निर्णय नं. ६८८५ - दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८८५ - दर्ता बदर हक कायम भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०२/१२ २६७१ निर्णय नं. ६८८५ ने.का.प. २०५७ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्‍वा सम्वत २०५५ सालको दे.पु.इ.नं. १४३ फैसला मितिः २०५७।२।१२।५ मुद्दाः दर्ता वदर समेत । पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ पाकोटोल बस्ने गणेशमान जोशी समेत विरुद्ध प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ पाकोटोल बस्ने सम्भादेवी मल्ल समेत § मेरो कि.नं.१०११ मा पर्ने पूर्व पश्‍चिम २ फीट ९ इन्च र उत्तर दक्षिण १८ फीट २ इन्च पेटी विपक्षीले कि.नं.१०१२ मा समावेश गरी नपाई लालपूर्जा लगेको हुँदा खिचोला मेटाई हक कायम गराई विपक्षीको कि.नं. १०१२ को पेटीको जग्गाको घर सम्मको लाल पूर्जा वदर गरी हाम्रो कि.नं.१०११ मा समावेश गरी दर्ता गरी पाउ भन्‍ने वादी दावी र हाम्रो घरदेखि पश्‍चिम भागको हाम्रो घरको पेटी विपक्षीको हुन सक्दैन, सो पेटी हाम्रो वलेनी भित्र पर्छ भन्‍ने समेत प्रतिवाद भई मुख्यतया दर्ता तर्फ विवाद परेको देखियो । एकाको हकको जग्गा अर्कोले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महिनाभित्र नालिस नदिए लाग्न सक्दैन भन्‍ने जग्गा पजनीको १७ नं. ले र जग्गाको कुरामा थाहा पाएको मितिले छ महिनाभित्र नालेस नदिए लाग्न सक्तैन भन्‍ने जग्गा मिच्नेको १८ नं. ले कानूनी व्यवस्था गरेको देखिन्छ । सो कि.नं. १०११ नापी हुँदा यो घर जग्गा हामी ५ जनाको संगोलको स्ववासीमा भोगी आएका छौ भनी संभादेवी मल्ल, विश्‍वबहादुर मल्ल, मोहन बहादुर मल्ल, ईश्‍वरबहादुर मल्ल र नारायण बहादुर मल्लले उल्लेख गरेको पाइन्छ । वादीले स्ववासी घरजग्गा दर्ता गरी पाउँ भनी ३ नं. नापी गोश्‍वारामा २०३७।८।६ द.नं. १६८१ मा निवेदन दर्ता गराएकोबाट कारबाई चली कि.नं. १०११ मा ०.५.३.१ नापी भएको आधार समेत लिई ईश्‍वर बहादुर समेत ५ जनाको नाउँमा दर्ता हुने भनी २०३७।९।२ मा ३ नं. नापी गोश्‍वाराबाट निर्णय भई सो को जानकारी समेत वादी तर्फबाट २०३७।९।१० मा बुझिएको भन्‍ने कुरा सम्बन्धित प्रमाण मिसिलबाट देखिन आउँछ । वादीले २०३८।१२।१६ मा ज.ध.दर्ता प्रमाण पूर्जा बुझेपछि मात्र कि.नं. १०११ को दर्ता सम्बन्धी तथ्य थाहा पाएको भन्‍न मिल्ने अवस्था देखिदैन । प्रस्तुत फिराद २०३९।२।२ मा परेको देखिँदा आफ्नो जग्गा अरुको नाममा दर्ता गराएको थाहा पाएको मितिले ६ महिनाभित्र फिराद दर्ता गराउन सकेको देखिन आएन । तसर्थ प्रस्तुत फिराद नै कानूनले तोकेको म्यादभित्रको नभएपछि अन्य तथ्यतर्फ विचार गरिरहन परेन । हदम्यादको प्रश्‍नमा वादीको नालेश खारेज हुने ठहर्‍याएको मध्यमाञ्‍चल क्षेत्रीय अदालतको मिति ०४३।६।७ को फैसला मिलेको देखिँदा सदर हुन्छ । यस अदालतको संयुक्त इजलासको मिति २०४६।२।१६ को फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं.१५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल अवलम्बित नजिरः फैसला न्या.उदयराज उपाध्यायः यस अदालत संयुक्त इजलासबाट मिति २०४६।२।१६ मा भएको फैसला उपर मुद्दा दोहोर्‍याई पूर्ण इजलासबाट हेरी दिनु भन्ने हुकुम प्रमांगी बकस पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा प्रतिवादी तर्फबाट चढाएको विन्तिपत्रमा श्री ५ महाराजधिराजबाट मिति २०४७।६।९।३ मा हुकुम प्रमांगी बकस भई पेश