निर्णय नं. ६८९३ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८९३ - मोही लगत कट्टा भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५७/०३/२८ ३२०६ निर्णय नं. ६८९३ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५४ सालको दे.पु.नं. ...४००५ फैसला मितिः २०५७।३।२८।४ मुद्दाः मोही लगत कट्टा । पुनरावेदक/वादीः जिल्ला बारा, नरही गा.वि.स. वडा नं. २ बस्ने जिवांजी चौधरी विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.बस्ने जिवांजी चौधरी § यसमा मोहीले छोडपत्र गरेकोले मोहीको लगत कट्टा गरी पाउँ भन्ने वादी दावी र छोडपत्र गरेको छैन भन्ने प्रतिवाद भई विवाद परेको देखियो । प्रतिवादीले मोही हक छोड्न मिति २०३०।१२।६ मा निवेदन दिएको र सनाखत गराई पेश गर्नु भन्ने मिति २०३०।१२।२३ मा तोक लागे पश्चात कारबाही चली टुंगो लागेको देखिन प्रमाणित हुन आउदैन । यस सम्बन्धी कानूनी व्यवस्था हेर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) को खण्ड (ख) बमोजिम दर्ता भएको मोहियानी हकको जग्गा मोहीले छाड्न चाहेमा खेतीको याम भन्दा कमसेकम एक महिना अगावै तोकिएको अधिकारी र जग्गावालालाई लिखित सूचना दिनुपर्छ र तोकिएको अधिकारीले सम्बन्धित गा.वि.स. वा नगरपालिकामा समेत बुझी सो छानविन गरी दर्ता किताबमा सच्याइएको सूचना मोहीले प्राप्त गरेपछि मात्र जग्गा छोडेको मानिने छ भन्ने भूमि सम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६ को उपदफा (१) को (क) मा स्पष्ट उल्लेख भएको पाइन्छ । सो बमोजिम गरे भएको नदेखिएको स्थितिमा मोहीले जग्गा छोडेको मान्न मिल्दैन । मोहियानी छोडपत्रको निवेदनबाट गर्नुपर्ने कानून बमोजिमको कारवाही निर्णय भएन भनी निवेदकले कानून बमोजिम उजूरी दिई निर्णय गराउन सकेको पनि देखिदैन । यस स्थितिमा वादी दावी बमोजिम मोही लगत कट्टा गर्न नमिल्ने हुदा मोही लगत कट्टा गर्ने ठहर्याएको शुरुको इन्साफ उल्टी गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं.१०) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत हेटौडाको मिति २०५४।१।१८।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एवं ठहर यसप्रकार छः 2. मेरो कान्छी बज्यै मतिया थरुनीका नामको गा.वि.स. नरही वार्ड नं. २ कि.नं. १०२ को १–०–० र कि.नं. १३६ को १–५–० समेतको मोही विपक्षी भई मेरी कान्छी बजै जीवित हुँदै म समेत साथ सगोल रहेकै अवस्था विपक्षीले जग्गा कमाउन नसक्ने कारण देखाई तत्कालीन भु.प्र.का बारामा मोही छोडपत्रको निवेदन दिनु भयो र सोको जानकारी ज.ध. तथा गा.द.मा समेत दिई जग्गा कमाउन छाडी दिँदा कान्छी बजै र म समेत एकासगोल हुँदा जग्गा कमाई आएका थियौं । उक्त जग्गामध्ये कि.नं. १३६ पार्वतीदेवीलाई र पार्वती देवीबाट नगिया थरुनीलाई हक हस्तान्तरण भइसकेको र कि.नं. १०२ को १–०–० मध्ये पनि कि.का. मै.कि.नं. १७६ को जग्गा फेकनी थरुनीलाई हक हस्तान्तरण भई अब कि.नं. १७७ को ०–१४–० बजै मतिया थरुनीका नाममा बाँकी छ । बजै मतिया थरुनी १३, १४ वर्ष अघि नै परलोक भइसक्नु भएपछि निजको १ एकमात्र हकवाला म भई निर्विवाद रुपमा एकलौटी भोग चलन गरी आएको छु । विपक्षीले मोही छोडपत्र गरी जग्गा कमाउन छाडी दिँदा ज.ध. तर्फबाट कमाउँदै आएको उक्त कि.नं. १७७ को जग्गाको मोही लगत कट्टा गरी पाउँ भन्ने समेत व्यहोराको वादी दावी । 3. वादीले मोही छोडपत्रको निवे