निर्णय नं. १०८५ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८५ - लेनदेन भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/०९ २१२४ निर्णय नं. १०८५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको देवानी पुनरावेदन नम्बर १०२ आदेश भएको मिति : २०३४।८।९ मा निवेदक : का.जि.यट्खाबस्ने सिसनाथ झाको वा.र आफ्ना हकमासमेत रामनाथ झा विरुद्ध विपक्षी : भ.पु.जि. बालाखु माइतिघर बस्ने भनेकी पूर्णस्वरा वझनी मुद्दा : लेनदेन (१) मञ्जुरीको लिखतको अभावमा ऋण सबै अंशियारबाट समेत भराई पाउनपर्ने भन्न नमिल्ने । (प्रकरण नं. १६) विपक्षी तर्फबाट : वैतनिक विद्वान अधिवक्ता श्री नुतनबहादुर थपलिया उल्लेखित मुद्दा : फैसला न्या. ईश्वरीराज मिश्र : उपरोक्त मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३२।११।२६ गते सार्वजनिक महत्त्व विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटी गरी फैसला गरेको हुँदा दोहर्याई पाउँ भन्ने निवेदकको निवेदनमा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी फुल बेञ्चमा पेश हुँदा पुनरावेदनको अनुमति दिने भन्ने ०३४।४।२१।६ को आदेश । २. मुद्दाका संक्षिप्त तथ्य यस प्रकार छ : सासुको काममा मसँग सापटी लिएको रु.१७४३ को ०१८।९।७ मा ससुरा द्वारिकानाथले तमसुक गरिदिएको त्यसको १ वर्षपछि ससुरा द्वारिकानाथ पनि परलोक हुनु भएकोले खसम दिनानाथलेनै काज–कृया गर्नु भएको सो कामको निमित्त सापटी लिएको समेत हुन आएको रु.१६५५। को ०२०।११।२२ मा कपाली तमसुक लेखी खसम दिनानाथले मलाई दिनु भएको थियो, मेरो दाइजोको उक्त रुपैयाँ सासु ससुराको हक खाने अन्यायवाला हुँदा जम्मा साँवा ब्याज रु.५,३४२।८९ र अन्तिम किनारा हुने दिनसम्मको साँवा ब्याज दिलाई पाउँ भन्ने समेत फिरादपत्र । ३. वादी दावा बमोजिमको साँवा ब्याज ४ खण्डको १ खण्ड तिर्नु बुझाउनु मञ्जूर छ भन्ने आर्जेस्वरीको प्रत्युत्तर । ४. वादी दावीको रुपैयाँ पिताजीले लिनु भएको भए हामी अंशियार साक्षी हुनुपर्ने सो तमसुक देख्न सुन्न पाउँ भन्ने समेत रामनाथ, विश्वनाथ समेतको प्रत्युत्तर । उपरोक्त सक्कल तमसुक वारिस समेतको रामनाथलाई सुनाउँदा साविक कागज जाँचको रीत नपुगेकोले कीर्ते हो भन्ने बयान र मैले पेश गरेको लिखितहरू सत्य साँचो हो जालसाजी कीर्ते होइन भन्ने समेत दीवा वा विकुलालको बयान । ५. रामनाथका बयान बमोजिमको रु.१७४३। तमसुक साँचो व्यहोराको कीर्ते होइन चारै जनाले बराबर तिर्नु पर्ने रु.१६५५। को कपाली तमसुक पनि म जानकार भएका अवस्थाको ऋण भएकोले सबै अंशियारहरूले तिर्नु पर्ने हो भन्ने दिनानाथको बयान । द्वारिकानाथ ऋणी भएको रु.१७४३। को साँवा ब्याज ४ जनाले रु.१६५५ को साँवा ब्याज प्र. दिनानाथले एकलौटी तिर्नु पर्ने ठहर्छ भन्नेसमेत भु.पु. जिल्ला अदालतको फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने रामनाथ शिवनाथको र रु.१६५५। को साँवा ब्याज मैलेमात्र तिर्नु पर्ने गरेको भु.पु.जि. अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत दिनानाथ समेतको पुनरावेदन । ७. रु.१७४३। को लिखत द्वारीकानाथले गरिदिएको लिखत कीर्ते भन्ने रामनाथ, शिवनाथको पुनरावेदनमा कीर्ते भन्ने प्रमाण पेश हुन नआएकोले यस कलममा प्रतिवादी ४ जनाले तिर्नु पर्ने ठहराएको इन्साफ शुरु अदालतको मुनासिव छ । दिनानाथको पुनरावेदनका हकमा बाबुको काज–कृया हामीले गर्नु नपर्ने भन्ने लेख्न नसकेको हुनाले प्र. रामनाथ, शिवनाथ, आर्जेश्वरी र दिनानाथ समेतले तिर्न पर्ने हुँदा शुरु भ.पु.जि.अ.ले केही गल्ति ईन्साफ गरेको ठहर्छ भन्ने समेत