निर्णय नं. ४७०७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७०७ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०४९/१२/०१ २४८२ निर्णय नं. :– ४७०७ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास मानानीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय सम्वत् २०४७ सालको रिट नं. – ९४८ आदेश मिति : २०४९।१२।१ निवेदक : जिल्ला पर्सा मेडिहारी गा.वि.स. वडा नं. ७ बस्ने शंकर हजारा दुसाध । विरुद्ध विपक्षी : भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय पर्सा । : जि. पर्सा लहावर थकरी गा.वि.स. वडा नं. ५ बस्ने अनवर मियांराकी । विषय : उत्प्रेषण । (१) जि. भू.सु.का पर्साले मोही निस्काशन गर्दा २०४५ सालको कुतवाली नबुझाएको भन्ने कुरालाई नै निर्णयाधार लिइएको पाईन्छ । कुतबाली धरौट राखेको कुरा स्वयं बिपक्षी भू.सु. कार्यालय पर्साले स्वीकार गरेको छ । सो कुतबाली धरौट रहेको कानूनी मान्यता प्राप्त छ छैन भू्.सु. कार्यालय पर्साको निर्णयमा विवेचना नभएकोले न्यायिक मनको प्रयोग गरेर निर्णय गरेको देखिँदैन । सो हुँदा भु.सु. कार्यालय पर्साको निर्णय त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल । प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अली अकबर मिकरानी : विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह आदेश न्या. त्रिलोक प्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।७८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी मध्येका अनवर मियाँको हक भोग दर्ता तिरोको जि.पर्सा लहाबर थकरी गा.वि.स. वडा नं. ६ कि.नं. २४ को ज.वि. ०–६–१० जग्गाको म निवेदक तर्दावाला मोही हुँ । विपक्षीले मेरो उपर ०४३।४४ सालको कुतवाली मोही सम्बन्धमा पर्सा जिल्ला अदालतमा मुद्दा दिनु भएको अवस्थामा विपक्षीको दाजु भाइको बचि अंश वण्डा हुँदा उक्त कि.नं. २४ को जग्गा रुस्तमको भागमा परेको भनेकोले विपक्षीका भाईका नाउँमा मिति ०४५।११।२७ मा ०४५ सालको बाली भू.सु. कार्यालय पर्सामा धरौटीमा राखे पछि विपक्षीले मलाई झुक्याएकोले विपाक्षीकै नाउँमा बाली धरौटी राख्न निवेदन दिई धरौटी रसीदको पीठमा कार्यालयबाट जनाउ दिएको छ । ३. पर्सा जिल्ला अदालतमा चलेको दुई मुद्दाहरूमा २०४५।६।१२ र ०४६।३।१८ मा बाली भरी पाउने ठहराई फैसला भयो । ०४६ सालको कुतबाली बिपक्षी अनबर मियाँको नाउँमा ०४६।११।२३ मा भू.सु.का. पर्सामा धरौटी राखी अद्यापि जग्गा जोत कमोद गरी आएको छु । भू.सु.का. पर्साको ०४६ सालको फैसलाले मोही निष्काशन हुने हुँदा अव आउने बाली मैले नै लगाउने छु भन्न आएको हुँदा के रहेछ भनी भू.सु.का पर्सामा गई बुझ्दा जग्गा धनीले मोही निष्काशन गरी पाउँ भन्ने ०४५।१२।३० मा उजुरी दिएको र बेरीतको म्याद तामेल गरी प्रतिवाद गर्ने मौका समेत पाइन । ४. मिति ०४७।८।४ मा भू.सु.का. पर्साको फैसलाको नक्कल सारी हेर्दा प्रतिबादीको नाउँमा म्याद ०४६।३।२९ मा टाँस भएकोमा कुनै प्रतिबाद समेत नगरी हदम्याद समेत गुजारी बसेको र ०४३ र ०४४ सालमा कुत बाली भराई दिने भनी पर्सा जि.अ. बाट फैसला भएको र ०४५ सालको कुतबाली बुझाएको भए म्याद भित्र उपस्थित भइ आफ्नो प्रमाण भरपाई पेश गर्न सक्नु पर्नेमा सो गर्न नसकेकोले अटेर गरी बस्ने र कुतबाली नबुझाउने मोहिलाई निजको हक स्थापित गरी राख्न उचित नहुने हुँदा ०४५ सालको कुत बाली पक्ष लिई बुझाएको समेत नदेखिंदा मोहिलाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९ (१) बमोजिम मोहियानीबाट निष्काशन ह