निर्णय नं. ३९२७ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९२७ - जालसाजी भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/३० २४१३ निर्णय नं. ३९२७ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ५१३ फैसला भएको मिति : २०४६।६।३०।२ मा पुनरावेदक/वादी : का.न.पं. वडा नं. ३० मरुविच्छे बहाल बस्ने नरमान मानन्धर विरुद्ध विपक्षी/प्रतिवादी : नु.जि. ओखर पौवा गा.पं. वडा नं. १ बस्ने ठुलीमाया तामाङनीसमेत मुद्दा : जालसाजी § बिगो भरी पाउनेले कानुन बमोजिम ऐनका म्यादभित्र जायजात देखाई दर्खास्त दिएपछि सो दर्खास्त गर्नु अगावै बिगो बुझाउनु पर्नेले साहु समेतलाई गरिदिएको लिखत भए मान्यता दिनु पर्ने तर दर्खास्त परिसकेपछि गरिदिएको लिखतले कानुनी मान्यता नपाउने। (प्रकरण नं. ९) फैसला न्या. हिरण्येश्वरमान प्रधान : बा.अं.अ. को मिति २०४४।८।१७ को फैसलामा पुनरावेदनको अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को २०४५।४।२७ को आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षी मध्येका काजीमान र मेरो बीचमा लेनदेन मुद्दा परी विपक्षीबाट मलाई लेनदेनको बिगो रु. १७६२।५० र त्यसको कोर्टफी रु. ८८।१५ समेत जम्मा रु. १८५०।६५ भराई दिने ठहरी मिति २०४१।७।१३ मा फैसला भएको सो फैसला अनुसार मैले विपक्षीको नाउँको नु.जि. ओखरपौवा गा.पं. वार्ड नं. १ कि.नं. ६२ क्षेत्रफल १–२–३–२ र कि.नं. ६३ को क्षेत्रफल ०–५–२–२ कि.नं. ३९४ को १–१–० समेत तीन कित्ता अचल सम्पत्ति पक्री बिगो भराई पाउँ भनी २०४२।२।९ मा दर्खास्त परेपछि विपक्षी बाबु छोरी मिली बीचमा मेरो धन नोक्सानी गराउने उद्देश्य लिई उल्लेखित जग्गा मिति २०४२।३।३ मा हालको बकसपत्र पारित गराएकोले सो बकसपत्र जालसाजी गरी लेनदेन गरेकोले सो बदर गरी जालसाजी गरेमा कीर्ते कागजको १० नं. अनुसार सजायँ समेत गरिपाउँ भन्ने २०४३।५।३०।२ को फिरादपत्र । ३. विपक्षीको भनाई झुठ्ठा हो दावी लिएको कित्ताका जग्गाहरू मैले मेरी छोरीलाई बकसपत्र गरिदिएको कुनै जालसाजीबाट र जानी जानी हालैको बकसपत्र लिनु दिनु गरेको होइन । विपक्षीले बिगो भरी भराउन गरिपाउँ भनी कहिले दर्खास्त दिए हामीलाई थाहा थिएन, अदालतबाट म काजीमानलाई २०४२।१०।२९ गतेको म्याद २०४२।१२।१७ मा बुझी लिएपछि मात्र थाहा जानकारी भएको हो विपक्षीको झुठ्ठा फिराद अ.बं. १८० नं. बमोजिम खारेजभागी छ भन्ने समेत प्र.काजीमान समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. जग्गा रोक्का राख्नु भन्दा अगावै र प्रतिवादीलाई म्याद जानु भन्दा अगावै बकसपत्र गरी लिनु दिनु गरेको देखिएकोले जालसाजीमा फिराद दावी पुग्न सक्दैन भन्ने समेत शुरु नुवाकोट जिल्ला अदालतको मिति २०४४।३।३१ को फैसला । ५. उक्त फैसला उपर परेको वादीको पुनरावेदनमा शुरु जि. अ. को फैसला सदर हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला । ६. बा.अं.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको निवेदनमा वादीले प्रतिवादीको नुवाकोटको ज्येथा देखाई का.जि. अ. मा भरी भराउको लागि दिएको दर्खास्त नुवाकोट जिल्ला अदालतमा २०४२।६।१३ मा दर्ता हुनु भन्दा अगावै २०४२।३।३ मा प्रतिवादीहरूले आफ्नो हक तिरोको जग्गा बकसपत्र लिखत पारित गरी लिनु दिनु गरेको क्रियालाई जालसाजी हो भन्ने वादीको दावा पुग्न नसक्ने ठहर्‍याएको शुरुको सदर गरेको बा.अं.अ. को फैसलामा न्या. प्र.सु.ऐन, २०३१ (संशोधन सहित) को दफा १३(४) को अवस्था विद्यम