निर्णय नं. ११०२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/०९ २६६१ निर्णय नं. ११०२ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३३ सालको रिट नम्बर १३२९ आदेश भएको मिति : २०३४।८।९।५ मा निवेदक : जि.मोरङ मधुमल्ला गा.पं. वार्ड नं. ४ बस्ने मदनकुमार श्रेष्ठसमेत विरुद्ध विपक्षी : प्रधान वन कार्यालय विराटनगरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) वन संरक्षण विशेष व्यवस्था ऐन, २०३४ ले साविक दर्ताको जग्गाबाट निवेदकलाई हटाउन सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. ८) विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दा : आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयको लागि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : प्रधान वन कार्यालय विराटनगरको आदेशानुसार दुम्से जङ्गल, १ कै जले जङ्गल १ चन्दने जङ्गल १ जङ्गलहरूमा अवैध तरिकाबाट वन जङ्गल फँडानी गरी घर बनाई बसेका सबै व्यक्तिहरूलाई यो सूचना त्यस एरियामा टाँसिएको मितिले ७ दिन भित्रमा आफूले बसेका वन जङ्गलबाट आफ्नो घरमा भएको सामान झिकी वन जङ्गल एरिया छाडी दिन सूचित गरिन्छ । सूचना लेखिएका मिति भित्र वन जङ्गल एरिया नछोडी अटेर गरी बसिरहेमा वन विभागले जुन बखत पनि आफ्नो अख्तियार प्रयोग गरी निकाल्न सक्ने भएकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भन्ने ०३२।९।१८ मा वक्राहा वन कार्यालयबाट र दुम्से हंसेर वेलडाँगी एरियाको वन क्षेत्रभित्र पर्ने घरजग्गाधनीहरूलाई ३ दिन भित्र प्रमाणपत्र बुझी घर सार्ने भन्ने सूचना प्रकाशित गरिएकोमा आजसम्म प्रमाणपत्र नबुझ्ने तथा घर नसार्ने तथा घरमा ताल्चा मारी बन्द गरी राख्नेहरूलाई पञ्चायत साक्षी राखी हटाई दिने भन्ने निर्देशानुसार पञ्चायतसँग सम्पर्क राख्दा पुनः अन्तिम ३ दिने समय दिने, सूचना दिने भन्ने पञ्चायत समेतको पत्र प्राप्त भएकोले सो अनुसार पुनः अन्तिम ३ दिने सूचना प्रकाशित गरिन्छ, अटेर गरी घर नसारेमा कानूनबमोजिम गरिने व्यहोरा सूचित गरिन्छ भन्ने वक्राहा वन कार्यालय टुर मुकाम दुम्सेबाट ०३३।१।३० मा समेत सूचना प्रकाशित गरेको रहेछ । ३. निवेदक मदनकुमार श्रेष्ठ समेतले दिएका रिट निवेदनमा मधुमल्ला गा.पं. वार्ड नं.४ (६) को कि.नं.६ को हाल ठहर ०।१४।३ कि.नं.७ को २–१८–१६ समेत ३–१२–१९ मा निवेदकका मदनको नाममा र कि.नं.१० को ०–०–१२ कि.नं.८ को २–१८–१३ समेत म निवेदन सुरेन्द्रकुमार श्रेष्ठको नाममा दर्ता भई अद्यापी मालपोत पञ्चायत विकास तथा जग्गा कर बुझाई हक भोग गरी आएको थियौं, उक्त जग्गामा घरबास खडा गरी आएको छु । ०३२।९।१८ र ०३३।१।३० मा विपक्षी प्रधान कार्यालयको आदेशानुसार भनी दुम्से जङ्गल समेतको वन जङ्गलमा अवैध तरिकाबाट वन जङ्गल फँडानी गरी बसेका व्यक्तिहरूले जङ्गल भित्रबाट आफ्नो घर भित्र भएको सामानहरू झिकी वन जङ्गल छाडी दिन सूचनाहरू टाँस गरेको रहेछ, निवेदकको घरबारी वन एरिया भित्र नपरेको र दर्ता र मालपोत तिरान भएका जग्गा भएकोले उक्त सूचनाको उत्तरदायी निवेदकहरू नहुने तर विपक्षी वक्राहा वन कार्यालयले निवेदकको समेत घर भत्काई जग्गा अनाधिकार आफ्नो कब्जामा लिएको छ, वन ऐन, २०१८ अनुसार वन सिमाना भित्र पार्न प्रथमतः दफा ३ अनुसार अधिकारी तोकिनु पर्दछ, दोश्रो नम्बरी दर्ता जग्गा र सो जग्गामा