निर्णय नं. १०९१ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९१ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/०२ २१०६ निर्णय नं. १०९१ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३३ सालको रिट नं.१६९४ आदेश भएको मिति : २०३४।८।२।५ मा निवेदक : हुलास मेटल क्राफ्टस् प्रा.लि.विराटनगरका तर्फबाट ऐ.को संचालक हाल का.जि. गणबहाल बस्ने हुलासचन्द्र गोल्छा विरुद्ध विपक्षी : श्री भन्सार कार्यालय विराटनगर समेत विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ (१) श्री ५ को सरकारले– कानूनी व्यवस्था अनुसार अधिकारको प्रयोग गरी पच्चीस हजार भन्दा बढी मूल्य निर्धारण भएको र सो मूल्यको हिसाबबाट भन्सार महसुल लाग्ने गरेकोमा कानूनी त्रुटी भएको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : श्री विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दा :  आदेश न्या.वासुदेव शर्मा : श्री ५ को सरकार अर्थमन्त्रालय भन्सार विभाग तथा भन्सार कार्यालय विराटनगरले गरेको गैरकानूनी आदेश निर्णयलाई राजश्व न्यायाधीकरण विराटनगरले ०३२।३।१०।३ मा बदर नगरी कायमै रहने ठहर गर्नु भएको र पूर्वाञ्चल क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिनुपर्नेमा नगरेको समेत गैरकानूनी हुँदा फिलिप्स कम्पनिको इन भ्वाइसको दोब्बर मोल कायम गर्ने आदेशलाई बदर गरी बढी बिक्रीकर भन्सार महसुल फिर्ता दिने आदेश गरी मेरो कानूनी तथा संवैधानिक हक अधिकारको सुरक्षा गरी पाउँ भन्ने समेत कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३३।२।६।४ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ : २. भन्सार कार्यालयमा निवेदकले प्रज्ञापनपत्र भरी ०३१।३।१८ मा विल सहितको ट्यूबलाईट ए ९८,६२९ को मालको मो.रु.२४,४७९।७२ र जहाज भाडा रु.६,०४४।८७ रेल भाडा रु.४४५।५६ विजुलीको बील रु.१४४।९० को मोल रु.२,८५१।८२ जहाज भाडा रु.१८७।७५ रेल भाडा रु.१९ देखार्ई प्रज्ञापनपत्र भरेको रहेछ, अर्थमन्त्रालय भन्सार विभागको इम्पोर्ट लाइसेन्स अन्तर्गत पैठारी हुने फिलिप्स कम्पनिको मालसामानहरू अर्को आदेश नभएसम्म नछाडिने भन्ने ०३१।३।१७ को प्रतिलिपि र ०३१।३।२६ को निर्णय अनुसार ०३० आषाढ मसान्तसम्ममा मालसामानको लागि फिलिप्स कम्पनिकै बील छ भने बीलमा दोब्बर गरी मोल कायम गरी माल छुटाउन चाहेमा सदर स्याहा गरी माल छाडी दिने ०३१ श्रावण १ गते पछि आषाढ मसान्त अगावै आएका तर छुटाउन नचाहेमा मालसामानहरूको हकमा बील अनुसार क्याटल विभागमा पठाई मूल्याङ्कन भएपछि मात्र छाडिदिने अन्यथा मालसामान रोक्का गरी राख्ने भन्ने भन्सार विभागबाट ०३१।३।२६ मा भन्सार कार्यालय विराटनगरमा लेखिएको पत्र प्रतिलिपि रहेछ, लेखिए अनुसार महसुल बुझाई माल नछुटाई राखिएको फिलिप्सको विलमा दोब्बर गरी माल छुटाउन चाहे सदर स्याहा गरी मात्र छाडिदिनु भन्ने समेत पुनः निकासा आएको हुँदा सूचित गरिएको निवेदकबाट ट्यूबलाईटमा बिजुलीको बलमा बील दोब्बर गरी माल कायम गरी कायम गरेकोमा बिक्री कर र भन्सार महसुल जम्मा रु.४१,२४२।९३ प्रज्ञापनपत्रमा उल्लेख गरी भन्सार कार्यालयको मिति ०३१।६।९ मा निर्णय भएको रहेछ । हुलास मेटल क्राफ्टस प्रा.लि. का हंशराज गोल्छाको भन्सार महसुल निर्णयमा चित्त बुझेन भन्ने पुनरावेदन रहेछ, त्यस सम्बन्धमा राजश्व न्यायाधीकरण विराटनगरबाट कारवाही हुँदै आखिर भ