निर्णय नं. १०८३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/२४ २२६५ निर्णय नं. १०८३ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको रि.फु.नं.३७ आदेश भएको मिति : २०३४।८।२४।६ मा निवेदक : श्री ५ को सरकार मन्त्री परिषद सचिवालय विरुद्ध विपक्षी : वीरगञ्ज विर्ता बजार वि.न.पं. वार्ड नं. ४ बस्ने ख. कृष्णप्रसाद श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) श्री ५ को सरकारले पुनरावेदन हेरी अन्तिम आदेश दिँदा निजामति सेवा नियमावलीको परिच्छेद १० को नियम १०.१ मा तोकिएका सजायहरू मध्ये जे ठिक लाग्छ सो सजाय दिन सक्ने देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा : आदेश न्या. विश्वनाथ उपाध्याय : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको मिति ०३३।१।१४।२ को निर्णय दोहर्याई पाउँ भन्ने निवेदक विपक्षी श्री ५ को सरकारको मुख्य सचिव श्री प्रद्युम्नलालको परेको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमाँँगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : निवेदक १९९८ सालमा वीरगञ्ज पर्सा मालमा सिपाहीमा भर्ना भई प्रमोशन पाउँदै २०२९ साल माघमा प्र.जि.अ.का रौतहट गौरमा खरदार भई काम गर्दै थिए । यसै विच २०२९ साल माघ ११ गते निवेदक अफिसमा जाँदा त्यहाँ राखेको बरामत भई आइ रहेको २ वटा थोत्रो भरुवा बन्दूक नदेख्दा र कोठाको झ्याल पनि खुल्ला रहेको र अंकुश भएको लठ्ठी पनि सो झ्याल मुनि परिरहेको देखि चोरीमा शंङ्का लागि सोही दिन आफ्नै कार्यालयमा लिखत जाहेर गरेका थिए । त्यसबाट मलखाद चोरी मुद्दामा कारवाही चलेको नन्दलाल चने उपर शंङ्का लाग्दो छ तसर्थ निजलाई केरकार गरी पाउँ भनी निवेदकले प्रमुख जिल्ला अधिकारीलाई सो अनुसार निज चने उपर कारवाही गर्दा निजको घरबाट उक्त बन्दूकहरू बरामद भएको थियो । तर निवेदकले यसरी शङ्का देखाएको र मलखाद मुद्दामा पनि निवेदकले सावित गराएकोले निज चने निवेदकदेखि रिसाई निवेदकलाई नै दुःख दिनको लागि उक्त बन्दुक निवेदकले नै दिई पाएको भनी निवेदक उपर झुटो इलजाम लगाई बयान गरेको थियो । यसरी निज चनेको बयान भएपछि निवेदक उपर पनि कारवाही हुनलाई यो ०२९।१०।१५ मा गरिएको सरजमिनले उक्त बन्दूक नन्दलाल चनेले नै चोरी गरेको शङ्का लाग्छ ख. कृष्णदासको चरित्र नराम्रो भएको भए ३२ वर्षसम्म नोकरी गर्नसक्ने थिएन भनी सोही प्र.जि.अ. को ख. कामेश्वरप्रसाद समेतले सर्जमिन गरी दिएका थिए मलाई फँसाउन सी.डी.ओ.ले. म उपर कुटपिट समेत गरी षडयन्त्र गरिरहेको थियो भन्ने कुरा ०२९।१०।१९ का अञ्चल अदालत भन्ने पत्रिका र ०२९।११।३ को समीक्षा भन्ने पत्रिकाहरूमा प्रकाशित खवरहरूबाट पनि पुष्टी हुन्छ । भ्र.नि.ऐन, २०१७ को दफा २० (१) को अधिकार प्रयोग गरी कारवाही चलाउन भनी ०३०।१।७ मा र ०३१।३।१३ मा समेत पटक पटक स्पष्टिकरण मागिएकोमा आफ्नो इन्कारी स्पष्टिकरण दिएका थिए त्यसबाट भ्र.नि. ऐनको दफा १३(१) को कसूर गरेकोले नि.से.नि. ०२१ को परिच्छेद १० को नियम १(२) बमोजिम ३ वर्षसम्म प्रमोशन रोक्का गर्ने गरी नारायणी अञ्चलाधीश कार्यालयबाट निर्णय भए