निर्णय नं. ६९०२ - परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९०२ - परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ । भाग: ४२ साल: २०५७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/०२/०३ ३६५३ निर्णय नं. ६९०२ ने.का.प. २०५७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५६ सालको रिट नं. ... ३५९८ आदेश मितिः २०५७।२।३।३ विषयः परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः का.जि.का.म.न.पा. वडा नं. १ कमलपोखरी बस्ने शंकरलाल अग्रवाल विरुद्ध विपक्षीः मकवानपुर जिल्ला, वासामडी गा.वि.स. वडा नं. ५ स्थित रजिष्टर कार्यालय भई का.जि.का.म.न.पा. वडा नं. १० नयाबानेश्वर (पो.ब.नं.७७६५) स्थित कर्पोरेट अफिस भएको नेपाल लिभर लिमिटेड समेत § कम्पनी कानूनको सन्दर्भमा रिट निवेदकले माग गरेको उपचार र त्यस्को प्रकृति सम्बन्धमा विचार गर्दा प्रत्यर्थी नेपाल लिभर लिमिटेड, ऐ.को संचालक समिति, अध्यक्ष संचालक समिति, निर्वाचन अधिकृतहरुद्बारा कम्पनी ऐन, २०५३ को कम्पनी प्रबन्धपत्र र नियमावली एवं कम्पनीको संचालकको निर्वाचन सम्बन्धी निर्देशिका इत्यादि कानून र निर्देशन बमोजिमको काम कारबाही नभएको भन्ने विषयमा नै रिट निवेदकले उपचारको माग गरेको देखिन आउँछ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) को उपचारको प्रकृति नै असाधारण रहेको र प्रभावकारी वैकल्पिक उपचार उपलब्ध रहेको स्थितिमा सो उपचारको उपभोग नगरिकन नै असाधारण उपचारको निम्ति आउने पक्षलाई यस अदालतबाट मद्दत गर्ने गरेको देखिदैँन । कम्पनी ऐन, २०५३ बमोजिम स्थापना भएको कम्पनी सम्बन्धी मुलुकको कानून व्यवहार रितिथिति अनुसार कम्पनीहरुको काम कारवाहीलाई व्यवस्थित गर्न र निश्चितता प्रदान गर्न गराउनको लागि कम्पनी ऐनद्बारा नै प्रारम्भिक तहमा उपयुक्त अधिकारी र निकायको व्यवस्था गरेको देखिन आउँछ । निवेदकलाई प्रत्यर्थी कम्पनीका संचालक वा पदाधिकारीद्बारा कानून वर्खिलाप काम गरी मर्का पारेको भन्ने देखिएमा र साधारण सभामा निर्धारित कार्य सूचि बमोजिम कार्य नगरी अनियमित काम गर्यो भन्ने सम्बन्धमा निवेदकले कम्पनी ऐन अन्तर्गतकै निकाय वा अधिकारीका समक्ष उपचारका लागि सर्वप्रथम जानुपर्ने देखिन्छ । निवेदक त्यसतर्फ गएको र प्रारम्भिक तहको वैकल्पिक उपचारको समापन गरिसकेको भन्ने निवेदनबाट देखिन आउदैन । कम्पनी ऐनको दफा १३६ बमोजिम निवेदकले माग गरेकै विषयमा कुनै काम कारबाही गरेको वा गर्न लागेको छैन वा कम्पनी ऐन वा नियमावली बर्खिलाप कुनै काम कारबाही गरेको वा गर्न लागेको भन्ने सूचना पाएको स्थितिमा कम्पनी रजिष्ट्रारको कार्यालयले सो कुराको जाँचबुझ गरी गर्न लगाई गर्नुपर्ने कुनै काम पूरा गर्न गराउन वा नगर्नु पर्ने कुनै काम कुराबाट रोक्न सम्बन्धित संचालक, कर्मचारी वा पदाधिकारीलाई आवश्यक निर्देश दिन सक्ने र त्यस्तो निर्देशन निजहरुले पालन गर्नुपर्ने वैकल्पिक उपचारको व्यवस्था हुँदा हुदै रिट क्षेत्रमा नै सिधा प्रवेश गरेको कारणबाट निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने हुँदा रिट निवेदन खारेज हुने । (प्र.नं.११) निवेदक तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुंगाना, विद्बान अधिवक्ताद्बय श्री शम्भु थापा र श्री अनिलकुमार सिन्हा प्रत्यर्थी तर्फबाटः विद्बान वरिष्ट अधिवक्ताद्बय श्री कुसुम श्रेष्ठ र श्री गणेशराज शर्मा, विद्बान अधिवक्तात्रय श्री अनुपराज शर्मा, श्री भरतराज उप्रेती र श्री त्रिलोचन गौतम अवलम्बित नजिरः आदेश न्या. केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्