निर्णय नं. ६८९२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८९२ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०१/१२ २६१४ निर्णय नं. ६८९२ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५४ सालको फौ.पु.नं. .. १६३२ फैसला मितिः २०५७।१।१२।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा, सिलुवा गा.वि.स. वडा नं. ४ घर भै हाल केन्द्रिय कारागार कार्यालय काठमाडौंमा थुनामा रहेका उमालाल वि.क. विरुद्ध विपक्षी/वादीः मनबहादुर वि.क.को जाहेरीले श्री ५ को सरकार § प्रतिवादी र मृतक बीचमा तत्काल विवाद उठी सोही मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी चोट छोडेको कारण मृत्यु भएको अर्थात आवेश प्रेरित हत्या भन्ने नभई उमालाल र भिमबहादुर बीच कृष्णबहादुरलाई मार्ने वार्ता चली उमालालले श्रीमतीसँगको अनुचित सम्बन्धको पूर्व रिसइवी रहेको कारण मार्नुपर्छ भन्ने अपराधिक मनसायबाट प्रेरित भै रातिको समयमा मस्त निन्द्रामा सुतिरहेको बाबुलाई आग्लोले विभिन्न ठाउँमा चोट छोडी मारी झुण्याएको देखिन आउछ । यसरी पूर्व नियोजित षडयन्त्रबाट बाबुलाई मारी झुण्ड्याएको प्रतिवादीको अपराधको प्रकृति यि प्रतिवादी र मृतकका बीचको नाता सम्बन्ध तथा घटना चक्र समेतबाट अ.वं.को १८८ नं. प्रयोग गर्नुपर्ने अथवा ज्यान सम्बन्धी महलको १४ नं. को अपराध हो भन्न सक्ने अवस्था नहुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.२७) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत बुटवलको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. मेरो भाइ उमालाल र बुहारी सिता कुण्डमा मेला हेरी ससुराली घर गल्धा गा.वि.स. वडा नं. ९ बस्ने भिमबहादुर विश्वकर्माको घरमा गएको र छोराबुहारीलाई खोज्दै बाबा कृष्णबहादुर पनि भोलिपल्ट २०५१।५।१३ मा ससुराली घर पुगेपछि ज्वाई ससुरा एकातिर बुबा एकातिर भै झै-झगडा भएको रहेछ । त्यसपछि बुबा कहाँ जानु भयो के भयो केही थाहा नभई गायव हुनु भएको रहेछ र २०५१।५।१५ मा केशरबहादुर सुनारी मगरले बल्लाबारी भनिएको चिलाउनेको रुखको हाँगामा झुण्डिएको देखेर मलाई खबर गरेकोले थाहा पाएँ । भाइको ससुरा र भाइ सित मेरो बुबाको झगडा भएको र भाइले बुबाको खोज खबर केही नगरेकाले साथै लासको सम्पूर्ण भार क्यामुनाको बुटामा परेकाले समेत मेरो भाइ उमालाल र निजको ससुरा समेत भई बाबु कृष्णबहादुरलाई मारेको प्रष्ट देखिँदा निजहरुलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत जाहेरी दरखास्त । 3. चिलाउनेको रुपमा मृतक कृष्णबहादुरको लास रहेको तल क्यामुनाको हाँगा घोडा चढेजस्तै गरी रहेको चिलाउनेको हाँगोमा पौने इन्चको रसिले पासो लगाई रहेको डोरीको लम्बाई ३ फिट रहेको । टाउकोमा औंसा किराहरु परेको, आँखा बन्द रहेको, दायाँ आँखा माथि एक इन्च लम्बाई चौडाइको निल डाम, मुख आकृतिमा पुरा निलडाम देखिने चिउँडोमा आधा इन्च चौडाई एक इन्च लम्बाई १।२ इन्च गहिराइको घाउ देखिने । पासोको डोरीको गाँठो पछाडि साइडतर्फ रहेको घाँटी गर्दन वरिपरि अं. ३ चौडा निलडाम लासले लगाएको कपडा रगतले नभिजेको भन्ने समेत लास प्रकृति मुचुल्का । 4. म भागी माइतमा गई बसेको अवस्थामा मेरो ससुरो कृ