निर्णय नं. १०९५ - लिलाम बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९५ - लिलाम बदर भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/०३ २४५० निर्णय नं. १०९५ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको दे.फु.नं. ८८ आदेश भएको मिति : २०३४।८।३ मा निवेदक : अं. बाग्मती जि.पं.१ नं.नुवाकोट तामेनौविसेबस्ने चुडाबहादुर पाण्डे क्षेत्री विरुद्ध विपक्षी : काठमाडौं लैनचौर बस्ने रामेश्वर उपाध्याय मुद्दा : लिलाम बदर (१) लिलाम भएको जग्गा वादीको राजीनामाको देखिन नआएकोले लिलाम गरे बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : फैसला न्या.वासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भन्ने निवेदक प्रतिवादी चुडाबहादुरको निवदेनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : चेतबहादुर मकहाँ आई ०२१।७।६ गते रु.११,००० लिई जग्गा खरीद गरी सोही दिन पास भई भोग गरी परी आएको हुँ नाती मानन्धरको रु.६०३।७५ मा का.श्रे.अ.त.मा दर्खास्त परी ०२३।१।२३ गते लिलामको तारिख मुकरर गरेका हुँदा नातीको दर्खास्त पर्नु भन्दा पहिले मेरो फार्छे भएको हुँदा लिलाम हुन नसक्ने दर्साई हुलाकमार्फत निवेदन दिई ०२३।१।२३ गते अदालतमा दाखिल भइसकेको छ, रामेश्वरको राजीनामाबाट लिलाम रोकिँदैन भनी रजिष्ट्रेशनको ३३ नं. काटी बेरीतको लिलाम भएको भरी पाउने विगोले खाएसम्ममात्र लिलाम गर्नुपर्ने पुरै लिलाम गर्नु पनि वेरीत लेनदेनव्यवहारको २६ नं. रजिष्ट्रेशनको ३४ नं.ऐन काटी कर्मचारीहरू समेत मिली लिलाम गराउने सबैलाई सजायगरी लिलामबदर गरिपाउँ भन्नेसमेत वादी रामेश्वरको फिरादपत्र । ३. चेतबहादुरबाट जगतबहादुरले भोगबन्धकी लिएको निज चेतबहादुरले कमाएको बाली बुझाएकोले विगो कोर्टफी समेत रु.६३४।४६ जगतबहादुर मरी सकार गर्ने नाति मानन्धरले भरी पाउने गरी रा.का.दे.बाट भएको फैसला बमोजिम उक्त बन्धकी जग्गाबाट भरी पाउँ भनी नाती मानन्धरको दर्खास्त परेकोमा ०२३।१।२३ को दोश्रो पटकको लिलामको मुकररको सूचना प्रकाशित गरी सो दिन डाँक शुरु भई लिलाम वडाबडको अवस्था पौने पाँच बजे रामेश्वरको लिलाम रोकियोस भन्ने बोली परेको उजूरी दर्खास्तमा उल्लेख जग्गा र लिलामको जग्गामा तिरो किल्ला नमिलेबाट लिलाम रोक्का मनासिव नपरेकोले लिलाम हुन गएको हो फिराद खारेज गरी पाउँ भन्ने समेत का.मु.अ.कुलचन्द्र १, ना.सु. राजेन्द्रमान सिं १, मु. खिलराज १ र सिं हस्तबहादुर १ समेतको प्रतिवादीसरहको प्रतिवेदन । ४. नाति मानन्धरले चेतबहादुरबाट विगो असुल गरी पाउँ भनी जुन जग्गा देखाई दर्खास्त गरेको छ सो दर्खास्त गर्नु भन्दा अगाडि र वादीलाई लिखत गरिदिनु भन्दा अगाडि ०२०।१२।२३ मा मलाई भोगबन्धकी लेखी दिएको पास गरी दिन नभ्याएबाट पुनः ०२१।७।५।४ मा निज चेतबहादुरले ४,५००। मा भोगबन्धकी लेखी दिई मलाई पूर्व समय देखि भोगमा छाडी रहेको जग्गा चेतबहादुरले वादीलाई गरिदिएको भन्ने राजीनामा कानूनले मान्यता पाउन सक्दैन, मलाई भोगबन्धकी लेखी दिएको पास गरी पाउँ भनी नालेस समेत दिएको छु मेरो भोगबन्धकी गराई सक