निर्णय नं. ६८८३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८८३ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०२/१२ ५२७३ निर्णय नं. ६८८३ ने.का.प. २०५७ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५५ सालको फौ.पु.इ.नं. ...२१ फैसला मितिः २०५७।२।१२।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः जिल्ला पर्सा, गम्हरिया गा.वि.स.वडा नं. ५ बस्ने शिवपुजन महतो कोइरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला बारा, बन्जरीया गा.वि.स. वडा नं. ७ बस्ने कैलाश महतो समेत § समष्टिगत प्रमाणको मूल्यांकन गर्दा मोहमद रजाक हुसेनका बयान व्यहोरा मिलानकै जाहेरी परेको र निज महमद रजाक हुसेनले अदालत समक्ष बकपत्र गर्दा रोक भन्ने आवाज आयो, १५,१६ जना आई तिन तर्फबाट घेरे भनी भनेपछि जीरह हुँदा चारैतिरबाट घेरेको, गोलीको आवाज सुनेकोले निजहरुले नै मारेको सम्झेको, कहिले बसिरहेको, कहिले आली मुनी लुकी टाउको माथि निकाली रहेको भनी आफ्नो भनाई व्यहोरामा फरक पारी बकपत्र गरेको पाइन्छ । सर्जमिनका मानिस जसले मोटरसाईकलको उज्यालो, टर्चको उज्यालो, जुनेलीरात हुँदा जुनको उज्यालोले देखेको भनी मृतकलाई घेराउ गर्ने भनिएका प्रतिवादीहरुको संख्या कसैले ९।१० जना कसैले १५।१६ जना कसैले बन्दुक बोकेको व्यक्ति फलानो, फलानो कसैले हातमा बन्दुक थियो कि लाठी थियो भन्न सक्दिन, आफू खेतमा काम गरिरहेको, दिशा गर्न आएको, चारैतिरबाट घेरेको तिनतिरबाट घेरेको, लाम लागेर घरेको भन्ने भनाईबाट एकातिर विवरणहरु तथ्यसंगत नभई फरक-फरक परी रहेको देखिन्छ भने अर्कोतर्फ अस्पष्ट देखिन्छ । सर्जमिनका मानिसहरु मध्ये पनि कसैले ४।५ जना कसैले ९।१० जना, कसैले ७।८ जना व्यक्तिहरु मिली बुधनलाई मारेको भनेको पाइन्छ (देवी महतो, धुरन्धर, विश्वनाथ समेतको सर्जमिनको व्यहोराबाट देखिने) भने कसैले मारेको थाहा छैन भनी राजेन्द्र गोसाई, राम कैलाश कानू समेतका व्यक्तिहरुले र महमद रजाकको हातमा बन्दुक देखेकोले बुधनलाई रजाकले नै गोली हानी मारेकोमा पूर्ण शंका लाग्छ भन्ने इन्द्रप्रसाद, झापस महतो धानुक, मेधु राउत अहिर, रंगे महतो नुनिया समेतले व्यक्त गरेको पाइन्छ । यसबाट सर्जमिनका मानिसहरुले आ आफ्नो देखे जानेका कुरा वस्तुनिष्ठ तवरले तथ्यगत आधारमा व्यक्त गर्न सकेको अवस्था देखिदैँन । त्यसैगरी निज बुधनलाई मार्नुपर्ने कारणमा वैजनाथले रजाक मियासँग दुश्मनी रहेको बुधनप्रसाद निज रजाकको पक्षमा भएकोले भनेको भनेपनि कैलाश र वैजनाथको कागजबाट बुधनसँग दुष्मनी हुनु भनी देखाइएको छ भने वारदात स्थलमा एकलाख माग्दा नदिएकोले बुधनलाई मारेको भन्ने भनाई रहेको पाइन्छ । अर्कातिर बुधनलाई मार्न रु.सात हजार दिने गरी पक्का पक्की भएको भन्ने अवस्था पनि देखाइएको छ । यसबाट मार्नपर्ने कारण के हो र ? यी प्रतिवादीहरुले नै मारेको भन्ने अभियोजन पक्षबाट वस्तुनिष्ठ तवरले अनुसन्धान तहकिकात हुन सकेको अवस्था देखिदैँन । वारदातको प्रकृतिलाई अभियोजन कर्ताको कुरालाई एकछिन सही मानी हेर्दा पनि तीन जनाले बन्दुक लिएको अरुले बन्चरो फाटा लाठी समेत लिएको चारैतिरबाट घेरेको रातको समय भएकोमा महमद रजाक भागी उम्कन सफल भएको मात्र होइन निज नजिकै लुकी बसी बन्दुक फायर भई बुधनको हत्या भएपछि घटनास्थलबाट मृतकको घरतर्फ लागेको भन्ने पुष्ट्याई गरिन खोजिएको देखिन्छ तापनि रजाकलाई अपराधसँग सम्बन्धित व्यक्ति भनी देखाईरहेको अवस्था र आफू विरुद्ध प्रमाण हुन सक्ने व्यक्तिला