निर्णय नं. ६८९० - लिखत दर्ता वदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८९० - लिखत दर्ता वदर दर्ता भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०२/११ २५४१ निर्णय नं. ६८९० ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५२ सालको दे.पु.नं. ...२६३४ फैसला मितिः २०५७।२।११।४ मुद्दाः लिखत दर्ता वदर दर्ता । पुनरावेदक/वादीः जिल्ला महोत्तरी, श्रीपुर गाउँ विकास समिति वडा नं.४ बस्ने रामवृक्ष राय मरी निजको मु.स. गर्ने छोरा ऐ.ऐ. बस्ने राजविलास राय यादव समेत विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला सर्लाही, साविक खजुरिया गाउँ पंचायत हाल हरिपुर्वा गाउँ विकास समिति वडा नं. ६ बस्ने ठगाराय यादव § यसमा आसोदेवीले विवाद जग्गा वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा मिति २०४१।८।१ मा भएको मिलापत्रबाट अंश वापत पाएको भन्ने देखियो । अंश वापत पाएको जग्गा अंश पाउने विधवा आसोदेवीले अचलमा आधिसम्म आफूखुश गर्न पाउने सो भन्दा बढी आफूखुश गर्न नपाउने बन्देज स्त्री अंशधनको २ नं. ले गरेको देखिन्छ । अंश वापत पाएको जग्गा कानून तथा मिलापत्र कै शर्तले दिन नपाउने दिएको भए स्त्री अंशधनको ८ नं. को हदम्याद भए गरेको मितिले २ वर्षभित्र नालेश दिनुपर्ने अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०४२।१०।१७ गतेमा आसोदेवीले प्रतिवादीलाई बकसपत्र गरी दिई हक छाडी दिएको देखिएको र प्रस्तुत फिराद २०४७ सालमा २ वर्ष म्याद नघाई परेको देखियो । वादीले पक्रेको लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा यस्तो व्यवहार गरेको सदर हुदैन भनेकोमा हदम्याद लाग्दैन भन्ने हुँदा कानूनले नै यस्तो व्यवहार गरेको सदर हुदैँन भनी गरेको अवस्थामा आकर्षित हुने देखिन्छ । मिलापत्रमा गरेको शर्त बन्देजलाई त्यस रुपमा लिन सकिने अवस्था भएन । त्यस्तै अंशवण्डाको महलको ३५ नं. मा पनि अंश नभै गोश्वारा राखिएको सम्पत्ति सम्बन्धमा जहिलेसुकै नालेश लाग्ने अवस्था देखिन्छ, तर प्रस्तुत मुद्दा अंश नभई गोश्वारा रहेको भन्ने अवस्था देखिदैन । तसर्थ कानूनको हदम्याद भित्र नपरेको फिराद नै खारेज गर्नुपर्नेमा शुरु महोत्तरी जिल्ला अदालतले इन्साफ गरी वादी दावी पुग्ने ठहर्याई गरेको फैसलालाई उल्टी गरी वादी दावी नपुग्ने भनी इन्साफ गरेको पुनरावेदन अदालत जनकपुरको फैसला गल्ती भई फिराद पत्र खारेज हुने । (प्र.नं.११) पुनरावेदक वादीका तर्फबाटः विद्बान अधिवक्ता श्री महादेव यादव विपक्षी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री अग्नी खरेल अवलम्बित नजिरः फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः 2. स्व.कोदै रायको चार ओटी श्रीमतीमध्ये स्व.आसोदेवी कान्छी श्रीमती हुन् । निज कान्छी आमा आसौदेवी र हामी फिरादी छोराहरु तथा नाती रामप्रसाद स्व.लक्ष्मी रायको छोरा र देवनारायण राय समेतका बीच चलेको अंश मुद्दामा कान्छी आमा आसौदेवीलाई स्व.लक्ष्मी राय नाममा दर्ता रहेको जि.म.भोइलटिमकिया वडा नं. ६ कि.नं. १ को ०–५–५.१।२ तथा स्व.कोदै रायको नाममा दर्ता रहेको श्रीपुर गा.पं. वडा नं. ७ कि.नं.९५ को १–४–१० आफूखुस गर्न पाउने र स्व.कोदै रायको नाममा दर्ता रहेको जि.म.श्रीपुर गा.पं. वडा नं. ६ कि.नं. २१३ को ०–१५–१५ जग्गा निज असौदेवीले आफ्नो नाममा दर्ता गराई जिन्दगीभर आयस्ता उब्जा खाने बेचबिखन गर्न नपाउने र निजको शेषपछिको हामीले आ–आफ्नो नाममा दर्ता गराई लिने भनी मिति २०४१।८।