निर्णय नं. ६९०० - विदेशी मुद्राको अनियमित कारोवार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९०० - विदेशी मुद्राको अनियमित कारोवार भाग: ४२ साल: २०५७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/०२/२७ ४९४३ निर्णय नं. ६९०० ने.का.प. २०५७ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत २०५३ सालको फौ.पु.नं. ............३२ फैसला मितिः २०५७।२।२७।६ मुद्दाः विदेशी मुद्राको अनियमित कारोवार । पुनरावेदक/प्रतिवादीः रजिष्टर्ड अफिस चितवन भई हाल काठमाडौं महानगरपालिका वडा नं.१ दरवारमार्ग स्थित टाइगर टप्स प्रा.लि.का अध्यक्ष एवं संचालक ए.भि. जिम एडवार्डस विरुद्ध प्रत्यर्थी/वादीः श्री ५ को सरकार, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान महाशाखा प्रस्तुत मुद्दामा २०५३ सालको दे.पु.इ.नं.११८ पुनरावेदक वादी इन्द्रविक्रम साह विरुद्ध प्रत्यर्थी प्रतिवादी शारदा शाहसमेत भएको अंश चलन मुद्दामा मिति २०५५।९।९ मा प्रतिपादित भएको सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने हो होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो । सो सम्बन्धमा उक्त इन्द्रविक्रम शाह र प्रस्तुत मुद्दाको सन्दर्भलाई एक साथ दाँजेर हेर्नुपर्ने हुन्छ । जस अनुसार इन्द्रविक्रम शाहको मुद्दामा यस अदालतबाट भएका विभिन्न निर्णयसँग रुलिङ बाँझिन गई संयुक्त इजलासबाट फैसला भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्ने आदेश पाउँ भन्ने समेत व्यहोरा उल्लेख भई निवेदन परेकोमा सम्माननीय प्रधान न्यायाधीशबाट निवेदकले निवेदनमा उल्लेख गरेका यस अदालतबाट अघि भईरहेका कानूनको व्याख्यासँग प्रस्तुत मुद्दामा मिति २०५१।५।२१ मा भएको निर्णय बाझिएको अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दालाई पूर्ण इजलास समक्ष पेश गर्न पूर्ण इजलासको लगतमा दर्ता गरी नियमनुसार पेश गर्नु भन्ने आदेशानुसार पूर्ण इजलासमा पेश हुँदा प्रधान न्यायाधीशले आदेश गर्दा यो यस्तो मुद्दामा यस्तो सिद्धान्त कायम भएकोमा सो विपरीत भएको भन्ने कारण समेत खुलाई उल्लेख गर्नुपर्ने हो होइन भन्ने विषयमा समेत विचार विमर्श गरी ठोस निष्कर्षमा पुग्न बृहत पूर्ण इजलासमा पठाएको देखिन्छ । सो विषयमा सन्बन्धमा अर्थात सर्वोच्च अदालतले पूर्ण इजलासमा आदेश गर्दा कारण र आधार प्रष्ट रुपमा उल्लेख गर्नुपर्ने हो होइन ? भन्ने विषयका सम्बन्धमा वृहत पूर्ण इजलासबाट "संयुक्त इजलासबाट पूर्ण इजलासमा पठाउदा जसरी आधार र कारण खोल्नु पर्दछ त्यसरी नै प्रधान न्यायाधीशले पनि सोही प्रकृतिको विषयमा पूर्ण इजलासमा पठाउने आदेश गर्दा आधार र कारण खोलेको हुनुपर्छ । पूर्ण इजलासमा पेश गर्नुभनी गरिएको आदेशमा त्यसरी कारण र आधार स्पष्ट नखुलेको अवस्थामा कानूनसंगत नहुने र त्यस्ता आदेशबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय हुने अवस्था पनि हुदैन" भन्दै त्यस्तो कानूनी शर्तको पालना नभएको अप्रष्ट आदेशलाई पेश हुन आएको प्रस्तुत मुद्दामा दुई संयुक्त इजलासहरुबाट कानूनको व्याख्या वा कानूनी सिद्धान्तको सम्बन्धमा भिन्न भिन्न प्रतिकूल राय तथा निर्णय भएको भनी पूर्ण इजलासबाट निर्णय हुने अवस्था देखिन आएन भनी मिति २०५५।९।९ मा फैसला भएको देखियो । उक्त मुद्दाकोनिर्णयमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम प्रधान न्यायाधीशले पूर्ण इजलासमा पेश गर्ने आदेश गर्दा आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्ने र त्यस्तो कानूनी शर्तको पालना नभएबाट मुद्दामा पूर्ण