निर्णय नं. १०८७ - उत्प्रेषणको वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८७ - उत्प्रेषणको वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/०९ १९८० निर्णय नं. १०८७ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको रिट नम्बर १३७० आदेश भएको मिति : २०३४।६।९ मा निवेदक : बारा जिल्ला नौतन गा.पं.वार्ड नं.२ मा बस्ने रामजित राउत विरुद्ध विपक्षी : भूमि प्रशासक श्री पी.जी. सुभाष, भूमिप्रशासन कार्यालय बारासमेत विषय : उत्प्रेषणको वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ (१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडासदस्यले कूत बुझिलिएको भरपाई गरिदिएकोलाई कानूनी मान्यता नदिई मोहीबाट निष्कासन हुने ठहराई अधिकारप्राप्त विपक्षीबाट भएको निर्णय कानूनबमोजिम नदेखिएको । (प्रकरण नं. १०) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी र शम्भूप्रसाद ज्ञवाली उल्लेखित मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत निवेदन विपक्षी भूमि प्रशासकको मिति ०३१।८।२० को निर्णय बदर गर्न निमित्त नेपालको संविधानको धारा ७१ अन्तर्गत पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : मेरा नाउँमा दर्ता भएको जि.बारा नौतन पं. अन्तर्गत पर्ने वा.नं.१ को कि.नं. ८ को १ वि.७क. १४ धुर जग्गाको ०२४ सालको फाँटवाली विपक्षी मोहीले नबुझाएकोले बाली दिलाई मोहीबाट निष्काशन समेत गरी पाउँ भन्ने वादी दावी बमोजिम ०२४ सालको बालीमा धान पाकी तयार भएपछि वादी ज.धनीलाई खवर गर्दा नआएपछि वार्ड पञ्चको जिम्मा राखी दिएकोले वादी दावी झुटो हो भन्ने प्रतिवादी भएको वादी लक्ष्मीनारायण साह कानू विपक्षी रामजीत कुर्मि भएको ०२४ सालको बाली सम्बन्धको मुद्दामा वार्ड पञ्चलाई बाली बुझाएकोले कानूनी मान्यता नहुने स्पष्ट भएको र आजैको मितिमा यसै कार्यालयबाट निजै वादी प्रतिवादी भई चलेको ०२३ सालको बाली मोही मुद्दामा प्रतिवादीले बाली नबुझाएको ठहर भई मोहीबाट निष्काशित समेत भई गएकोले यसमा ०२४ सालको बालीमा प्रतिवादी मोहीबाट बाली भराई मोहीबाट निष्काशनतर्फ कार्यवाही गरी रहन नपर्ने भई यो मुद्दा खारेज हुने ठर्हछ भन्ने मिति ०३१ साल मार्ग २० गतेमा विपक्षी भूमिप्रशासन कार्यालय बाराको निर्णय रहेछ । ३. उक्त निर्णय बदर गर्न यसैसाथ रिट निवेदन दिएकोले त्यस सम्बन्धमा उक्त निवेदनमा सविस्तार उल्लेख गरेकोले यसमा पुनरावृत्ति गर्न परेन, यस निर्णयमा उक्त ०२३ सालको निर्णयलाई कायम गरी निर्णय गरेको हुँदा यसबाट प्रतिकूल असर पर्ने हुँदा निवेदकको भू.संं. ऐन परिच्छेद ७ अन्तर्गत तथा संविधानको धारा ११(२)(ङ) अन्तर्गतका हकहरूमा कुण्ठा गरिएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भन्ने निवेदक रामजीत राउतको निवेदन । ४. यसमा के कसो भएको हो लिखितजवाफ मगाई नियमबमोजिम पेश गर्नु भन्ने मिति ०३४।२।२५ को स.अ.डिभिजन बेञ्चको आदेश । ५. भूमिप्रशासन कार्यालयको उक्त निर्णय सम्बन्धमा निवेदकले आधार लिएको ०२३ सालका बाली मुद्दाको रिट निवेदनको लिखितजवाफ आजै पेश गरी सक्यो, सो लिखितजवाफमा उल्लेख गरिएको बँुदाको आधारमा निवेदकको कुनै पनि मौलिक वा कानूनी हक हनन् नभएको देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन निवेदक खारेज गरी पाउँ भन्ने विपक्षी लक्ष्मीनारायण साह कानूको लिखितजवाफ । ६. जग्गाधनी