निर्णय नं. ६८८८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८८८ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०१/०९ २५२१ निर्णय नं. ६८८८ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत २०५४ सालको रिट नं. ... ३०१६ आदेश मितिः २०५७।१।९।६ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडानं. २३ बस्ने साधुराम मानन्धर विरुद्ध प्रत्यर्थीः प्रमुख, काठमाडौं महानगरपालिका समेत § यसमा प्रत्यर्थी काठमाडौं महानगरपालिकाबाट भएको मिति २०५३।६।११ को निर्णयलाई दुई भागमा विभाजित गर्न सकिन्छ र ती दुई भाग खण्डको वैधानिकताको परीक्षण गर्नुपर्ने हुन आएको छ । पहिलो भागमा निवेदक समेतले मिति २०३३।९।१५ मा तत्कालिन काठमाडौं नगर पंचायतमा दिएको निवेदनमा विवादित पर्खाल सार्वजनिक शौचालयको पर्खाल भनी स्वीकार गरेको आधारमा पर्खाल सार्वजनिक भन्ने ठहराएको अंश २०३३।९।१५ मै सार्वजनिक शौचालयको पर्खाल भनी निवेदक समेतले निवेदनमा उल्लेख गरेको रिट निवेदनको प्रकरण ६ मा त्यो निवेदन दिएको होइन, छैन नभनी मलाई थाहा छैनसम्म भनेको हुँदा महानगरपालिका जस्तो संगठित संस्थामा २०३३ साल मै निवेदन दिई सो निवेदन अनुसार चैत्यको स्थापना भएको तथ्यमा पनि विवाद नभएकोले प्रमाण ऐन, २०३१ को दफा ३४ मा व्यवस्थित बिवन्धनको सिद्धान्तले नकार्न नपाउने कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा त्रुटीपूर्ण कथन भन्न नमिल्ने । (प्र.नं. १२) § अब दोश्रो, पश्चिमतर्फ शौचालयको पर्खाल भन्ने बारेको २०३३।९।१५ को निवेदन पुष्टी भएको हुँदा कि.नं.६५६ को पश्चिममा सार्वजनिक पर्खाल भएकोले सोतर्फ कुनै खुल्ला झ्याल ढोका राख्न नपाउने गरी नक्सा संशोधन गरी दिने भन्ने निर्णयको खण्डको वैधानिकता तर्फ हेर्दा सार्वजनिक शौचालयको पर्खालमा घर बनाउन नपाउने सम्म भन्नु पर्नेमा पर्खाल देखि पूर्व तर्फको निवेदकको जग्गामा निर्माण गरिने घरमा खुल्ला झ्याल ढोका राख्न किन नपाउने हो ? महानगरपालिकाका का.वा.प्रमुखको मिति २०५३।६।११ समेतको निर्णयमा उल्लेख भएको पाइदैँन । निवेदक समेतले कि.नं. ६६० स्थित सार्जनिक चोक शौचालय हुँदा देखिने अन्य चोक वरपरका छिमेकीलेझै भोगचलन गरी आएको तथ्यमा विवाद नभएको सो सार्वजनिक सम्पत्तिको रक्षार्थ निवेदक समेतले चैत्य निर्माण गर्नमा तदारुकता देखाएको भन्ने २०३३।९।१५ को निवेदनबाट समेत पुष्टि भएको छ । त्यस्तो सार्वजनिक पर्खाल चोक तर्फ अन्य व्यक्तिले झै खुल्ला झ्याल ढोका राख्न नपाउने कुनै कानून संगत आधार नभएको यस्तो कानूनले वर्जित नगरेको निवेदक सरहका अन्य व्यक्तिहरु सरह सार्वजनिक चोक, पर्खाल साविक बमोजिम भोग चलन गर्न नपाउने भन्न समानताको भावना समेत विपरीत हुन जाने हुँदा निवेदकले घर बनाउन दिएको नक्सामा पश्चिमतर्फ झ्याल ढोका राख्न नपाउने गरी संशोधित नक्सा पास गर्ने भन्ने अंश कानूनी त्रुटीपूर्ण हुँदा सो निर्णयको दोश्रो भाग खण्डको पश्चिमतर्फ सार्वजनिक पर्खाल भएकोले कुनै झ्याल ढोका राख्न नपाउने गरी भन्ने मिति २०५३।६।११ को निर्णयको अंश र प्रत्यर्थी काठमाडौं नगरपालिकाका प्रमखुको अध्यक्षतामा बसेको वोर्डको मिति २०५३।९।९ को निर्णयको अंश उत्प्रेषणको आदेशद्बारा वदर हुन्छ । अब उपर्युक्तानुसार निवेदकले दिएको घर निर्माणको नक्सामा पश्चिमतर्फ खुल्ला झ्याल ढोका राख्न पाउने गरी नक्सा पास गरी दिनु भन्ने परमादेश जारी हुने । (प्र.नं.१३) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री हरिहर दाहाल