निर्णय नं. ६८९५ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८९५ - अंश दर्ता भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५६/०५/०३ २४०० निर्णय नं. ६८९५ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५३ सालको दे.पु.नं. ...२८२७ फैसला मितिः २०५६।५।३।५ मुद्दाः अंश दर्ता । पुनरावेदक/वादीः जिल्ला धनुषा, वलहा कठात गा.वि.स. वडा नं.४ घर भै हाल सिरहा बसपिट्टा गा.वि.स. वडा नं. ७ बस्ने कुशेश्‍वर साह समेत । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने नथुनी साह हलुवाई समेत § पुनरावेदक वादीका पति तथा पिता प्रतिवादी नथुनी साहले प्रतिवादी मध्येका मुण्डा साहलाई मिति २०२१।१।१० मा जग्गा बिक्री गर्ने गरी घरसारमा राजिनामाको लिखत गरी दिएको देखिन्छ । सो लिखतलाई पुनरावेदक वादीले जालसाजी हो भनी जिकिर लिएतापनि विशेषज्ञले सद्दे हो भनी दिएको राय समेत देखिन्छ । उक्त लिखत जालसाजी ठहर नभई अन्तिम भईरहेको अवस्था समेतबाट वादीहरुका पति तथा पिता प्रतिवादी नथुनी साहबाट सम्म अंश पाउने भनी फैसला गर्नुपर्नेमा नथुनी साह बाहेकका अन्य सबै प्रतिवादीबाट अंश पाउने गरी गरेको फैसला सो हदसम्म नमिलेको भनी शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर गरी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव नै हुँदा सदर हुने । (प्र.नं.१२) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.कृष्णकुमार वर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 2. मूल पुर्खा वनवाली साहका २ छोरामा जेठा स्व. खटर साह, कान्छा स्व.जनक साह हुन् । खटर साहको १ छोरा स्व. मुण्डा साह, मुण्डा साहको १ छोरा वेचन साह र जनक साहको छोरा नथुनी साह हुन् । यसरी नथुनी साहको पत्नी दुःखनी फिरादी र फिरादी मध्येका २ छोरा विशेश्‍वर र कुसेश्‍वर हुन् । नथुनीको हक खाने हामी फिरादी हौं । यसरी विपक्षी नथुनी तथा अन्य विपक्षीहरुको बहकावमा परी बराबर दुःख तकलिफ दिई कुटपिट झैझगडा गरी दुःख दिन थाल्नु भएकोले बाध्य भई २०४३।११।२३ गतेका दिन मानो छुट्टिई म फिरादी समेत सिरहा बजारमा चामल च्यूराको खरिद बिक्री गरी आएका छौं । हाल आर्थिक स्थिति कमजोरीले गर्दा हाम्रो अंश छुट्टाई दिनु भनी २०४५।१।५ मा भन्दा अंश दिन मञ्जुर नगरेकोले विपक्षीहरुका नाउँमा नालेस गर्न आएको छु । मेरो सवुत प्रमाण बुझी फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरुबाट तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिबाट २ भाग छुट्‍याई सो २ भागको १ भाग लगाई सो १ भागको ४ भागको बण्डा छुट्‍याई त्यस मध्येबाट ३ भाग हामीलाई वण्डा छुट्‍याई हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । 3. वादीहरु वा वादीका लोग्ने हामीसँग बसेको छैन । वादीको ससुरा बाजे तथा प्रतिवादी बनाइएका प्र.नथुनी साहको पिता जनक साहकै पालामा हाम्रो अंशबण्डा भइसकेको हुँदा दावी अनुसार अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र.मुण्डा साह र वेचन साहको प्रतिउत्रर पत्र । 4. फिरादीले देखाएको वंशावलीमा कुनै विवाद छैन । निजहरुले अंश माग गर्दा मैले दिन्न भनी भनेको छैन । सगोलको सम्पत्तिबाट अंश पाउने वादी दावी सत्य हो भन्ने समेत व्यहोराको प्रतिवादी नथुनी साहको प्रतिउत्रर पत्र । 5. मेरो लोग्ने नथुनी साहको नाउँमा जग्गा जमिन केही छैन । नभएको जग्गा कहाँबट कसरी ल्याई