निर्णय नं. ६८९१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८९१ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०३/०७ ४०५० निर्णय नं. ६८९१ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५६ सालको फौ.पु.नं. ..१७६ सम्वत २०५४ सालको साधक ..२०३ फैसला मितिः २०५७।३।७।४ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः दोलखा जिल्ला, दोलखा गा.वि.स. वडा नं. १ घर भै हाल कारागार शाखा त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेको वर्ष २८ को टिकाबहादुर दाहाल विरुद्ध विपक्षी/वादीः प्र.ना.नि. रुद्रबहादुर सिलवालको जाहेरीले श्री ५ को सरकार वादीः प्र.ना.नि. रुद्रबहादुर सिलवालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः दोलखा जिल्ला, दोलखा गा.वि.स. वडा नं. १ घर भै हाल कारागार शाखा त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेको वर्ष २८ को टिकाबहादुर दाहाल § प्रतिवादी टिकाबहादुरले प्रहरी तथा अदालतमा बयान गर्दा निजका साथीहरु कृष्ण धौबन्जारा र पुण्य धौबन्जाराले तिम्रो श्रीमती गंगा अरुसँग मोटरसाईकलमा बसि जाने गरेकोले त्यस्तो स्वास्नीलाई कि मार कि राख भनी भनेको र सो सुनेको प्रतिकृयास्वरुप घरमा आई स्वास्नीसँग भनाभन भै मुड्कीले छातीमा हानी सिलौटो समेत प्रयोग गरी मारेपछि जलाउन लगेको हुँ भनी आरोपित कसूरमा सावित रहेको देखिन्छ । मृतकको छाति र टाउकोमा चोट परेको कारणले मृत्यु भै मृत्यु पछि जलाएको भनी पोष्टमार्टमा उल्लेख भएकोले प्रतिवादीको उक्त सावितिलाई पुष्टि गरेको पाइछ । मार्ने पूर्व तयारी रिसइवी नभै तत्काल उठेको कुरामा रीस थाम्न नसकी हात र साधारण ढुंगा सिलौटाले हानेको अवस्था हुँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुनुपर्ने भन्ने जिकिर तर्फ हेर्दा ज्यान सम्बन्धीको १४ नं. मा उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी हान्दा ज्यान मर्न गएमा उक्त दफा लागु हुने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीको भनाई बमोजिम घरमा मृतकसँग भएको झगडाको कारणले तत्काल उठेको रिसले कुटपिट गर्दा मृत्यु हुन गएको भन्ने नदेखिई श्रीमतीको चरित्र बारे घरमा आउनु अघि नै बाहिर साथीको कुरा सुनी पूर्वाग्रही भै घरमा आई श्रीमतीलाई कुटपीट गरी भुईमा लडी सकेपछि ३ पटक सिलौटोले कन्चटमा प्रहार गरेको देखिन्छ । यसरी ३ पटक कंचटमा सिलौटाले प्रहार गरेकोलाई ज्यान सम्बन्धीको १४ नं. अन्तर्गत साधारण लाठा ढुंगाको प्रहारबाट हुने चोटसँग तुलना गर्न मिल्ने हुदैन । मुडकीले छातीमा छानेको चोट नै सांघातिक हुनेमा झन ३ पटक सिलौटाले कन्चटमा गरेको प्रहार त घातक सिद्ध हुने कुरा निर्विवाद छ । यसरी अन्यत्र देखि नै आफू पूर्वाग्रही भै आई घरमा वारदात गरेकोलाई ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुन सक्ने अवस्था नदेखिँदा प्र.टिकाबहादुर दाहाललाई ज्यान सम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहर्याएको शुरु भक्तपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्र.नं. २३) § प्र.टिकाबहादुर दाहालले अपराध गर्दाको अवस्था विचार गर्दा, ज्यान मारी हाल्ने पूर्ण इवी नदेखिएको, साथीभाईले श्रीमतीको चरित्रमा शंका उब्जिने गरी उचालेको, जात्राको समयमा रक्सी खाई मात समेत लागेको तथा गरेको अपराध बारे सत्य तथ्य विवरण अदालतमा समेत आई बयान गरी दिएको सन्दर्भमा निजलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने महसुस भएकोले मु.ऐन अ.वं. १८८ नं. बमोजि