निर्णय नं. १०९३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०९/१२ २४९१ निर्णय नं. १०९३ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको रि.फु.नं. ३२ आदेश भएको मिति : २०३४।९।१२।३ मा निवेदक : का.जि. का.न.पं. वार्ड नं. २७ नक्साल बस्ने स.ई. प्रेमराज पौडेल विरुद्ध विपक्षी : श्री गृह सचिव, गृह मन्त्रालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) विदा अस्वीकृत भई गयल खाली गरेको आदेश नेपाल पुलिस फोर्स नियमावली, २०१५ को परिच्छेद ९ को नियम ५ को उपनियम २ मा लेखिएबमोजिमको सजाय दिएको आदेश भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदी विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा :  आदेश न्या. हेरम्बराज : प्रस्तुत रिट डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मैतक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) अनुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : तपाई मेची अञ्चल एस.पी. कार्यालयको दरबन्दीमा हुँदा विरामीको बहाना गरी आफ्नो कर्तव्यतिर उदासीनता हुनु भएको र सम्बन्धित अञ्चल एस.पी. कार्यालयबाट सूचना गर्दा पनि हाजिर नभएको हुनाले गयल खाली गरिएको थियो सो गयल खाली संशोधन होस भनी तपाईले दिनु भएको पुनरावेदनमा कारवाही हुँदा श्री ५ को सरकार गृह मन्त्रालयबाट मिति ०३२।३।३ मा गयल खाली गर्ने निर्णयको समर्थन गरी दिने निर्णय भएको हुँदा निर्णयानुसार सूचना गरिएको छ भन्ने व्यहोराको प्रहरी प्रधान कार्यालय नोद शाखा सव–उपशाखाको मिति ०३२।८।२६ को पत्र निवेदकलाई दिएको रहेछ । ३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक स.ई. प्रेमराज पौडेलले दिएको रिट निवेदनमा मलाई घरमा नगई नहुने ठूलो आपत परी आफ्नो पाकेको घर विदाको निमित्त लेख्दा पनि एस.पी. कार्यालयले प्र.ना. महानिरीक्षक कार्यालयमा पत्र नपठाई दिएको हुँदा पूर्व क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयमा पत्र लेखेकोमा उक्त कार्यालयले २९ सालको घर विदा दिन ३० स्वीकृत गरिदिनुभएको भनी लेखेको मैले ०३१।५।३० मा पाई छुट्टि लिएको घर विदा समाप्त भई ३१।६।३० मा हाजिर हुनु पर्नेमा सो मितिसम्म मेरो रोग निको नभएकोले जनकपुर अस्पतालको मेडिकल अधिकृतलाई जँचाई प्रमाणपत्र सहित एक महिनाको घर विदाको लागि अनुरोध गरी पठाएको म विरामी विदा वसेको भएता पनि तालिम लिन जान आउनु भनी ई.का. जनकपुरले मलाई खवर गरेको हुँदा ०३१।७।१५ मा पूर्व क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयमा हाजिर भई उक्त तालिम ०२१ सालमा नै लिइसकेको अनुरोध गरेको उक्त तालिम लिन नपरेकोले मलाई मेची अं.एस.पी. कार्यालयमा हाजिर हुन पठाएको छ काम गराउनु भनी पत्रसाथ पठाएको ०३१।७।१८ मा उक्त कार्यालयमा हाजिर हुन जाँदा ३१।६।२९ देखि ०३१।७।१५ सम्ममा गयल खाली गरी सकेको छ भनी हाजिर हुन दिइएन, गृह मन्त्रालयमा बारम्बार निवेदन गर्दा प्रतिलिपि दिनु भन्ने भएका आदेशानुसार ०३२।८।२६ मा मलाई जनाउ दिएको हुँदा वास्तविक कुरा बोध हुन आयो, चिकित्सकको प्रमाणपत्र पठाउँदा पठाउँदै कुनै वास्ता नगरी प्रहरी फोर्स नियमावली, २०१५ को परिच्छेद ७ बमोजिम नियम ६ को उल्लंघन गरी १६ दिन गैर खाली गरिएको मैले गरेको दोषमा कुनै सजाय गरी सेवाबाट अन्त गर्ने भए मलाई का