निर्णय नं. ४७०९ - उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७०९ - उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/२८ २९३१ निर्णय नं. ४७०९ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्व्त २०४७ सालको रिट नं. ९५२ आदेश मिति : २०५०।३।२८।२ निवेदक : जिल्ला पाँचथर फिदिम गाउँ विकास समिति वडा नं. १ बस्ने वर्ष १७ को प्रकाश तिमिल्सिना । विरुद्ध विपक्षी : श्री ५ को सरकार वन तथा भू संरक्षण मन्त्रालय, ववरमहल, काठमाडौं । : श्री ५ को सरकार वन तथा भू संरक्षण मन्त्रालय, वन विभाग बबरहल, काठमाडौं । : घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौं । : घरेलु तथा ग्रामीण उद्योग विकास शाखा पाँचथर फिदिम । विषय : उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । (१) प्राईभेट फर्म दर्ता ऐन, २०१९ को दफा ४ मा उद्योग दर्ता गर्न मनासिव देखिएमा दर्ता गर्न सकिने प्रावधानले स्वीकृति दिने अधिकारीले उद्योग खोल्न इजाजत दिंदा त्यसको औचित्यतर्फ विचार गरेर मात्र स्वीकृति दिने व्यवस्था भएबाट त्यस्तो अस्वीकृति गर्न सक्ने अधिकार भएकै देखियो । कारण मनासिव छ छैन भनी हेर्न निर्णय गर्न पाउने अधिकार घरेलु तथा ग्रामीण उद्योग विभागलाई नै हुन्छ । त्यसमा रिट क्षेत्रबाट हस्तक्षेप गरी उद्योग खोल्न इजाजत दिने नदिने भनी निर्देशित गर्न मनासिव नहुने हुँदा रिट निवेदनपत्र खारेज हुने । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान कानून व्यवसायी श्री सुरेन्द्र अर्याल । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी । आदेश न्यायाधीश गजेन्द्रकेशरी बास्तोला १. पाँचथर जिल्लामा खयर गाँछीहरु प्रशस्तै पाइने हुनाले आफ्नै श्रम र शिपमा सामान्य हाते औजार प्रयोग गरी कन्चनजंघा कच्चा उद्योगको नामबाट घरेलु उद्योग स्थापनाका निमित्त जिल्ला पाँचथर गा.वि.स.फिदिम वडा नं. १ बस्ने प्रकाश तिमिल्सिनाले उक्त उद्योगको स्कीम उद्देश्य र वन कार्यालय, पाँचथरको पत्र समेत राखी दर्ताको लागि ग्रामीण तथा घरेलु उद्योग विकास शाखा पाँचथरमा मिति २०४७।२।२९ गतेमा दिएको निवेदनमा यस जिल्लाका लागि उक्त उद्योग पहिलो भएकाले सो दर्ता गर्न र प्रमाण पत्र दिने काम हालसम्म यहाँबाट नभएको हुँदा आवश्यक कागजात सहित घरेलु तथा ग्रामीण उद्योग विभाग काठमाडौंमा मिति २०४७।३।११ गते च.नं. २६३ को पत्रसाथ पठाइएको उक्त विभागले त्यस मन्त्रालयको मिति २०४२।१२।१ को पत्रानुसार राय उपलब्ध गराई दिनका लागि मिति २०४७।३।२१ गतेमा वन तथा भू–संरक्षण मन्त्रालय,बबरमहल काठमाडौंलाई लेखी आएकोमा कारवाही हुँदा हुण्डी प्रथाबाट खयर कत्था उद्योग संचालन गर्न श्री ५ को सरकारको मिति २०४७।७।४ गतेको निर्णय अनुसार उद्योग दर्ता गर्न नमिल्ने व्यहोरा समेतको पत्र मिति २०४७।८।९ गतेमा वन विभागले निर्णय गरी पत्र दिएकोले म निवेदकको संविधानद्वारा प्रदत्त हक अधिकारमा आघात पर्न गएको हुनाले नेपाल अघिराज्यको संविधान, २०४७ को भाग (३) धारा ११ का उपधारा १,२ धारा १२(२) (ङ) धारा १७ को प्रतिकूल भएको हुँदा उपरोक्त विपक्षीहरुले गरेको निर्णयलाई बदर गरी उपरोक्त कच्चा उद्योग दर्ता गराई पाउन उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी संविधानद्वारा मौलिक हकको प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा प्रकाश तिमिल्सिनाले दिएको मिति २०४७।८।२३।१ को रि