निर्णय नं. ६८९६ - लिखत वदर दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८९६ - लिखत वदर दर्ता वदर भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५६/०९/१२ २६३० निर्णय नं. ६८९६ ने.का.प. २०५७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल सम्वत २०५२ सालको दे.पु.नं. ... २८४७ फैसला मितिः २०५६।९।१२।२ मुद्दाः लिखत वदर दर्ता वदर । पुनरावेदक/प्रतिवादीः जिल्ला मकवानपुर, सरीखेल पलासे गा.वि.स. वडा नं. ७ बस्ने सिंगराम गोले विरुद्ध विपक्षी/वादीः जिल्ला मकवानपुर, सरीखेल पलासे घर भै हाल हे.न.पा. वडा नं. ६ बस्ने अशोक कुमार लामा समेत § हामी आठ अंशियार भएकोमा हामीहरुको समेत हक लाग्ने पैतृक सम्पत्तिको अचल जग्गा हाम्रो हकको मन्जुरी वेगर र.नं. २१५७ बाट मिति २०४३।११।१२ मा राजिनामा पारित गरेको मकवानपुर जिल्ला ज्यामिरे गा.वि.स. वडा नं. ९ कि.नं. २१९ को ज.वि.०/९/६ मध्ये पूर्व तर्फबाट आधा र ऐ.ऐ. कि.नं. २२२ को ०/११/१७ मध्ये आधा पश्चिम तर्फबाट ०/५/१८.१/२ समेत आठ अंशियार भएकोमा हामी फिरादीहरु ४ जनाको हकमा लिखत वदर दर्ता वदर गरी पाउँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा लिखत वदर हुने ठहर्याएको शुरु मकवानपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफमा चित्त नबुझी प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखिन्छ । उमेर नपुगेका फिरादीको हकमा फिराद खारेज गर्नुपर्नेमा शुरु सदर गरेको पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको १९(१) को व्याख्यामा त्रुटी हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको छ । प्रस्तुत मुद्दाको फिराद मिति २०४४।११।९ मा दर्ता हुँदा वादी मध्येका चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामाको उमेर क्रमशः १७, ७ र ५ वर्षको लेखिएको देखिन्छ । वादीले वदर गरी पाउँ भनी दावी लिएको लिखत मिति २०४३।११।१२ मा रजिष्ट्रेशन पारित भएको देखिन्छ । अंश वण्डाको १९(१) नं. ले २१ वर्ष नाघेकोमा मात्र मन्जुरी लिनुपर्ने व्यवस्था गरेको छ, तर वादी दावीको लिखत पारित हुँदाको अवस्थामा वादी मध्येका चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामा २१ वर्ष नाघेको भन्ने देखिदैँन । ने.का.प. २०४०, अंक ८, पृष्ठ ४२८, नि.नं. १७१६ भिमकला उपाध्याय विरुद्ध खिमलाल आचार्य समेत भएको लिखत वदर मुद्दामा वादी दावीको लिखत पारित हुँदाका अवस्थामा वादीको उमेर २१ वर्ष नाघेको भन्ने नदेखिएकोमा निजको मन्जुरी लिनुपर्ने अवस्था नदेखिने भनी सिद्धान्त प्रतिपादन भएको समेत देखिँदा फिरादी मध्येका मधुमायाको हकमा सम्म आठ भागको १ भाग लिखत वदर गर्नुपर्नेमा उमेर नपुगेका वादीहरुको हकमा समेत लिखत वदर गर्ने गरेको सम्म शुरु सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको देखिएन । तसर्थ अंशवण्डाको १९(१) र उल्लेखित नजिर समेतको आधारमा उमेर नपुगेको वादीहरुको हकमा लिखत वदर हुन नसक्नेमा उमेर नपुगेका वादीहरु चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामा समेत ३ जनाको हकमा समेत लिखत वदर गर्ने गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको नदेखिँदा सो हदसम्म त्रुटीपूर्ण देखिँदा वदर भई केही उल्टी हुने । (प्र.नं.१४) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः ने.का.प. २०४०, अंक ८, पृष्ठ ४२८, नि.नं.१७१६ फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम यस अदालतमा दायर भै मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदन दायरीमा द