निर्णय नं. ६८९४ - अपुताली हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८९४ - अपुताली हक कायम । भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५६/०८/०२ ३०५६ निर्णय नं. ६८९४ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५१ सालको दे.पु.नं. ....२७११ फैसला मितिः २०५६।८।२।५ मुद्दाः अपुताली हक कायम । पुनरावेदक/प्रतिवादीः गोरखा जिल्ला, आरु आरमाङ गा.वि.स. वडा नं. ६ बस्ने बुद्धिमान गुरुङ विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. बस्ने बुद्धिमाया गुरुङ § अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएको छोरीले अपुताली पाउँछ भन्ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.प. २०५३, नि.नं.६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । तसर्थ पुनरावेदन अदालत पोखराले वादी दावी बमोजिम मालपोत कार्यालय गोरखाको निर्णय पर्चा वदर गरी वादीको नाउँमा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहर्याएको निर्णय मिलेकै हुँदा मनासिव ठहर्ने । (प्र.नं.१४) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल अवलम्बित नजिरः ने.का.प. २०५३, नि.नं. ६२६२, पृष्ठ ६९७ फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. बाबु गोरे गुरुङको २ श्रीमती मध्ये जेठी आन्तरी र कान्छी मेरी आमा आशाकन्या हुन् । जेठी आन्तरीपट्टिको छोरा सेते गुरुङ हुन् । निजको २ श्रीमती मध्ये जेठी मेरै तर्फको छोरा विपक्षी बुद्धिमान गुरुङ हुन् । आमा आशाकन्या तर्फ ३ छोरी मधये जेठी म फिरादी, माहिली आइतमाया र कान्छी विष्णुमाया हुन् । कान्छी परलोक भइसकेको माइली र म दुवै मिली आमाको लालनपालन गरिराखेका थियौं । माइलीले मेरो छोरा छोरी केही नभएको हुँदा आमाको सम्पत्ति मलाई चाहिएन, तिमी नै खानु भनी कागज गरी दिएकी थिइन् । त्यस्तैमा २०४४।५।१३ गते आमा आशाकन्याको कालगतिले परलोक भयो । किरिया विपक्षीका बाबु सेते गुरुङले नै गरेको हो । सम्पूर्ण खर्च मैले नै गरें । छोरा नभएको हुँदा आमाको अपुताली प्रचलित कानुन अनुसार छोरीले पाउने कानुनी व्यवस्था भएकोमा तत्काल नामसारी गर्न भ्याइन । पछि आमाको ज.ध.प्र.पुर्जा विपक्षीसँग माग्दा दिउँला भनी झुलाइरहेको थियो । विपक्षीले आमाको नाउँको कि.नं. १२० र ४३४ को जग्गा नामसारी गर्न निवेदन दिएको छ भन्ने कुरा गाउँमा सुनी २०४८।५।१८ मा नामसारी पाउँ भनी निवेदन दिँदा विपक्षीले पनि नामसारीको लागि निवेदन दिइसकेको रहेछ । सो विषयमा कारवाही चलेकोमा कानुनी व्यवस्थालाई वास्तै नगरी २०४४।१२।९ मा विपक्षीको नामसारी निवेदन पर्न आएको २०४५।३।६ मा ७ दिने सूचना प्रकाशित हुँदा म्यादभित्र उजुर नआएको ऐनका म्यादभित्र निवेदन नपरी २०४८।५।१८ मा निवेदन परेको, २०४८।७।९ को सर्जमिन मुचुलका अनुसार आशाकन्या गुरुङलाई सेते गुरुङले लालनपालन गरी किरिया समेत गरेको छोरीले पालनतालन केही नगरेको र २०४७।११।१६ मा सेते गुरुङ समेत परलोक भएको भन्ने मृत्यु दर्ता प्रमाणबाट देखिन आएकोले उक्त प्रमाणको आधारमा मृतक आशाकन्याको नाउँको गोरखा आरु आरवाङ गा.वि.स. वडा नं. ६ को कि.नं. १२० र ४३४ को जग्गा मृत