निर्णय नं. १०९० - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/०५ २११६ निर्णय नं. १०९० ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३४ सालको रिट नम्बर १७४३ आदेश भएको मिति : २०३४।८।५।१ मा निवेदक : जि. सिराहा प्र.ध.गा.पं.वा.नं.३ हाल वा.नं.८ बस्ने शिवप्रसाद रौनियार विरुद्ध विपक्षी : भूमिप्रशासन शाखा सिराहाका का.मु.भू.प्र.श्री मुकुन्दप्रसाद शर्मासमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) कुनै प्रमाण वा आधार नलिई सोझै कुनै कुरा अनुमान गरी निर्णय गर्नु कानूनसंगत वा न्यायोचित नहुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान स.अ.श्री भैरवप्रसाद लम्साल र वि.अ.श्री नरेन्द्रकुमार प्रधान उल्लेखित मुद्दा : आदेश न्या. ईश्वरीराज मिश्र : विपक्षी कार्यालयको २०३४।२।३ को गैरकानूनी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१अनुसार प्रस्तुत रिटनिवेदन पर्न आएकोछ । २. मुद्दाको तथ्य यस प्रकार छ : विपक्षी मध्येको रामचन्द्रले विपक्षी मध्येकै आफ्नो एकासगोलकै भाइ शिवप्रसादको नाममा सर्भे गराई मोहीमा सगोलको पिता लछुमन साहुको नाउँ लेखाई सर्भे गराई गराएछन् र सो जग्गा सर्भे हुँदा अघि मैले ०–७–० सात कठ्ठा भनी गराएको जग्गा हाल सर्भेमा गा.पं. सीतापुर वार्ड नं.४ कि.नं.१७३ को ज.वि.०–६–१० कायम भएको र ०–३–० ठहराएको जग्गा ऐ वार्ड नं.३क. कि.नं.१३ को ०–६–६ कायम भएको घर उक्त जग्गा उक्त मैले अद्यापी कमाई आई ज.ध. लाई बाली बुझाई आएको छु उक्त जग्गाको मोही प्रमाणपूर्जा पाउँ भनी भू्.प्र. का सिरहामा निवेदन गरेकोमा निवेदकले माग गरेको जग्गा लछुमन साहुको नाममा मोही कायम भैसकेकाले ३५ दिनभित्र मोही तेरो मेरो मा नालेश गरेको बखत कारवाही गर्ने गरी तामेलीमा राख्ने भनी ०३२।७।२४ मा निर्णय भएको र लछुमन साहु ०२९ सालमै स्वर्गे भएको निजका छोरा विपक्षी नै भएको विपक्षीहरू उपर भूमिसम्बन्धी दोश्रो संशोधन ०२५ को दफा ३१ तथा भूमिसम्बन्धी पाँचौं संशोधन नियमहरू ०२५ को दफा २५ बमोजिम यसै कार्यालयको क्षेत्रभित्रको हुँदा ३५ दिनभित्र नालेश गर्न आएको छु उक्त जग्गाको मोही लछुमन साहु भएको भए उक्त जग्गाको मोही म मानकी साहु भनी भूमिसुधार टोलीले नियम ६ बमोजिम २ नं.अनुसूची प्रकाशित भएको ३५ दिन भित्र भूमिसम्बन्धी नियम २०२१ को दफा ७ बमोजिम विपक्षीहरूले कारण सहित उजूर दिनुपर्ने दिन नसकेबाट उक्त जग्गाको मोही भन्ने नै स्वयं सिद्ध छ, विपक्षीहरूलाई झिकी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ बमोजिम सजाय गरी उक्त जग्गाको मोहियानीको प्रमाणपत्र पाउँ भन्ने वादी मानकी साहु तेलीको फिराद । ३. यसमा जग्गाा धनिया रामचन्द्रको नाउँमा नापी भएको भनी देखाएको छ, तर सो नभई साविकमा पनि उक्त जग्गा पिता लछुमन साहुको दर्ता रही निजैले कमाई आएको पछि ७ नं. को मोहियानीको अस्थायी निस्सा पिताले नै पाउनु भए अनुसार सर्भे नापी हुँदा पनि निजकै नाउँमा लेखिएको निज लछुमन साहु स्वर्गीय भएपछिमात्र शिवप्रसाद साहुको नाममा नामसारी हुन आई मैले नै आफैले जोत–कोद गरी आएको हुँ भन्ने प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र भएकोमा जग्गा नापी हुँदा बाबु वा भाइको रिस्ता पर्ने लछुमन साहु र शिवप्रसाद साहुको नाममा नापी हुँदैमा मोहीको हक बञ्चित नहुने हुँदा उक्त जग्गाको मोहियानी प्रमाण पूर्जा वादी मानकी स