निर्णय नं. ६८८९ - हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८८९ - हक कायम भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५६/०६/२० ३४६१ निर्णय नं. ६८८९ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५३ सालको दे.पु.नं. ...३७५० फैसला मितिः २०५६।६।२०।५ मुद्दाः हक कायम । पुनरावेदक/वादीः जिल्ला सुनसरी, राजगञ्‍ज सिनुबारी गाउँ विकास समिति वडा नं. ४ बस्ने भटन यादव विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने मोहन यादव समेत § दावीको जग्गामा वादीको घरबास रहेको भन्‍ने सम्म देखिन्छ । विवादित जग्गा आफ्नो हक दर्ताको भएको र उक्त जग्गाको तिरोभरो समेत गरी आएको भनी वादीले दावी लिन नसकेको तथा प्रतिवादीको बाबु मंगल यादवको नाम दर्तामा रही तिरो भरो गरी निजको मृत्यु पश्‍चात निजका छोरा प्रतिवादीहरुले हक भोग चलन गरी आएको कुरालाई वादीले खण्डन गर्न नसकेको समेत देखिन आउँछ । यस स्थितिमा विवादित जग्गामा हक दर्ता र तिरो भरो सम्बन्धी सुस्पष्ट प्रमाणको अभावमा केवल घरवास रहेभएको भनी वादीको हक कायम गरी दर्ता समेत हुने ठहर गरेको शुरुको इन्साफलाई उल्टी गरी विवादित जग्गामा वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.१०) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः 2. सर्भे नापीमा राजगंज सिनुवारी गुठीको जग्गा राजगंज सिनुवारी ३(क) कि.नं. ७७ मा ०–२–५ मेरो नाममा फिल्डबुक दर्ता भएको जग्गाधनी प्रमाणपूर्जा प्राप्त नभएकोले छुट दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा उजुरी दिई कार्यवाही हुँदा विपक्षीहरुले मेरो जग्गा हो भनी विपक्षीहरुको दावी देखिँदा २०४७।११।१९ मा हक कायम गर्न जानु भनी निर्णय भएकोले उल्लेखित जग्गामा भूमिसुधार कार्यालय सर्भे नापी टोली फिल्डबुकमा मेरो नाममा दर्ता कायम छ । विपक्षीहरुको नाममा फिल्डबुक दर्ता नहुँदा मेरो हक हुन आएकोले मेरो हक कायम गरी मेरो नाममा जग्गा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । 3. विपक्षीले दावी लिएको जग्गामा यिनै वादी उपर हामीले हक कायम मुद्दा दर्ता गरी हाल कार्यवाही हुँदैछ । दावीको जग्गा विपक्षीको हक कायम हुने होइन । सो जग्गा हाम्रो पिता मंगल गोपका नाम दर्ता भई केवल नापी हुँदा विपक्षीको भनी कैफियतमा लेखाएकै कारणले मात्र विपक्षीको हक कायम हुने होइन । विपक्षीको हकै नहुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्रर पत्र । 4. वादी दावीको जग्गा २०२५।१।१९ मा नापी हुँदा उक्त जग्गामा वादीको घरवास भएको भनी नापी भएको फिल्डबुकमा उल्लेख भएको व्यहोरालाई प्रतिवादीले अन्यथा भन्न नसकेको, वादी दावीको जग्गा आफ्ना बाबु मंगलको साविक दर्ताभित्रको हो भन्ने प्रतिवादी जिकिर प्रमाणबाट पुष्टि हुन नसकेकोले वादी दावाको कि.नं. ७७ को जग्गामा वादीको हक कायम भई सोमा वादीको दर्ता समेत कायम हुने ठहर्छ भन्ने शुरु सुनसरी जिल्ला अदालतको मिति २०५०।३।१ को फैसला । 5. दावीको कि.नं. ७७ को जग्गा पिता मंगल यादवको रैति नं. ३६० सा.कि.नं. ३१ को ०–४–१८ मध्येको जग्गा भई हाम्रो हकको जग्गा भएको प्रष्ट हुँदा हुँदै पनि विपक्षीको दावी अनुसार भएको उक्त फैसला त्रुटिपूर्ण समेत हुँदा वदर गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको