निर्णय नं. १०७४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/२४ २१२१ निर्णय नं. १०७४ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट नं. ८६३ आदेश भएको मिति : २०३४।६।२४।२ मा निवेदक : भक्तपुर जिल्ला टिबुकेर्छे टोल घर भै हाल सदरखोर शाखा डिल्ली बजारमा थुनामा रहेको जगनलाल अमात्य विरुद्ध विपक्षी : श्री ५ को सरकार प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौ तत्कालीन प्रहरी प्रधान कार्यालयका डि.एस.पी. भोजबहादुर शाह विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) नेपालको संविधानको धारा ११(६) अनुसार गिरफ्तार गरिएको व्यक्तिलाई कारण सहितको सूचना यथासक्य चाँडो दिनुपर्ने र उपधारा ७ अनुसार त्यस्तो व्यक्तिलाई बाटोको म्यादबाहेक चौविसघण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने । (प्रकरण नं. ८) विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लेखित मुद्दा :  आदेश न्या.वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी प्रहरी प्रधान कार्यालय नक्शाल समेतले निवेदकलाई गैरकानूनी राखेकोले थुनाबाट मुक्त गरी पाउँ भनी रिट निवेदन मिति २०३४।६।११।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मैले प्रहरी प्रधान कार्यालयको आर्थिक वर्ष २०२७।०२८ सालको रासनको ठेक्काको काम सुचारु रुपले गर्दै आएको हकमा म आफू विरामी भई औषधी उपचारार्थ भारत जान आवश्यक भए मुताविक उपचार गराउन भारत गएको वखतमा ठेक्काको काम सुचारु रुपले शर्तनामा बमोजिम नसकेको भन्ने कुरा म उपचार गराई फर्किआएपछि थाहा हुन आयो । प्रहरी प्रधान कार्यालयले ठेकदारबाट ठेक्का सुचारु रुपबाट (शर्तनामा बमोजिम) नचलेमा ठेक्का तोडी आफै चलाउने वा अरू कुनै व्यक्तिलाई दिने भन्ने ठेक्का शर्तनामा उल्लेख भए बमोजिम प्रहरी प्रधान कार्यालयले सो ठेक्का म ठेकदारसँग तोडी उक्त आर्थिक वर्षको ठेक्का बमोजिमको सामानहरू आफैंबाट बजार खरीद गरी आवश्यक पूर्ति गरेको रहेछ । प्रहरी प्रधान कार्यालयले ठेक्का स्वयं सञ्चालन गरेको भन्ने थाहा पाई उक्त कार्यालयमा गई मेरो आफ्नो हर हिसाब र मैले राखेको जेथा जमानत रोक्का भई राखेको हुँदा सोको फूकुवा पाउँ भनी बारम्बर ताकेता गर्दा सोतिर ध्यानै नदिई अन्याय म आफू घरमा वसी राखेको बखत मिति ०३०।१२।२९ मा प्रहरी प्रधान कार्यालय मार्फत मलाई पक्राउ गरी ल्याई संविधानमा उल्लेखित कानूनको बर्खिलाप गरी बेगर थुनुवा पूर्जी साथ डिल्ली बजार सदर खोर शाखामा थुन्न पठाई हाल तक म थुनामा नै छु । ३. ठेक्का ऐनमा उल्लेख भए बमोजिम कुनै ठेकेदारले ठेक्काको काम पूरा नगरी बीचमा छाडी ठेक्का सर्तनामा बाधा गरेको पारेको खण्डमा ठेक्काको काम पूरा गर्दा गराउँदा हुन आउने हानी नोक्सानको उपर ठेकेदारले राखेको धरौट वा जेथा जमानतबाट कानूनी कारवाही गरी असूल उपर गरी कानूनबमोजिम गर्नुपर्नेमा सो नगरी यसरी औचित्यहिन तरिकाबाट थुनामा राखिदिएको र संविधानको मौलिक हक र कर्तव्यमा उल्लेख भए बमोजिमको नियमलाई पालना गरी गिरफ्तार गरिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकार प्राप्त अधिकारी समक्ष बाटाको म्याद बाहेक २४ घण्टा भित्र उपस्थित गराई गिरफ्तार गर्नाको कारण सहित खोली मुलुकी ऐन अ.बं नं.१२१ बमोजिम थुनुवा पूर्जी दिई मलाई हिरासतमा राखी कानूनी कारवाही गर्नुपर्