निर्णय नं. ६८८६ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८८६ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरी पाउँ भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०३/०९ ३५४१ निर्णय नं. ६८८६ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५४ सालको रिट नं. ..३११० आदेश मितिः २०५७।३।९।६ विषयः परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरी पाउँ । निवेदकः जिल्ला कार्यालय काठमाडौमा मिति २०४७।७।१४ मा दर्ता भएको सोसाइटी अफ नेप्लिज आर्किटेक्सको तर्फबाट अख्तियार प्राप्त ऐ.का अध्यक्ष मच्छ्न्द्रलाल कायस्थ विरुद्ध विपक्षीः माननीय स्वास्थ्य मन्त्रीज्यू, श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय समेत § मूलतः वास्तु एवं स्थापत्यकलाको दृष्टिबाट विशेष रुपले चिनिने वा महत्व झल्किने कुनै संरचना वा भवनमा आवश्यक परी निर्माण कार्य केही गर्नु परेमा भईरहेको संरचनाको भौतिक स्वरुपमा खास परिवर्तन नआउने गरी त्यस्तो कुनै निर्माण कार्य गर्नु श्रेयस्कर हुन्छ । प्रस्तुत रिट निवेदनमा वर्णन गरिए बमोजिम उल्लेखित भवनको डिजाइन नौलो प्रकारको मात्र नभई स्थापत्यकलाको दृष्टिबाट एक विशिष्ट नमूनाको हुँदा सो भवन राष्ट्रिय सम्पदाको स्‍तरमा आउन सक्ने भन्‍ने पनि देखिन्छ । सो भवन वर्षातमा चुहिने भई कार्यालयको काममा बाधा समेत पर्न गएकोले भवनको सुरक्षा तथा संरक्षण गर्न जस्ताको छाना हालिएको भन्‍ने लिखित जवाफको मुख्य व्यहोरा जिकिर देखियो । निर्माण भएको कुनै भवन कालान्तरमा वर्षाको पानी चुहिने हुनु कुनै असामान्य अवस्था होइन । त्यस अवस्थामा पनि भवनको मौलिक स्वरुप वा प्रारुपलाई नढाकी वा नविगारी सम्बन्धित विशेषज्ञ वा वास्तुविदको परामर्शबाट त्यस्तो पानी चुहिने रोक्‍न अरु कुनै उपयुक्त उपाय गर्न राम्रो हुने देखिन्छ । साधारण डिजाइनले बनेको कुनै भवनमा आवश्यकता अनुरुप छाना फेर्ने लगायत कुनै परिवर्तन गर्न सहज हुन्छ र कतैबाट कुनै प्रतिक्रिया हुने सम्भावना पनि कमै हुन्छ । तर जुन भवनको डिजाइन विशिष्ठ र खास प्रकारले मौलिक वा चिनिने खालको छ भने त्यस्तो डिजाइनको मौलिकता हराउने वा लोप हुने गरी कुनै परिवर्तन गरिदिँदा जो वास्तुविदबाट सो डिजाइन तयार भएको छ उसलाई र उसका पक्षधर वास्तुविदहरुलाई र त्यति मात्र नभै त्यस्तो शिपयुक्त स्थापत्यकलाको अनुपम नमूनालाई राष्ट्रिय सम्पदाको रुपमा गर्व गर्ने अरु सर्वसाधारण जोसुकैलाई पनि खिन्‍न लाग्नु स्वभाविकै हुन्छ । यसो भएर नै अहिले यी रिट निवेदकले पनि उल्लेखित भवनका सम्बन्धमा आफू समेतको सार्वजनिक सरोकार देखाई यो रिट निवेदन दिएको देखिन्छ । यसरी यी रिट निवेदकको हकदैया नै छैन भन्‍न मिल्ने देखिन नआएको साथै यस्तै खास खास महत्व भएका भवनमा गरिने कुनै पनि निर्माण कार्य उचित तरिकाबाट नै हुनुपर्ने भएबाट यस्तै प्रकारले खास क्षेत्रसँग सम्बन्धित भवन निर्माण कार्यका सम्बन्धमा यस अदालत संवेदनशिल रही आएको छ भन्‍ने ने.का.प. २०५४, नि.नं. ६३९१, पृष्ठ ३१२ को निर्णयबाट पनि स्पष्ट हुन्छ । यसर्थ प्रस्तुत रिट निवेदन मागका सम्बन्धमा पनि उल्लेखित भवन शुरुमा जे जस्तो डिजाइन वा स्वरुपले बनेको हो त्यसको मौलिक स्वरुपमा परिवर्तन नगरिने गरी यथास्थितिमा कायम राखी संरक्षणका आवश्यक कार्य गर्न उचित हुने हुनाले सोही अनुसार हुने गरी प्रभावकारी आवश्‍यक कारबाही गर्न गराउन श्री ५ को सरकारलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अनुसार यी निर्देशनात्मक आदेश जारी हुने । (प्र.नं.१५) रिट निवेदक तर