निर्णय नं. ६८८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८८२ - उत्प्रेषण भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०१/२९ २४७५ निर्णय नं. ६८८२ ने.का.प. २०५७ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५४ सालको रि.पु.इ.नं. ..५७ आदेश मितिः २०५७।१।२९।५ विषयः उत्प्रेषण । निवेदकः काठमाडौं जिल्ला, का.न.पा. वडा नं. ५ हाडीगाउँ बस्ने वर्ष २६ को महेद्रबहादुर थापा समेत विरुद्ध विपक्षीः गुठी संस्थान काठमाडौं § निवेदकले नदीले छाडेको गुठी जग्गा दर्ता गरी पाउँ भनी राजिनामा लगायतका प्रमाण दिई विपक्षी गुठी तहसिल कार्यालयमा निवेदन दिएकोमा गुठी संस्थान कार्य व्यवस्था विनियम, २०४९ को विनियम १०ज र श्री ५ को सरकारको मिति २०५१।१०।२३ को निर्णयको दफा ३ अनुसार निवेदकको नाममा दर्ता गर्न नमिल्ने गुठी तैनाथी कायम गर्ने तर्फ कारबाही गर्ने भन्ने निर्णय गरेको देखियो । दर्तावालाको नाम कट्टा भईसकेको गुठानी रैतानी नम्बरी जग्गा र गुठी तैनाथी जग्गा नदी काट भै उकास भएको जग्गा संस्थानको नाममा तैनाथी जग्गाको रुपमा दर्ता गरिने छ भन्ने निर्णयमा उल्लेख भएपनि दर्तावालाको लगत कट्टा गरेको अवस्था नभई २०२९ सालसम्म तिरो निवेदक तर्फबाट तिरेको गोकर्णेश्वर पंचामृत गुठी ५, ५/१ लगत कायम रहेको भन्ने निवेदकको भनाई देखिँदा सो बमोजिम जग्गा हो, होइन गुठीको मोठ लगायतका सम्बद्ध जो बुझ्नु पर्ने प्रमाणहरु समेत बुझी निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी गरेको निर्णय त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्बारा विपक्षी गुठी तहसिल कार्यालयको मिति २०५२।८।२१ को निर्णय वदर गरिदिएको छ । अब कानून बमोजिम निवेदकले दिएको र त्यस गुठीमा भएका प्रमाणहरु समेतको आधारमा निवेदकहरुको परेको निवेदनमा पुनः कानून बमोजिम निर्णय गर्नु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं.८) निवेदक तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्बान अधिवक्ताद्बय श्री शम्भु थापा र श्री कृष्णप्रसाद सापकोटा विपक्षी गुठी संस्थानको तर्फबाटः विद्बान अधिवक्ता श्री शम्भुप्रसाद पोखरेल अवलम्बित नजिरः आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासको आदेशानुसार सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यसप्रकार छः 2. पिता स्व.छत्रबहादुर थापाले मिति २०१४ पौष १ गते पदमबहादुर खड्का क्षेत्रीबाट निजका नाममा दर्ता रहेको गोकर्णेश्वर पंचायत गुठी ५ नं. को पूर्व रैकर खोला, पश्चिम विर्ता, उत्तर रैकर, दक्षिण विर्ता यति ४ किल्लाभित्रको मचागाल खेत रोपनी ११–०–० कित्ता १ र मिति २०१४।११।१ गते इन्द्रज्वालानन्द राजोपाध्याबाट गोकर्णेश्वर पंचायत गुठीकै पूर्व रुद्रमती खोला, पश्चिम विर्ता र गुठी रैकर उत्तर बाटो र दक्षिण गुठी रैकर यति ४ किल्लाभित्रको ५।१ बगर खेत ४ म खेत १ जम्मा ५।। भनेर रसिदमा जनिएको खेत रोपनी ५–८–० समेत गोकर्णेश्वर पंचायत गुठीको जग्गा कित्ता २ को क्षेत्रफल १६–८–० राजीनामा पास गरी लिई हक भोगचलन गर्दै साल सालै कुत बाली गुठी तहसिल कार्यालयमा बुझाउँदै आएको उक्त कित्ता जग्गाको पूर्व दिशाबाट खोला पसी ८–०–० जग्गा नोक्सान भई बाँकी जग्