निर्णय नं. १०९६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६ - अंश भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०९/२२ २०९२ निर्णय नं. १०९६ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको दे.पु.नं. ९९ आदेश भएको मिति : २०३४।९।२२।६ मा पुनरावेदक : जि.मि. बहादुरगञ्ज ५ नं. गा.पं. वार्ड नं. ३ बस्ने जनकलाल गिरीसमेत विरुद्ध विपक्षी : ऐ ऐ बस्ने पवित्रा गिरी सन्यासीसमेत मुद्दा : अंश (१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १५ उपदफा ३ अनुसार अनुमति प्रदान गरेकोबाट नै सीमित रही हेर्नु पर्ने । (प्रकरण नं. ९) विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना उल्लेखित मुद्दा : फैसला न्या. हेरम्बराज : उपरोक्त मुद्दा म.क्षे.अ.बाट २०३९।९।५ मा कानूनी त्रुटिपूर्ण फैसलागरेको हुँदा पुनरावेदन को अनुमतिपाउँ भन्ने निवेदनमा पुरनावेदनको अनुमति दिने गरी डिभिजन बेञ्चबाट २०३४।४।२।१ मा आदेश भई पुनरावेदनमा दर्ता भई प्रस्तुत मुद्दा पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकारछ–बज्रलालको ३ श्रीमती जेठीबाटजनकलाल,जिपालाल २भाइले पिता माता परलोकभई भाइलिई श्रीमतीतर्फ कृष्णलालको पिता गोपीलाल,भई वहाँ परलोकभएको बाजेबज्रलालका ५ भाइ छोरामध्ये जेठी कान्छीतर्फ ४भाइ जीवितहुनुहुन्छ विपक्षी पवित्रा गिरी बज्रलालकी कान्छीपत्नी भएको वहाँतर्फबाट विपक्षी हेमलाल र तुलाराम हुन । विपक्षी पवित्रा गिरी सौतेनीआमा र हेमलाल,तुलाराम भाइ हुन । कृष्ण गिरीको पवित्रा गिरी बजै तथा विपक्षीहरू काका हुनुहुन्छ । गोपीलालको मानसिक असन्तुलनकोकारण व्यवहार मा बसी विपक्षीले लाएअहएको कामकाज गर्दैआएको बज्रलालकी ३ श्रीमतीमा जेठी,माहिली परलोकभई कान्छी विपक्षी पवित्राको हातमा तालासाँचो खटनपटनईत्यादी गरीआएकोमा आफ्नुतर्फको सन्तानलाईमात्र खानलाउन दिई हामीहरूलाई वास्ता नगरेकोहुँदा अंशछुट्याई दिनुहोस्भन्दा नदिई २०३१।४।२०गते घरबाटनिकाला गरि दिएकोले विपक्षीबाट चलअचल सम्पत्तिको तायदाती लिई ६ भागमा ३ भाग अंश दिलाईपाउँ भन्नेसमेत फिराद । ३. हामीहरूको बीच १९९४।७।४।३ मा अंशबण्डा भई वादी भिमलाल, जनकलालको अंश निजहरूकी आमा सुन्दरकुमारीले र वादी कृष्ण गिरीको पिता गोपीलालको भाग पनि पिता बज्रलालले र हाम्रो भाग म पवित्रा गिरीले बुझी घरसारमा लिखतगरी बण्डापत्र भएको छ । यसरी अंशबण्डा भई आ–आफ्ना अंशको जग्गा दर्ता नामसारी खरीद बिक्री समेत गरी आएको र वादीहरूले ७ नं. फाराम छुट्टाछुट्टै भरेको छ र स्वयं कृष्ण गिरीको आमा मधुमायाले अंशमा दावी नगर्नु भएकोबाट पनि अंश पाइसकको भन्ने देखिने रजिष्ट्रेशन गरिरहन नपर्ने अकाट्य प्रमाणलाई वास्ता नगरी अनाहकमा दिएको फिराद खारेज गरी पाउँ भन्ने समेत संयुक्त प्रत्यूत्तर । ४. वादी मध्ये कृष्ण गिरीले म.स.गो.मा दिएको निवेदनबाट वादी जनकलाल, भीम लाल अघि २९।३० वर्ष भयो आफूले पाउने अंश भाग लिई छुट्टिएको वादी कृष्ण गिरीले विष्णुप्रसादलाई कृष्ण गिरीकी आमा मधुमायाले विष्णु पुरीलाई जग्गा बिक्री गर्दा खास मेरै हक भोगको भनी लिखत गरेको मधुमायाले समेत अंशमा दावी लिनु पर्नेमा नलिएको १९९४।७।४ मा अंशबण्डा भई आफ्ना नाउँमा ७ नं. फाराम भरी आफ्ना अंश भागको जग्गा बिक्री गरेको समेत हुँदा अंश पाउँ भन्ने वादीहरूको दावी झुटो ठर्हछ भन्ने समेत महोत्तरी जिल्ला अदालतको फैसला उपरोक्त फैसला उपर चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन परेकोमा इन्साफ महोत्तरी जिल्ला अदालतको मनासिव ठर्हछ भन्ने समेत मध्येमाञ्चल क्ष