निर्णय नं. ११०४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/०७ २५८० निर्णय नं. ११०४ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रि.फू.नं.३० आदेश भएको मिति : २०३४।१०।७।६मा निवेदक : काठमाडौं जिल्ला काठमाडौं न.पं.वा.नं.१४ मधुकुमारी आले विरुद्ध विपक्षी : सञ्चालक समिति श्री बाल आयल एण्ड राइस इण्डष्ट्रिज लिमिटेड कृष्णनगर जिल्ला कपिलवस्तु समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) शेयर हस्तान्तरण गरेको ठिक बेठिक के हो भन्ने कुरामा हकदैया पुग्नेको उजूर परेमा कम्पनि ऐन, २०२१ को दफा २७ (३) बमोजिम निर्णय हुने कुरा भएकोले रिट क्षेत्रबाट त्यसतर्फ विचार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक मधुकुमारीले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : श्री वाल आयल एण्ड राइस मिल लि. को बाह्रौं वार्षिक साधारण हेड अफिस कृष्णनगरमा २०३२।५।३०।२ मा उपस्थिति सदस्य र प्रतिनिधिहरूबाट कोरम पूरा भइसकेकोले श्री राघवेन्द्रप्रताप शाहज्यूद्वारा प्रस्तावित श्री अयोध्याप्रसाद अग्रहरिद्वारा अनुमोदित श्री राजबहादुर सिंहको अध्यक्षता साधारण सभाको बैठक प्रारम्भ भई विभिन्न विषयमा प्रस्तावित प्रश्नको निर्णय गरेको रहेछ । ३. उपयुक्त सभाको निर्णय बदर गराईपाउँ भनी यस रिटनिवेदनमा लिएका जिकिरहरू यस प्रकारछ :श्री वाल आयल एण्ड इण्डष्ट्रिज लिमिटेडको म एक शेयरहोल्डर हुँ उक्त कम्पनिको बाह्रौं वार्षिक साधारणसभाको बैठक २०३२ साल भाद्र ३०गते कम्पनिको हेड अफिस कृष्णनगरमा हुने निश्चयभएको भनी का.मु.म्यानेजिङ्ग डायरेक्टरले वार्षिक साधारण सभा बोलाउनु भएको सोमितिमा साधारणसभाको बैठक गराउनुभएको र त्यसमा उद्योग विभागका प्रतिनिधि पनि सम्मिलित हुनुभएको रहेछ । कम्पनिको सालसालै पर्ने वार्षिक साधारणसभा करिब ६ वर्ष पछि गराएको र उसमा पनि मलाई कानूनबमोजिम सूचना नै नदिई कानूनले तोकेभन्दा कम समयको सूचना गोरखापत्रमा छपाई सभा बोलाएको र गैरकानूनी बैठक गरी निर्णयहरू गरेको बदरभागीछ । ०३२।५।१९ को गो.प.को सूचनामा सञ्चालकसमितिको निर्णयानुसार वार्षिकसाधारणसभा बोलाएको भन्ने उल्लेखछैन । का.मु. म्यानेजिङ्ग डायरेक्टरले सभा बोालाएको देखिन्छ,जबकी कम्पनी ऐन,०२१ को दफा ५७ अनुसार कम्पनीले वार्षिकसाधारणसभा बोलाउने हो र कम्पनिको अधिकार प्रयोगगर्ने सम्बन्धमा अन्यथाव्यवस्था नभएमा सोअधिकार संचालकसमितिले प्रयोग गर्नेकुरा उक्त ऐन को दफा ६९।१ले देखाउँछ । का.मु.म्यानेजिङ्ग डाइरेक्टर पदको वा सो पदाधिकारीले सभा बोलाउने नियममा व्यवस्था नै छैन । कम्पनिको नियमावलीको नियम ८३।८४बमोजिम बघौर फाराम रजिष्टर्ड कम्पनिको डायरेक्टर मुकरर रहेको देखिन्छ । कम्पनि ऐन,२०२१ को दफा ४३(३)बमोजिम २१दिन अगावै सूचना पठाइएन