निर्णय नं. १०७६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०७/२२ २०६१ निर्णय नं. १०७६ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको रिट नं. ६७७ आदेश भएको मिति : २०३४।७।२२।२ मा निवेदक : कपिलवस्तु जि.रैहरा गा.पं.वार्ड नं.४ बस्ने विनोदकुमार कुर्मी विरुद्ध विपक्षी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा कपिलवस्तु विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) धर्मपुत्रको लिखतलाई कसैले विरोध गरेको छैन भने त्यसलाई विवादको कारण बनाई ठहर गर्न मिल्दैन र लिखतको औचित्यतर्फ निर्णय दिने अधिकार भूमि प्रशासकलाई भएको नदेखिने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लेखित मुद्दा : आदेश न्या.वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी जिल्ला कार्यालय भूमिप्रशासन शाखा कपिलवस्तुको मिति २०३४।२।५ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति २०३४।४।६।५ मा दर्ता भएको रहेछ। २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मर्ने गा.पं. रेहरा वा.नं.४ हाल गा.पं. पुलिका वार्ड नं.२ मा बस्ने रेश्मा कुर्मीले मलाई धर्मपुत्र राख्नु भएको र निज आफ्ना कालगतिले मिति २०३२ साल आषाढ १० गते परलोक भएको हुँदा निजका नाउँमा दर्ता रहेको गा.पं. गोवरी र गा.पं. रहेरा मध्ये दर्ता रहेको जग्गा मेरो नाउँमा नामसारी दर्ता गरी ज.ध.प्र.पु. पाउँ भन्ने समेत विनोदकुमार कुर्मीको निवेदन । दाता रहेमा कुर्मिनीले निजका नाउँमा दर्ता रहेको गा.पं. गोवरी र गा.पं.रहेरा मध्येको जग्गा गा.पं. फुलीका वा.नं.२ मौजा नरेनापुर बस्ने विनोदकुमार कुर्मीलाई २०।६।७५ मा धर्मपुत्र बनाई धर्मपुत्रको लिखत भारतमा गई पास गराएको र निज आफ्ना कालगतिले ०३२ साल आषाढ १० गते परलोक भएको हुँदा धर्मपुत्रको नाताले निवेदक विनोदकुमार कुर्मीले मर्ने रेश्मा कुर्मीनीका नाउँको जग्गा हाल नापीबाट कायम हुन आएको गा.पं. वार्ड नं.समेत खोली मिति ०३३।९।२० मा दिएको निवेदन र गा.पं.पुलिकाको सिफारिशपत्रमा पनि रेश्मा र विनोदकुमारको केही नाता सम्बन्धी नखुलेको, मात्र रश्मा कुर्मिनी ०३२ साल आषाढ १० गते परलोक हुनु भएकाले भनी प्रमाणित गर्दछु भनी सिफारिशपत्र दिएको मिसिल सामेल रहेको र मर्ने रेश्मा कुर्मिनीले नेपालको प्रचलित कानूनबमोजिम धर्मपुत्र पारित गरेको नदेखिएको हुँदा निवेदकको दावी खारेज हुने ठर्हछ भन्ने समेत निर्णय गरेको रहेछ । ३. प्रस्तुत विवादको मूल कुरा विपक्षी कार्यालयसँग धर्मपुत्रको लिखतको कानूनी औचित्य निरुपण गर्नसक्ने अख्तियार छैन । धर्मपुत्र मनासिव छैन धर्मपुत्रको लिखत औचित्यपूर्ण छ छैन भन्ने कुरामा कसैले विवाद उठाएमा उ धर्मपुत्रको महल अनुरुप अदालतमा जान सक्छ र अदालतको उपरोक्त प्रश्नमा विचार प्रकट गर्न सक्छ । तर नामसारी गराई पाउँ भन्ने मागमा अधिकारको श्रोतको रुपमा रहेको लिखत बारे कुनै विवाद नभएको अवस्थामा र अन्य कुनै हकदार नदेखिएको अवस्थामा आवश्यक विवाद उठाई रहन न्यायोचित हुँदैन । यसरी अधिकारै नभएको कुरामा विपक्षीले गरेको मुलूकी ऐन अ.बं.३५ नं.ले अनधिकार त्रुटिग्रस्त छ । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३४।४।९।१ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रका