निर्णय नं. ८९२९ - मिलामपत्र बदर, अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९२९ - मिलामपत्र बदर, अंश नामसारी भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०९/०३ ५६५२ ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती ०६५–CI–०१६८ फैसला मितिः २०६९।९।३।३ मुद्दा :– मिलापत्र बदर, अंश नामसारी । पुनरावेदक वादीः रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका, वडा नं. ५ बस्ने निराकार बजिमय समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका, वडा नं. ५ बस्ने मथुराप्रसाद बजिमयको मु.स. गरी आफ्ना हकमा समेत ऐ.ऐ. बस्ने सरोजनी बजिमय समेत शुरु फैसला गर्ने :– मा.न्या.श्री राजेशकुमार काफ्ले पुनरावेदन फैसला गर्नेः– मा.मु.न्या.श्री मोहनप्रकाश सिटौला मा.न्या.श्री केशवप्रसाद मैनाली § मुलुकी ऐन, अ.बं. ८६ नं. मा वर्णित अन्तरवस्तु प्रकट रूपमा नदेखिएसम्म अदालतबाट भएको फैसला अन्तिम भै बस्दछ र वस्नु पनि पर्दछ । कानूनबमोजिम भएको मिलापत्र अन्यथा भई बदर नभएसम्म त्यसले मुद्दाको निश्चित अन्त्यको प्रवन्ध गर्छ । अदालतबाट भएको मिलापत्र मिलापत्रकर्ताको वंशज वा नातेदारको माग बमोजिम बदर गर्दै जाने हो भने फैसला अन्तिमता (Finality of decision) को सिद्धान्तविपरीत हुन गई समग्र न्याय व्यवस्थाको स्थायित्वमा बाधा पुग्न जाने । (प्रकरण नं.४) § मिलापत्र भनेकै मुद्दाका पक्षहरूको ईच्छा र सहमतिको परिणामको दस्तावेज भएकाले सबै आन्तरिक ईच्छा र चाहना मिलापत्रमा प्रकट हुन सक्दैनन् । मिलापत्रमा उल्लिखित शर्तहरू मुद्दाका पक्षहरूको मञ्जूरी र सहमतिअनुरूप नै निर्धारण हुने गर्दछन् । ती शर्तहरूमा मुद्दाका पक्षहरू बाहेक अरु व्यक्तिको मञ्जूरीको जरुरत पनि पर्दैन । सम्बन्धित पक्षको मञ्जूरीले पाउनु पर्ने सम्पत्तिभन्दा घटिबढी हुने गरी मिलापत्र गर्ने भनी मिलापत्रको शर्तमा उल्लिखित गर्न सकिने हुनाले सम्पत्ति घटिबढी भएको भन्ने कारणबाट मात्रै मिलापत्र बदरको आधार हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता विष्णुप्रसाद बाँस्कोटा प्रत्यर्थी तर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ एवं विद्वान अधिवक्ता नरेन्द्रप्रसाद गौतम अवलम्बित नजीरः § नेकाप २०६९, अङ्क ३, नि.नं.८७१६, पृ. ५०४ सम्बद्ध कानूनः § मुलुकी ऐन, अ.बं. ८६ नं. आदेश न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, बुटवलबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मूल पुरुष कृष्णलाल बजिमय, निजको छोरा मथुरा, मथुराको श्रीमती सरोजनी हुनुहुन्छ । कृष्णलालको परलोक भैसकेको छ । मथुरा र सरोजनीबाट चार छोराहरू संयोग, सञ्जय, स्वयम र संयम बजिमयको जन्म भएको, सञ्जय बजिमयको श्रीमती वादी निर्मला र छोराहरू क्रमशः निराकार र संस्कार हौँ, मथुराका सबै छोराहरूको विवाह भैसकेको छ । अंशियारहरू बीच रीतपूर्वक अंशबण्डा भएको छैन । विपक्षीहरूलाई अंश दिनु पर्यो भन्दा २०६०/३/१० गते रूपन्देही जिल्ला अदालतबाट अंश मुद्दामा मिलापत्र गरी हामीबीच अंशबण्डा भैसकेको छ भनी जवाफ दिएकोले अदालतमा गई बुझ्दा विपक्षीहरूले दे.दा.नं. १४३५ को अंश मुद्दा दायर गराई मिलापत्र गरी अंश लिने दिने गरी हाम्रो हकहितविपरीतको कार्य गरेको हुँदा अन्यायमा परी फिराद गर्न आएका छौं । तसर्थ, विपक्षीहरू बीच भएको २०६०/३/१० को मिलापत्र बदर गरी सम्पूर्ण चल, अचल श्रीसम्पत्तिको