निर्णय नं. ६८८७ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८८७ - अंश दर्ता भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५६/०५/२८ २६२९ निर्णय नं. ६८८७ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत २०५५ सालको दे.पु.नं. ...४९०० फैसला मितिः २०५६।५।२८।२ मुद्दाः अंश दर्ता । पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, भटोलिया गा.वि.स. वडा नं. ४ घर भै जिल्ला महोत्तरी, रामगोपालपुर गा.वि.स. वडा नं. ६ बस्ने रामलखन राय यादव समेत विरुद्ध विपक्षी/वादीः ऐ.ऐ.बस्ने अशोककुमार यादव समेत § वादीका पति एवं पिता समेत वादी, राम लखन समेत प्रतिवादी भएको २०३७ सालको दे.नं. ७७४ को मुद्दामा वादी प्रतिवादीका बीच अंशवण्डा हुने ठहर भै फैसला भएपनि फैसला अनुरुप रीतपूर्वकको वण्डा मुचुल्का भै अंश छुट्‍याउने कार्य भएको पाइदैन । २०३७ सालको मुद्दामा ०३७।११।८ मा मानो छुट्टिएको मिति कायम भएतापनि २०३७ सालको दे.नं. ७७४ को मुद्दामा भएको फैसला पश्‍चात बाबु आमा अलग बसी सम्पत्ति बबुको नाममा रही चारैजना छोराहरु पुनः एकासगोलमा रहेको भएको भन्‍ने कुरा विन्देश्‍वर यादवको प्रतिउत्तर लेखबाट देखिन आएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी अर्थात अंशियार मध्येकै विन्देश्‍वर यादवले २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दामा भएको फैसला पश्‍चात बाबु आमा अलग अलग बसी दाजु भाईहरु एकासगोलमा बसी आएको र सम्पूर्ण सम्पत्ति बाबुकै जिम्मामा रहेको भन्‍ने उल्लेख गरी दिएबाट वादी गुलाब देवीले (२०३७ सालको) दे.नं. ७७४ को मुद्दामा मिति २०३९।११।२४ मा प्रस्तुत गरेको तायदातीबाट ७ खण्डको १ खण्ड र प्रस्तुत मुद्दामा ०४८।१२।१४ मा पेश भएको तायदातीबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।८।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं.१७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री कमलनारायण दास विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री राजु महत तथा श्री विरेन्द्रप्रसाद जयसवाल अवलम्बित नजिरः फैसला का.मु.प्र.न्या. केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार मुद्दा दोहोर्‍याई पाउनका लागि यस अदालतमा दिएको निवेदनमा मुद्दा दोहोर्‍याई हेर्नका लागि निस्सा प्रदान भई पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः 2. विपक्षी रामलखन एकासगोलका ससुरा हुन् । रामलखन रामचलितर दाजुभाइ हुन् । ससुरा दाजुभाइको बीच घरसारमा अंश छुट्याई २०३६ साल वैशाख महिनादेखि अलग अलग भोग गरी आएका छन् । ससुरा रामलखनको ४ भाई छोरामध्ये जेठो कृष्णदेव, माहिला म फिरादिका पति स्व.विष्णुदेव, साहिला जिनेखर, कान्छा विन्देश्‍वर यादव गरी पाँच अंशियार छौं । मेरो पति स्वर्गे भएपछि ३,८०,०००।- प्राप्त गरेकोमा रु.८०,०००।- २०४२।१०।२७ मा निकाली ससुराले रा.बा.बैंक जलेश्‍वरको सुन कर्जा नं. २०।२३३।०४१।५।१७ को रु.६४,५३३।०८ तिरी बाँकी रकम आफूले खर्च गर्नुभयो । सगोलको जग्गा निजी आर्जन गर्ने काममा लाग्नु भएकोमा म सँग रु. २ लाख रुपैयाँ माग्दा नदिएकोले २०४६।२।३ गते मैले बाकसमा राखेको १७ तोला सुन एक किलो चाँदीको गहना जबरजस्ती लिनु भएकोले र साथै खान लाउन नदिई हेला गरेकोले फिराद परेको अघिल्लो मितिसम्मको तायदाती दाखिल गराई २ भागको एक भागमध्ये ५ खण्डको एक खण्ड अंश दिलाई नाबालक छोराहरुको नाउँमा संयुक्त दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । 3. रवि रायको २ छोरामा जेठ