निर्णय नं. ३९२५ - खिचोला समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९२५ - खिचोला समेत भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/२० २४८३ निर्णय नं. ३९२५ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६६३ फैसला भएको मिति : २०४६।७।२०।१ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. २७ त्यौड तननी बस्ने तुल्सीनारायण डंगोल विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने रत्नेश्वरी मल्लको मु.स. गर्ने बद्रीराज मल्ल मुद्दा : खिचोला समेत § जग्गा नापजाँच भई स्रेस्ता तयार भएको मितिलाई नै मुद्दा गर्नुपर्ने कारण परेको मान्नु पर्ने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठ फैसला न्या. हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतलको मिति २०४४।२।३१ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. काठमाडौं जिल्ला काठमाडौं नगरपञ्चायत वार्ड नं. २७ त्यौड तननीको पूर्व विपक्षीहरूकै घर, पश्चिम मेरै श्री इन्द्रमुनी देवीको घर, उत्तर न्हुच्छेमान महर्जनको घर किलास, दक्षिण श्री बाबुकाजी महर्जनले भोगी आएको जग्गा यति ४ किल्ला भित्रको ढलापात जग्गा विपक्षीहरूको र मेरो समेत संजिया भई आई रहेकोमा विपक्षीहरूको दाजु भाइ भिन्न हुँदा विपक्षीहरू मध्ये तुल्सीनारायण महर्जनले मेरो घरले च्यापिएको ढलापात जग्गा मध्येमा मेरा हक तर्फ मैले नै घर बनाउने छु र तपाईको हक तर्फ तपाईले नै घर बनाई मलाई नै बहालमा दिनुहोस या मैले नै बनाउने छु र श्री इन्द्रायणी देवीको काममा समेत रेखदेख गरी दिनेछु भनी मिति २०२४।१२।१५।५ मा दिएको दर्खास्तनुसार घर बनाउनलाई जग्गा नाप जाँच गर्दा विपक्षी तुल्सीनारायणको घर साँध सरहको निजको घरले च्यापिएको पेटी बाहेक गरी ढलापात मात्र पूर्व पश्चिम ७ फुट ४ ईन्ची र उत्तर दक्षिण ९ फुट भएको थियो । सो मध्ये आधि ३ फुट ८ ईन्च विपक्षी तुल्सीनारायणको भागको निजले र मेरो भागको ३ फुट ८ ईन्ची लम्बाई ९ फुट चौडा भएको जग्गामा मैले घर उठाउँदा गारो एउटै जस्तो देखाई मिलाई बनाई ल्याएको थिएँ । सो बनाई सकेपछि निज विपक्षी तुल्सीनारायण महर्जनलाई नै महीना १ को रु. १५।– का दरले बहाल लिने गरी मिति २०२५।८।२७ मा कबूलियत लेखाई निजलाई नै बहालमा दिई आई रहेकोमा उक्त जग्गा समेत नाप जाँचमा विपक्षी तुल्सीनारायणले निजकै स्वबासी घरमा गाभी कि.नं. ९९८ मा स्वबासी दर्ता गरी ज.ध.प्र.पुर्जा लिइसकेको भन्ने बुझिएकोले सो बदर गरी मेरो ३ फुट ८ ईन्ची लम्बाई ९ फुट चौडाको घरको छुट्टै कित्ता काट गरी मेरो कि.नं. १००० को घरमा समावेश गर्नुका साथै माथि उल्लेखित कबूलियत बमोजिमको घरको बहाल समेत नदिएकोले मिति २०३८।१।१ गते देखि फिराद दावी तक ९ महीनाको बहाल भराई खिचोला मेटाई अड्डैबाट चलन चलाई पाउँ र विपक्षीका भाइ चैत्यनारायण महर्जनले माथि उल्लेखित ४ किल्ला भित्रका ढलापात मध्ये उत्तरतर्फ पूर्व पश्चिम २ फुट उत्तर दक्षिण ६ फुट भएको जग्गामा निजलाई असजिलो भएको भनेकोले बाटाको निमित्त भाग गर्दा मैले निजलाई भर्याङ्ग राख्नु निमित्त श्री इन्द्रायणी देवीको सपोहुती होम आदीमा रेखदेख गरी परेको काम समेत गरिदिने छु भनेबाट निजलाई मोहिया हक तुल्याई दिएकोमा निजकै आफ्नो कि.नं. ९९७ मा गाभी स्वबासी जनाई ज.ध.प्र.पुर्जा समेत लिई मोल रु. ४०।– जाने १ दाम जग्गा खिचोला गरेकोले बदर गरी मेरो कि.नं. १००० को घरमा नै समावेश गरिपाउँ भन्ने समेत व्यहो