निर्णय नं. ३९२४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९२४ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/०९ २२४३ निर्णय नं. ३९२४ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रिट नं. १२६८ आदेश भएको मिति : २०४६।७।९।४ मा निवेदक : का.न.पं. वडा नं. २८ बाड्डेमुडा बस्ने सप्तरत्न स्थापित विरुद्ध विपक्षी : ललितपुर गुठी तहसिल तथा खर्च कार्यालयसमेत विषय : उत्प्रेषण § निर्णय उपर पुनरावेदन लाग्ने कानुनी व्यवस्था छँदै कानुन बमोजिम पुनरावेदन गर्न नगई बसी पछि पर्न आएको यो रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १०) रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठ आदेश न्या. हिरयेश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. ल.पु. गुठी तहसिल तथा खर्च कार्यालयबाट मिति २०४५।६।९ को पत्रमा ल.पु.न.पं. वडा नं. १ (ज) को कि.नं. ४६ को ०–४–२ जग्गा गंगा देवी राजभण्डारीले रैकर दर्ता गरी बिक्री गरेको सम्बन्धमा कारवाही हुँदा उक्त लेखिएको जग्गा गुठी संस्थान ऐन, २०३३ को संशोधन सहितको दफा ३९ बमोजिम रैकरको लगत कट्टा गरी गुठी कायम गरिएको गुठी संस्थान केन्द्रीय कार्यालयको २०४५।५।२७ को निर्णय अनुसार जानकारी गराइएको छ भन्ने पत्र २०४५।१०।२३ गते म निवेदकको घर दैलोमा टाँस गरिएछ । ३. उक्त जग्गामा गुठी संस्थानको कुनै अधिकार छैन । २००८।६।१२।६ मा गंगादेवी राजभण्डारीका बाबु माधवलालले गरिदिएको शेषपछिको बकसपत्रबाट बाबु माधवलाल परलोक भई गंगादेवीको नाउँमा भु.प्र.ल.पु. मौजाबाट २८९४ नं. मा दर्ता भएको ल.पु.न.पं. वडा नं. १(ज) अन्तर्गत नापी भई कि.नं. ४६ कायम भई निज गंगादेवीको एकलौटी हक भएको सो जग्गा र त्यस्मा बनेको घरसमेत गंगा देवीसंग मिरादेवी श्रेष्ठनीले २०२६।१२।२१ मा फार्छे राजीनामा गरिलिएको २०२६।१२।३१ मा दा.खा. समेत भएको उक्त जग्गा मिरादेवीसंग २०२८।१०।५ मा रु. २५,०००।– मा फार्छे राजीनामा गराई लिई म निवेदकको हक भोग भई २०२९ सालमा ल.पु.न.पं. बाट नक्शा पास गरी घर समेत बनाई ज.ध.द.प्र.पु. प्राप्त गरी तिरो भोग गरिआएको मेरो एकलौटी जग्गालाई गुठी अन्तर्गत दर्ता गरिएको त्रुटिपूर्ण छ उक्त जग्गा कित्ताकाट भई कि.नं. १८९ र तत्पश्चात कि.नं. २२५ मा परिवर्तन समेत भइसकेको छ । ४. यस अघि २०४४।८।१३ मा पनि म निवेदकलाई उक्त जग्गा सम्बन्धी विवादमा गुठी संस्थान केन्द्रीय कार्यालयमा उपस्थित भई निराकरण समेत भएकोमा तत्पश्चात विपक्षी चुप रही अचानक २०४५।५।२७ को निर्णय भन्दै मेरो प्रमाणको निराकरण नगरी एकलौटी गरेको निर्णय त्रुटिपूर्ण छ । उक्त विवादित जग्गा मध्ये ०–१–३ जग्गा बागमती पुल देखि जावलाखेलको बाटो निर्माणको बेला अधिग्रहणमा परेकोमा मुआब्जा सम्बन्धमा विपक्षी समेतले विवाद उठाई निर्णय हुँदा मुआब्जा मैले पाएकोमा सो निर्णय उपर कारवाही नचलाई विपक्षी बसेकाले एकपटक उक्त जग्गा सम्बन्धी विवाद टुंगो लागी सकेपश्चात पछि आएर गरेको गुठी संस्थानको निर्णय अनाधिकार हुनुका अतिरिक्त प्रमाण ऐन, २०३१ को दफा ३४ तथा दफा ५४ को समेत प्रतिकूल हुन गई नेपालको संविधानको धारा १०, ११(२)(ङ), १५ द्वारा प्रदत्त हकमा आघात परेकोले धारा १६।७१ बमोजिम गुठी संस्थान केन्द्रीय कार्यालयको २०४५।५।२७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु भनी परमादेश समेत जारी