ्नो भन्न आएकोले विपक्षी लुम्बिनी अञ्चलाधीशज्यू समक्ष निवेदन गर्दा कारवाही चलाई यसै निवेदन साथ संलग्न गरिएको २०४२।५।३ को टिप्पणी सदर निर्णयमा उल्लेख भए अनुसार श्री ५ को सरकारको सम्बन्धित कार्यालयबाट जग्गा धनी र कार्यालयको बीच भएको आपसी समझदारीको आधारमा भएका व्यवस्थामा संलग्न रही राजिनामा बमोजिमको जग्गा पुरा हुनुपर्दछ भनी अड्डी लिनु उचित नदेखिने हुनाले भूमि प्रशासन कार्यलय रुपन्देहीबाट बुझाउन आएको ज.वि. ०–१–१० जग्गा धनी दर्ता प्रमाण पूर्जा संलग्न राखी चित्त नबुझे उजुर दाबी गर्नु भनी जानकारी दिन र अघि भएका आदेश बमोजिम रोक्का भए रखि राख्न उपयुक्त नदेखिएकोले फयल पेश गरिएको फाँटवालाको रायलाई सदर गर्ने गरी मिति २०४२।५।३ मा निर्णय गरिएको सूचना २०४२