निर्णय नं. १०८९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/१९ १९३० निर्णय नं. १०८९ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३३ सालको रिट नं.१०९३ आदेश भएको मिति : २०३४।८।१९।१ मा निवेदक : रुपन्देही जिल्ला भैरहवा नगरपञ्चायत वार्ड नं. ५ बस्ने महमद कुरेश विरुद्ध विपक्षी : जिल्ला प्रमुख अधिकारी जिल्ला कार्यालय रुपन्देही समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) अनाधिकार कागज स्वतः अमान्य भई सो काजगबाट कुनै हक हनन् नहुने हुँदा त्यस्तो कागज बदर गरी रहन र प्रतिषेधको आदेश जारी गर्न समेत नपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : अतिरिक्त स.अ.श्री प्रमोद विजयी र विद्वान व.अ.श्री वासुदेवप्रसाद ढुंगाना उल्लेखित मुद्दा :  आदेश न्या. ईश्वरीराज मिश्र : विपक्षी कार्यालयले गराएको ०३३।४।२९ को कागज बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यसप्रकार छ : भैरहवा न.पं. वार्ड नं. ५ अन्तर्गतको सवा एघार धूर जग्गा र सो जग्गामा बनेको घर समेत विपक्षी गोपी साहु तेलीले छोरा अनिफ बख्तरलाई ०२७।१०।२८ मा रु.१६,०००। बाट घरसारमा राजीनामा गरिदिएको थियो सो राजीनामा म्यादमा रजिष्ट्रेशन पास गरी रुपन्देही जिल्ला अदालतमा नालिस गरी लिखत पास हुने भई ०२९।३।२४ मा लिखत पास समेत भई हक हुन आएको विपक्षहरूबाट उक्त राजीनामा बदर गरिपाउँ भन्ने मुद्दा १ र सो राजीनामा जालसाज हो सजाय गरिपाउँ भन्ने १ समेत २ मुद्दा रुपन्देही जि.अ.मा दायर गराएको रहेछन्, ती दुवै मुद्दामा वादी दावा पुग्न नसक्ने भनी ०३२।१०।१९ मा फैसला भएकोछ । घरजग्गाको मूल्य बढ्दै गएकोले अरू थप मूल्य प्राप्तगर्ने विचारले विपक्षले जिल्ला प्रमुखअधिकारी जि.का.भैरहवामा के व्यहोराबाट निवेदन गरेछन् । गोपीसाहुको उजूरीबमोजिम बुझ्नुपर्ने भई तुरुन्त यसकार्यालयमा उपस्थित हुनु भनी ०३३।४।१४को पत्र प्राप्तभएकोले विपक्षीको कार्यालयमा ०३३।४।२९ गते उपस्थित हुनजाँदा गोपीसाहु तेलीको घर १६,०००। मा लिएको ठिकभएन त्यस्तो घरलाई ६० हजार पर्दछ नपुग रुपैयाँ निजलाई फिर्ता वापस गर भनी मलाई अडरगरेकोले ०२७ सालमा घरजग्गा लिँदा जग्गाको मोल १६,०००। ठिकै दाम थियो, गोपीसाहुको मञ्जुरीबाट नफिसले राजीनामा गरीलिएको हो हाल घरजग्गाको मूल्यबढ्दै गएको देखी मलाई दुःख दिने कुरामात्र हो, एकपटक राजीनामा भई लिनुदिनु भइसकेपछि जतिजति भाउ बढ्दैजान्छ त्यति थप्दै जाने हो भने र राजीनामाको अन्त कहिले नहुने भयो भनीभन्दा बाँकी नपुग रुपैयाँ गोपीलाई मैले दिने र गोपीले मबाट लिने कुराको मिलापत्रजस्तो दुवैजनाको एउटै कागजगराई सही गराएकोले प्र.जि.अ.को हैसियतले गर्न नपाउने अधिकारभन्दा बढी काम कारवाही गरी मलाई गराएको ०३३।४।२९को कागज बदर गरिपाउँ भन्नेसमेत उल्लेख छ । ३. विपक्षीहरूबाट लिखितजवाफ लिई पेशगर्नु भन्ने डिभिजन बेञ्चको ०३३।६।५।३ को आदेश । ४. हक बेहक गर्ने कुरालाई लिएर अ.बं.२९ नं.अन्तर्गतको गोपी साहुसँग कानूनबमोजिमको फिराद नालेस लिई उजूर हेरिएको छैन, भैरहवा बजारको घर समेतको जग्गा २०२७ सालमा रु.१६,०००। मा खरीद गर्न नपाइने र जिल्ला भित्र घर जग्गा जमीनबारे अशान्ति हुने आशंका हुन आएमा स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (५) अनुसार निवेदनपत्र लिई अशान्ति नहोस